• २०७५-१०-६ , आइतबार/ Sunday 01-20-19
  • 07:01:26

शिक्षक अभाव भएपछि गाउपालिका आफैले दरबन्दि ब्यबस्थान

४ पुस,नवलपरासी

 

सुस्ता गाउपालिकाका सामुदायिक विद्यालयहरुमा शिक्षक अभाव भएपछि गाउपालिका आफैले दरबन्दि सिर्जना गरि शिक्षक नियुक्ति गरेको छ । सामुदायिक विद्यालयमा शिक्षक अभाव हुंदा पठनपाठनमै समस्या देखिएपछि गाउपालिकाले दरबन्दि ब्यबस्था गरेको हो ।  गाउपालिकाले १९ वटा दरबन्दि सिर्जना गरेर करारमा शिक्षक नियुक्ति गरेको छ । गाउपालिकाले १३ जना शिक्षकलाई आधारभुत तह र ६ जना शिक्षकलाई मावी तहमा करार नियुक्ति गरी १० वटा विद्यालयमा शिक्षक ब्यबस्थापन गरेको हो । 

 

शिक्षकहरुका लागि आवश्यक तलव ब्यबस्थापन पनि गाउपालिका आफैले ब्यबस्थापन गर्ने गाउपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । शिक्षकहरुलाई गाउपालिकाको आन्तरिक श्रोतबाट तलवको ब्यबस्थापन गरेको पाण्डेको भनाई छ । सुस्ता गाउपालिकाले शिक्षा क्षेत्रमा सुधार गर्नका लागि गाउसभा मार्फत प्रस्तुत आर्थिक बर्ष २०७५÷०७६ को बजेटमा समेत उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । आवश्यकता अनुसार शिक्षा क्षेत्रमा अन्य विकासका कामलाई समेत उच्च प्राथमिकता दिएर काम गरिरहेको पाण्डेले बताए । 

प्रतिकृया दिनुहोस

नेशनल प्याब्सनले मनायो २१ औं स्थापना दिवस 

नवलपरासी पुस २८ २१ औं नेशनल प्याब्सन डे नवलपरासीमा विविध कार्यक्रम गरी मनाईएको छ ।  स्थापना दिवसको अवसर पारेर नेशनल प्याब्सन नवलपरासीले रक्तदान

जिसन स्पोर्टस मिट हुने

प्रमोद अर्याल २३ मंसिर ,बर्दघाट, शैक्षिक ऐक्यवद्धताको समुह नेपाल (जिसन) नवलपरासीको आयोजनामा खेलकुँद कार्यक्रम हुने भएको छ । जिसन स्पोर्टस मिट २०७५

प्रदेश सरकारले एक बर्षमा शिक्षा निति तयार गर्छ : मुख्यमन्त्री पोखरेल

नवलपरासी मंसिर १७ प्रदेश नम्बर ५ का मुख्य मन्त्री संकर पोखरेलले परम्परागत शिक्षाले नेतृत्व विकास गर्न नसक्ने बताउनुभएको छ । पश्चिम नवलपरासीको