• २०७५-१०-६ , आइतबार/ Sunday 01-20-19
  • 07:01:37

अमित बराललाई नवलपरासीमा भब्य सम्मान गरिने


नारायण भण्डारी
नवलपरासी मंसिर २६
नेपाल आईडल सिजन टु का उत्कृष्ट पांच प्रतिस्पर्धी बनेका अमित बराललाई आज नवलपरासीमा भब्य सम्मान गरिने भएको छ । अमित नेपाल आईडलको टप फाईभमा पुगेर प्रतियोगिताबाट बाहिरिए पनि उनलाई अहिले सम्मान ग्रहणका लागि भ्याई नभ्याई भएको छ । 

 

नवलपरासीको बर्दघाटमा आज विशेष कार्यक्रमको आयोजना गरी अमितलाई सम्मान गर्न लागिएको हो । परियार एकता    संस्था बर्दघाट, दौतरी एफ एम १०५.८ मेगाहर्ज र श्रुति संगितालयको संयुक्त आयोजनामा सम्मान कार्यक्रमको आयोजना गरिएको हो । 

 

बर्दघाटको पुरानो चौकमा दिउसो २ बजे देखि कार्यक्रम सुरु हुने छ । अमित संगै गायक पुस्पन प्रधान पनि बर्दघाट आउने भएका हुन । कार्यक्रममा अमित र पुस्पनले आफ्नो सांगितिक प्रस्तुति समेत दिनेछन् । 

 

अमितले आफ्नो बाल्यकाल बर्दघाटमै विताएका थिए भने उनले कक्षा ७ सम्मको अध्ययन बर्दघाटमा रहेको न्यूलाईफ मावी बाट हासिल गरेका थिए । अहिले उनी रुपन्देहीको सैनामैना नगरपालिकामा बस्दै आएका छन् । 

 

अमितले नेपाल आईडलको प्रतिस्पर्धामा रहदा गाएको पंक्षी बोलको गितले निकै चर्चा पाएको थियो । सोही गितका गायक पुस्पन अहिले अमत संग संगै हिडिरहेका छन् । पुस्पनले अमित संग आफ्नो सदैब सहकार्य हुने र अमितकै कारण एक्लो पंक्षीले जोडि पाएको समेत बताउने गरेका छन् । 

 

अमित र पुस्पन बर्दघाट आउने भएपछि उनीहरुका पारखी उत्साहि समेत भएका छन् । कार्यक्रम मार्फत अमितले आफुलाई भोट दिएर नेपाल आईडलको उत्कृष्ट ५ प्रतिस्पर्धी बनाउन सहयोग गर्ने सम्पूर्णलाई न्यबाद ब्यक्त गर्नेछन् । 

 

नेपाल  आईडलबाट बाहिरिएपछि सोमबार पहिलोपटक गृहजिल्ला रुपन्देही आएका अमितलाई भैरहवा गौतमबुद्ध विमानस्थलमा बाजागाजा सहित भब्य स्वागत समेत गरिएको थियो । सैनामैना बासीले अमितलाई धुमधाम स्वागत गर्दै र्याली सहित गृह प्रवेश गराएका थिए भने मंगलबार कार्यक्रम आयोजना गरेर उनलाई सम्मान समेत गरिएको थियो । 

 

अमितलाई आज बर्दघाटमा सम्मान गरिनेछ भने विहिबार वुटवलमा अमितलाई सम्मान गरिनेछ । अमित आईडल बाट बाहिरिए पनि आम दर्शक र संगित प्रेमीको मनबाट भने बाहिरिन सकेका छैनन् । पुस्पनको साथले अमितलाई थप सफलता मिलेको छ । जहां अमित त्यहां पुस्पन, जहां पुस्पन त्यहां अमित पुस्पनले उद्घोष गरीसकेका छन् । अव हरेक कार्यक्रममा अमित र पुस्पन संग संगै देखिनेछन् । 
 

प्रतिकृया दिनुहोस

नेपालकै पहिलो लोक सांस्कृतिक तथा पर्यटन महोत्सव नवलपरासीमा हुने

दौतरी एफ एम नवलपरासी पुस २३ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा नवलपरासीको आयोजनामा  प्रथम लोक सांस्कृतिक एवं पर्यटन महोत्सव

धोकेबाज प्रेमिकाको सम्झनामा रोए कृष्ण

  नारायण भण्डारी नवलपरासी मंसिर २४ बैदेशिक रोजगारको शिलसिलामा दक्षिण कोरिया गएका गुल्मी अस्लेवाका कृष्ण पाण्डे क्षेत्री  प्रमिकाले धोका

अमितको सफलतामा नवलपरासीमा खुसियाली

नारायण भण्डारी नवलपरासी मंसिर १२ नेपाल आईडलको उत्कृष्ट ६ मा अमित बरालले आफ्नो स्थान सुरक्षित गरेपछि अहिले नवलपरासीबासीमा खुसीयाली छाएको छ । अमितले