• २०७५-८-२६ , बुधबार/ Wednesday 12-12-18
  • 01:12:16

सन्दीप लामिछाने कलेज भर्ना

१८ मंसिर, काठमाडौं

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चित बनेका युवा क्रिकेटर सन्दीप लामिछाने कलेज भर्ना भएका छन् । उनले बौद्धस्थित जेभियर इन्टरनेसनल कलेजमा मंगलबार बिहान आफैं पुगेर भर्ना फारम भरेका थिए । कलेजका अनुसार सन्दीप मानविकी संकाय अन्तरगत बीएसडब्लु (ब्याचलर इन सोसल वर्क)मा भर्ना भएका हुन् । उनलाई तीन वर्षे कोर्सका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिएको कलेजका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले बताए । सन्दीप जेभियर इन्टरनेसनल स्कुल र कलेजका ब्रान्ड एम्बासडर पनि हुन् । 

सो कलेजले गरीब, विपन्न वर्गका विद्यार्थीलाई २० प्रतिशत छात्रवृत्ति दिने गरेको छ । सन्दीपले खेल क्षेत्रमार्फत देशको इज्जत बढाएकाले उनलाई सम्मानस्वरुप पूर्ण छात्रवृत्ति प्रदान गरिएको भण्डारीको भनाइ छ । सन्दीपले क्रिकेटसँगै पढाईलाई पनि अगाडि बढाउने अनलाइनखबरसँग बताए । क्रिकेटबाट खाली रहेको बेलामा कलेज पढ्न पनि जाने उनको भनाई छ । ‘पहिलो प्राथमिकता त क्रिकेट नै हो, तर क्रिकेट नभएकाले बेला चाहिँ पढाईलाई समय दिने विचारमा छु,’ उनले भने । सन्दीपले म्यानेजमेन्ट विषय लिएर प्लस टु पढे पनि उतीर्ण भएका थिएनन् । कलेजमा उनले एउटा भारतीय कलेजबाट प्लस टु पास गरेको सर्टिफिकेट पेश गरेका छन् । सो कलेजको नाम उनले खुलाउन चाहेनन् । अनलाइनखबर

प्रतिकृया दिनुहोस

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट खेल प्रतियोगिता मंसिर १३ गते बाट

नवलपरासी मंसिर ११  आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नवलपरासीमा जिल्ला स्तरिय छनोट खेल प्रतियोगिता यहि मंसिर १३ गते बाट हुने भएको छ ।

सरावलमा ३० अाैँ गाउँ स्तरीय फुटबल खेलकुद प्रतियाेगिता हुने

१३  असोज नवलपरासी असाेज नवलपरासीकाे सरावल गाउँपालिका वडा नं. ३ मा रहेकाे हिमालय युवा क्लब सरावलले ३० अाैँ गाउँ स्तरीय फुटबल खेलकुद प्रतियाेगिताको

सन्दीप अफगानिस्तान प्रिमियर लिगमा अनुबन्धित

२६ भदौ,काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग (एफपीए) खेल्ने भएका छन्। दुबईमा सोमबार