• २०७५-१०-६ , आइतबार/ Sunday 01-20-19
  • 07:01:14

नयाँ प्रयोगका साथ अब यस्तो बन्नेछ बुटवल–नारायणगढ सडक

२ पुस,बुटवल

१ सय २५ किलोमिटर दूरीको बुटवल– नारायणगढ सडकखण्ड स्तरोन्नति गरिने भएको छ । त्यसका लागि  अबको दुई साताभित्र चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता गर्ने तयारी गरिएको छ ।  दुईवटा प्याकेजमा विस्तार गर्न लागिएको यो सडकका लागि सडक विभागअन्तर्गतको एडीबी सडक निर्देशनालयले प्रविधिक रूपमा पास भएका कम्पनीको आर्थिक प्रस्ताव खोलिसकेको छ । सबैभन्दा कम रकम कबोल गर्नेले ठेक्का पाउने नियम रहेकाले चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरसनले नै दुवै प्याकेजमा ठेक्काको सम्झौता गर्ने एडीबीका सडक निर्देशक सरोजकुमार प्रधानले रातोपाटीलाई जानकारी दिए ।  ‘२८ दिनभित्र सम्झौता गर्न आउनुपर्ने हो । हामीले पत्रचार गरिसकेका छौँ, अबको दुई हप्ताभित्र उनीहरू आएर सम्झौता गर्ने छन्’ उनले भने ।  यो आयोजनामा प्राविधिक रूपमा सफल भएका ७ वटा कम्पनीहरू अन्तिम प्रतिस्पर्धामा रहेका थिए ।  प्रधानका अनुसार आयोजनाअन्तर्गतको दुईवटै प्याकेजको ठेक्कामा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सबैभन्दा कम रकम कबोल गरेको छ । 

 

एउटै प्याकेजमा काम गर्दा निर्माण ढिलो हुने भएकाले दुईवटा प्याकेज बनाएको प्रधानले बताए । पहिलो प्याकेज नारायणगढदेखि दाउन्नेसम्मको ६३ किलोमटिर दूरीमा रहेको छ । त्यहाँबाट बुटवलसम्मको अर्को प्याकेजअन्तर्गत निर्माण गरिनेछ । प्याकेज–१ मा ९ अर्ब १३ करोड रूपैयाँमा स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ठेक्काको प्रस्ताव गरेको छ । यो प्याकेजमा परेको सबैभन्दा कम कबोल रकम हो । यो प्याकेजमा लोङ्जियान ब्रिले सबैभन्दा बढी १० अर्ब ८९ करोड रूपैयाँसम्मको आर्थिक प्रस्ताव गरेको छ ।    यस्तै साङ्घाई कन्स्ट्रक्सनले ९ अर्र्ब ३७ करोड, हुनान ब्रिज एन्ड रोड कन्स्ट्रक्सनले ९ अर्ब ६४ करोड, चाइना रेल्वे ब्युरोले १० अर्ब ४४ करोड, हुवेई छाङ्जाङले १० अर्ब ७० करोडको आर्थिक प्रस्ताव गरेको छ । 

 

हालसम्म सडक निर्माण गरेको १ वर्षसम्म सडकको मर्मत सम्भार ठेक्का लिएको कम्पनीले गर्ने प्रचलन छ । तर अब बुटवल नारायणगढ सडकखण्डमा मर्मत सम्भारको काम ५ वर्षसम्म ठेक्का लिएको कम्पनीले नै गर्ने गरी नयाँ अभ्यास गरिएको छ ।  पहिलो चरणमा ९ कम्पनीले बोलपत्र हाले पनि २ वटा कम्पनी प्राविधिक मूल्याङ्कनममा असफल भएका थिए । विभागका अनुसार यो सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ ।  विस्तृत इन्जिनियरिङ सर्भेको काम पनि भइसकेको छ । प्याकेज–२ अन्तर्गतको ठेक्कामा कबैभन्दा कम कबोदको ७ अर्ब ८६ करोड रूपैयाँको आर्थिक प्रस्ताव परेको छ । यो प्याकेजमा सबैभन्दा धेरै टप इन्टर नेसनल इन्जिनियरिङको ९ अर्ब ५६ करोड रूपैयाँसम्मको ठेक्का रकम कबोल गर्दै प्रस्ताव गरेको विभागले जनाएको छ ।  प्याकेज–२ मा हुनान रोड एन्ड ब्रिज कन्स्ट्रक्सनले ८ अर्ब १६ करोड, साङ्घाई कन्स्ट्रक्सन रूपले ८ अर्ब २० करोड, लाङ्जिन ब्रिज एन्ड रोडले ८ अर्ब ५३ करोड, हुवेई छाङ्जाङ रोड एन्ड ब्रिजले ८ अर्ब ५५ करोड, चाइना रेल्वे ब्युरोले ८ अर्ब ९९ करोड प्रस्ताव गरेको छ ।

 

हालसम्म सडक निर्माण गरेको १ वर्षसम्म सडकको मर्मत सम्भार ठेक्का लिएको कम्पनीले गर्ने प्रचलन छ । तर अब बुटवल नारायणगढ सडकखण्डमा मर्मत सम्भारको काम ५ वर्षसम्म ठेक्का लिएको कम्पनीले नै गर्ने गरी नयाँ अभ्यास गरिएको छ ।  सडक विभागका पूर्वप्रोजक्ट इन्जिनियर केशव शर्माले अन्यभन्दा फरक अभ्यास गर्नका लागि यो सडकबाट सुरु गर्न लागिएको बताए । अहिले बुटवलबाट नारायणगढसम्म पुग्नका लागि तीन घण्टा लाग्छ । अब सडक विस्तारसँगै कम्तीमा १ घण्टा ३० देखि ५० मिनेटभित्रै सरर पुग्ने गरी तयार गरिने दाबी गरिएको छ । प्रधानले भने ‘हामी सरर डेढ घण्टा नारायणगढबाट बुटवल पुग्ने गरी सडक बनाउने छौँ, अहिले भन्दा गाडीको स्पट बढाउने गरी सडक विस्तार र हुँदैछ । अहिले नारायणगढ बुटवल सडकखण्ड दुर्र्ई लेनको छ, जसलाई विभागले अब ४ लेनको बनाउने छ । यसअघि विभागले यो सडकखण्ड चार लेनको बनाउन लागि झण्डै १६ अर्ब रूपैयाँ खर्र्च हुने अनुमान गरेको थियो ।

सडकको दुई÷दुई लेनको बीचको भागमा ‘ग्रिनरी’का लागि खाली ठाउँ छोडिनेछ । तीन मिटरको यो भागमा बिरुवा रोपिने छ । विस्तारित सडक दुईतर्फ नै ७–७ मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुने छ ।  यो सडकखण्डको छेउमा रहेका बस्तीहरूका लागि ‘सर्भिस लेन’ निर्माण गर्ने विभागको तयारी छ । सर्भिस लेन भनेको सार्वजनिक सवारीले यात्रु ओराल्न र चढाउन प्रयोग गर्ने बस्ती क्षेत्रको सडकको हो । २८ किलोमिटर सडकमा यस्तो सर्भिस लेन रहने र यो ७ मिटरको हुनेछ । इन्जिनियर शर्माले नेपालका अन्य राजमार्ग सडकभन्दा बुटवल नारायणगढ सडक फरक बन्ने  बताए । उनले भने ‘जसले यात्रुलाई सहज मात्रै हुुने छैन, राजमार्ग क्षेत्रमा सहरी सौन्दर्य पनि बढ्नेछ । यसअनुसार यो बस्ती क्षेत्रमा सडक २७ मिटरसम्म फराकिलो हुनेछ । अन्य क्षेत्रमा भने २२ मिटर ओगट्नेछ ।’

 

 १ सय २५ किलोमिटरको यो सडकलाई दुर्र्ईवटा प्याकेजमा निर्माण गर्न लागिएको छ । जसअनुसार नारायणगढ–दाउन्ने खण्ड पहिलो प्याकेज हो, जुन ६३ किलोमिटरको छ । त्यहाँबाट बुटवलसम्मको अर्को प्याकेजअन्तर्गत निर्माण गरिनेछ । यो खण्ड विस्तार गरिसक्न  तीन वर्ष ३ लाग्ने छ । बुटवल–नारायणगढ खण्ड पूरै भाग ४ लेनको हुने छैन । दाउन्नेको उकालो र ओरालो भाग ३ लेनको मात्रै हुनेछ । दाउन्नेको झण्डै १२ किलोमिटर सडक ३ लेनमात्रै हुनेछ । त्यहाँको भौगोलिक र प्राकृतिक अवस्थाले त्यसलार्र्ई चार लेन बनाउन सम्भव देखिएको छैन । त्यसैले त्यहाँको प्राकृतिक संवेदनशीलतालाई ध्यानमा राखेर ३ लेन मात्रै बनाउन लागिएको हो । ३ लेनमध्ये उकालोतर्फ २ लेनको प्रयोग गरिनेछ ।  ओरालोतर्फ जाने सवारीले एक लेन मात्रै प्रयोग गर्नेछन् । दाउन्नेको उकालोको चढाइ निकै असहज हुने भएकाले दुई लेन दिन लागिएको आयोजनाले जनाएको छ । ओरालेमा गाडीहरू सजिलै पास हुने भएकाले एउटा लेनको मात्रै प्रयोेग गर्न पाउनेछन् । यस्तै दाउन्ने पहाडमा ८ किलोमिटर सडक डबल लेनको मात्रै हुनेछ । उक्त आठ किलोमिटरमा  फुटपाथ र साइकल लेनसमेत राखिने गरी रिपोर्ट बनाइएको छ । अबको ३ वर्षमा बुटवल नारायणगढ सडक विकाससित देशका सडकजस्तै बन्ने दाबी गरिएको छ । रातो पाटी बाट 

प्रतिकृया दिनुहोस

मृत भेटिएकी कमलाको आफ्नै श्रीमानले हत्या गरेको खुलासा 

नवलपरासी पुस २० पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नमबर २ की कमला थरुनी गत पुस ४ गते श्रीमान संगै जंगलमा घासदाउरा खोज्न गएको समयमा जंगलबाटै

माघबाटै नारायणगढ-बुटवल सडक विस्तारको काम

१७ पुस, काठमाडौं नारायणगढ-बुटवल सडकखण्ड चार लेनमा विस्तार गर्ने काम माघको पहिलो हप्ताबाटै सुरु हुने भएको छ । काम सुरु गर्नका लागि पुसको अन्तिम साता

प्रदेश ५ को सहकारी विधेयकमा कांग्रेसको १० बुँदे संशोधन

१६ पुस, बुटवल प्रदेशसभा ५ मा पेश गरेको प्रदेशका सहकारी सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले १० बुँदे संशोधन दर्ता