• २०७५-१०-६ , आइतबार/ Sunday 01-20-19
  • 07:01:59

जिसन स्पोर्टस मिट हुने

प्रमोद अर्याल

२३ मंसिर ,बर्दघाट,

शैक्षिक ऐक्यवद्धताको समुह नेपाल (जिसन) नवलपरासीको आयोजनामा खेलकुँद कार्यक्रम हुने भएको छ । जिसन स्पोर्टस मिट २०७५ को दोश्रो सँस्करणको प्रतियोगिता आगामी मँसिर २७ देखी २९ गतेसम्म बर्दघाटको चिसापानीमा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । जिसन अध्यक्ष इन्द्र बहादुर गुरुङ्गले जिसन आवद्ध साविक नवलपरासीका ४९ विद्यालयका करिव १ हजार २ सय खेलाडी विद्यार्थीको सहभागिता रहने जानकारी गराएका थिए ।

 

ट्रयाक एण्ड फिल्ड अन्तर्गत दौडमा १००,२००, ४००, ८०० र १५०० मिटर दौड प्रतियोगिता आयोजना गरिएको छ । यस्तै हाइजम्प, लङ्गजम्प, ट्रिपल जम्प, शटपुट लगायतका खेलमा विद्यार्थीहरुले प्रतिष्प्रर्धा गर्ने खेल सँयोजक कृष्ण प्रसाद शर्माले जानकारी दिए । विद्यालय स्तरका विद्यार्थीहरु विच आपसी भाइचाराको सम्बन्ध कायम राख्ने, खेलाडी उत्पादनमा महत्वपुर्ण योगदान पुग्ने र खेलकुँदमा भविष्य देखेका जुनियर खेलाडीहरुलाई खेलप्रति आकर्षित गर्नको लागि पनि स्पोर्टस मिटको आयोजना गरिएको अध्यक्ष गुरुङ्गले जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै जिसनका वरिष्ठ सल्लाहकार डि.वि. अधिकारीले खेलकुँद क्षेत्रमा सरकारी निकायले समान ब्यवहार नगरेको आरोप लगाउँदै निजी र सामुदायिक विद्यालय विच खेलकुँद प्रतियोगिता हुनु्पर्ने बताएका थिए । 

प्रतिकृया दिनुहोस

नेशनल प्याब्सनले मनायो २१ औं स्थापना दिवस 

नवलपरासी पुस २८ २१ औं नेशनल प्याब्सन डे नवलपरासीमा विविध कार्यक्रम गरी मनाईएको छ ।  स्थापना दिवसको अवसर पारेर नेशनल प्याब्सन नवलपरासीले रक्तदान

शिक्षक अभाव भएपछि गाउपालिका आफैले दरबन्दि ब्यबस्थान

४ पुस,नवलपरासी   सुस्ता गाउपालिकाका सामुदायिक विद्यालयहरुमा शिक्षक अभाव भएपछि गाउपालिका आफैले दरबन्दि सिर्जना गरि शिक्षक नियुक्ति गरेको छ ।

प्रदेश सरकारले एक बर्षमा शिक्षा निति तयार गर्छ : मुख्यमन्त्री पोखरेल

नवलपरासी मंसिर १७ प्रदेश नम्बर ५ का मुख्य मन्त्री संकर पोखरेलले परम्परागत शिक्षाले नेतृत्व विकास गर्न नसक्ने बताउनुभएको छ । पश्चिम नवलपरासीको