• २०७५-१०-६ , आइतबार/ Sunday 01-20-19
  • 07:01:01

सावधान ! यी हुन् सबैभन्दा कमजोर पासवर्ड

यो वर्ष सन् २०१८ मा सबैभन्दा धेरै ह्याक भएका वा सर्वाधिक कमजोर पासवर्डको खुलासा भएको छ । साइबर सेक्योरिटी फर्म स्प्लास डाटाले यसको खुलासा गरेको हो । वर्षको सबैभन्दा कमजोर पासवर्डको सूचिमा १२३४५६ सबैभन्दा अगाडि रहेको छ । १२३४५ सबैभन्दा कमजोर पासवर्डको पहिलो स्थानमा रहेको यो लगातार पाँचौँ वर्ष हो । त्यस्तै password  शव्द कमजोर पासवर्डको दोश्रो स्थानमा रहेको पनि पाँचौ पटक हो । 

 

अनलाइन सेक्योरिटी विज्ञहरुले इन्टरनेट प्रयोगकर्तालाई आफ्ना पासवर्डको सुरक्षाका विषयमा लगातार सचेत पारिरहेका छन् । त्यसका बाबजुत पनि विश्वका लाखौँ मानिसहरुले आफ्नो इमेल, स्मार्टफोन, ल्यापटप, कम्प्युटर तथा अन्य डिभाइस र अकाउन्टहरु सुरक्षित बनाउनका लागि यस्तै कमजोर वा सजिलैसँग अनुमान गर्न सकिने खालका पासवर्ड राखिरहेका छन् । सन् २०१८ मा ह्याक भएका ५० लाख अकाउन्टहरुमा आधारित भएर उक्त अध्ययन गरेको हो । त्यसको आधारमा कम्पनीले सन् २०१८ का सबैभन्दा कमजोर २५ वटा पासवर्डको सूचि सार्वजनिक गरेको छ । रिपोर्टअनुसार पछिल्लो एक वर्षमा विश्वभरका १० प्रतिशत मानिसहरुले ती २५ वटा खराब पासवर्डमध्ये कुनै एकको प्रयोग गरेको पाइएको छ ।

यी हुन् सबैभन्दा कमजोर २५ पासवर्ड

  • 123456
  • Password
  • 123456789
  • 12345678
  • 12345
  • 111111
  • 1234567
  • sunshine
  • qwerty
  • iloveyou
  • princess
  • admin
  • welcome
  • 666666
  • abc123
  • football
  • 123123
  • 654321
  • !@#$%^&*
  • charlie
  • aa123456
  • donald
  • password1
  • qwerty123

रिपोर्टमा प्रयोगकर्तालाई फरक फरक अकाउन्ट वा डिभाइसका लागि फरक फरक पासवर्ड प्रयोग गर्न पनि सुझाव दिइएको छ । यसो गर्दा ह्याकरले तपाइँको एउटा अकाउन्ट वा डिभाइसको पासवर्ड हात पारेर ह्याक गरेसँगै सबै डिभाइस वा अकाउन्ट स्वतः असुरक्षित हुने खतरा हुँदैन ।

अनलाइनखबर

प्रतिकृया दिनुहोस

के गर्न पाइँदैन सामाजिक सञ्जालमा ? १५ वर्ष जेल हाल्ने साइबर कानून आउँदै,

२ माघ, काठमाडौं सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरुमाथि कठोर कारवाहीको माग भइरहेका बेला सरकारले नयाँ कानुनको मस्यौदा तयार पारेको छ । संघीय संसदमा

विश्वभर निःशुल्क वाईफाई

चीनको एक कम्पनीले निकट भविष्यमै अन्तरीक्षमा आफ्नो स्याटेलाइट प्रक्षेपण गर्नेछ, जसले पूरै विश्वभर निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ

बैंक एटिएममा धावा बोल्दै विश्वका खतरनाक ह्याकरहरु

पछिल्ला केही वर्षयता विश्वमा साइबर क्राइमका घटनाहरुमा उल्लेख्य वृद्धि भैरहेको छ । मालवेयर अट्याक, ह्याकिङ्ग जस्ता घटनाहरु आजकल सामान्यजस्ता