• २०७५-१०-६ , आइतबार/ Sunday 01-20-19
  • 07:01:16

धोकेबाज प्रेमिकाको सम्झनामा रोए कृष्ण

 

नारायण भण्डारी
नवलपरासी मंसिर २४

बैदेशिक रोजगारको शिलसिलामा दक्षिण कोरिया गएका गुल्मी अस्लेवाका कृष्ण पाण्डे क्षेत्री  प्रमिकाले धोका दिएपछि तनावमा परेका छन् । उनले प्रेमीकालाई सम्झिदै आफ्नो बनाउन भाविलेनै नलेखेको भन्दै आफ्नै भाग्यलाई धिक्कारेका छन् । 

 

पहिलो पटक सांगितिक क्षेत्रमा उदाएका कृष्णले दक्षिण कोरियाबाटै आफ्नो पहिलो सांगितिक कोशेली रैछ रुनलाई आम श्रोता र दर्शक माझ ल्याएका छन् । उनी बास्तविक जीवनमा भने प्रमिका बाट धोका खाएका होईनन् । निकै आसालाग्दो प्रतिभाको रुपमा देखिएका कृष्ण आफ्नो पहिलो कोशेलीबाट अत्यन्त आसाबादी छन् । 

 

सानै देखि गित संगितमा रमाउने कृष्ण स्कुल स्तरका कार्यक्रममा गित गाएर सायदै दोश्रो स्थानमा कहिल्यै चित्त बुझाउनु परेन । उनी जहिले पनि प्रथम हुने गर्थे । उनी परिवारमै सांगितिक माहोल रहेका कारण पनि आफु संगित क्षेत्रमा आकर्षित भएको बताउछन् । 

 

सानै देखि दिदि हरु संगै लोक दोहोरी प्रतियोगितामा गुल्मीका विभिन्न ठाउमा पुगेर थुप्रै पुरस्कार जितिको सम्झना अझै ताजा रहेको पाण्डेले बताउछन् । पहिल्लो समयमा अफ्नो स्नातकोत्तर सम्मको अध्यन सकेर रोजगारका लागि दक्षिण कोरिया गएका उनी त्यहां हुने विभिन्न सांगितिक कार्यक्रमहरुमा समेत सक्रिय रहदै आएका थिए । 

 

कोरियामै रहदा कृष्णले  प्रत्येक आईतबार कोरियाको स्थानिय समय अनुसार सांझको ९ बजे अनलाईन वेभ टेलिभिजन मार्फत प्रतिभाका स्वरहरु कार्यक्रम संचालन गर्दै आईरहेका थिए । अहिले उनी आफ्नो बैदेशिक यात्रा छोट्याएर नेपाल फर्किएका छन् । अव नेपालमै रहेर सांगितिक क्षेत्रमै संघर्ष गर्ने पाण्डेले बताए । 

 

पाण्डेले ल्याएको रैछ रुनलाई बोलको गितमा सब्द तथा लय जीवन भण्डारीको रहेको छ भने स्वर आफैले दिएका छन । महिलाको स्वरमा बन्दना पाण्डेले उनलाई साथ दिएकी छन् । गितको म्युजिक भिडियो पनि दक्षिण कोरियामै तयार पारिएको हो । भिडियोमा सन्दिप पाण्डेले निर्देशन गरेका छन् भने क्यामेरामा रितमान मगर रहेका छन् । भिडियोमा विष्णु पौडेल र सावित्री पौडेलले अभिनयगरेका छन् । गित कोरियामै रहेको बबलगम रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरएको हो । 

 

 

प्रतिकृया दिनुहोस

नेपालकै पहिलो लोक सांस्कृतिक तथा पर्यटन महोत्सव नवलपरासीमा हुने

दौतरी एफ एम नवलपरासी पुस २३ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा नवलपरासीको आयोजनामा  प्रथम लोक सांस्कृतिक एवं पर्यटन महोत्सव

अमित बराललाई नवलपरासीमा भब्य सम्मान गरिने

नारायण भण्डारी नवलपरासी मंसिर २६ नेपाल आईडल सिजन टु का उत्कृष्ट पांच प्रतिस्पर्धी बनेका अमित बराललाई आज नवलपरासीमा भब्य सम्मान गरिने भएको छ । अमित

अमितको सफलतामा नवलपरासीमा खुसियाली

नारायण भण्डारी नवलपरासी मंसिर १२ नेपाल आईडलको उत्कृष्ट ६ मा अमित बरालले आफ्नो स्थान सुरक्षित गरेपछि अहिले नवलपरासीबासीमा खुसीयाली छाएको छ । अमितले