• २०७५-१०-६ , आइतबार/ Sunday 01-20-19
  • 07:01:18

नेपाली गैडाले भारतमा बच्चा जन्मायो

नवलपरासी पुस ६

गत वर्षको बाढीले बगाएर भारत पुराएको एक गैंडाले बच्च जन्माएको छ। गैंडा उत्तर प्रदेशको सिरला रेता काठ बंगला भन्ने ठाउँनजिकै रहेको सुस्ताका स्थानीय तथा सुस्ता बचाउ अभियानका रविन्द्र बानियाले बताएका छन्। सिरला जंगलको बाटो भएर नारायणी नदीमा तटबन्धनको काममा ज्याला मजदुरीका लागि आएका भारत उत्तर प्रदेशका राजकुमार मल्लाहले आफूले २ महिना अघिदेखि बच्चासहितको गैंडा जंगलमा रहेको बताएका छन्। 

 

जंगलमा जाने केहीलाई गैंडाले आक्रमण गरेर घाइते बनाएको समेत मल्लाहले बताए। आफू प्राय: त्यही जंगलको बाटो भएर आउने जाने गर्दा बच्चासहितको गैंडा देखिने गरेको बताएका छन्।  दुईमहिना अघिदेखि गैंडा बच्चासहित देखिन सुरु गरेको हो उनी बताउँछन्। अर्को गैंडा भारत विहारको भेडियारी जंगल क्षेत्रमा देखिने गरेको र कहिलेकाहिँ नेपाली भूमि सुस्ता आसपासमा देखिने गरेको सुस्ताका स्थानीयले बताए। 

 

गैंडा देखेपछि आफूहरूले चितवन राष्ट्रिय निकुञ्जमा खबर गर्ने गरे पनि निकुञ्जका कर्मचारीले खासै चासो नदेखाउने गरेको सुस्ता बचाउ अभियानका आदम खांले बताए। बाढिले बगाएर भारतीय क्षेत्रमा पुगेका १० वटा गैंडा मध्ये ७ वटा गैंडा तत्कालै नेपाल फकाएर निकुञ्जमा छोडिएको थियो।  पछिल्लो समय ३ वटा गैंडा भारतीय जंगलमा रहेकोमा गत मंसिर २९ गते सुस्ता बासीले नेपाली भूमिमा फर्काउन सफल भएपछि निकुञ्जका वार्डेन वेदप्रसाद ढकाल र प्राविधिक सहितको टोलीले पुस १ गते गैडालाई बेहोस बनाएर डुंगामा नारायणी पार गराई ट्रकमा राखेर चितवन राष्ट्रिय निकुञ्जमा लगेर छोडिएको थियो।

 

केही दिन अघि नेपाली भूमिनजिकै अर्को गैंडा देखा परे पनि निकुञ्जका कर्मचारीलाई खबर गर्दा चासो ब्यक्त नगरेको र गैंडा पुन: भारतकै भेडिहारी जंगलमा फर्किएको बानियाले बताए।  सुस्ताबासीले गैंडा नेपाल  फर्काउनका लागि दिन रात लागि परे पनि सम्बन्धित निकायले चासो नदेखाएका कारण पनि गैंडालाई अहिलेसम्म नेपाल फर्काउ नसकिएको सुस्ता बचाउ अभियान्ता खां ले बताए।

 

 चितवन राष्ट्रिय निकुञ्जका वार्डेन ढकालले गैडाले बच्चा जन्माएको विषयमा जानकारी नआएको बताए। ढकालले यस बारेमा आफूले बुझ्ने र भारतीय क्षेत्रमा रहेको गैंडालाई निकुञ्जमा फर्काउन हरदम प्रयासरत रहेको बताएका छन्। 
 

प्रतिकृया दिनुहोस

मृत भेटिएकी कमलाको आफ्नै श्रीमानले हत्या गरेको खुलासा 

नवलपरासी पुस २० पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नमबर २ की कमला थरुनी गत पुस ४ गते श्रीमान संगै जंगलमा घासदाउरा खोज्न गएको समयमा जंगलबाटै

माघबाटै नारायणगढ-बुटवल सडक विस्तारको काम

१७ पुस, काठमाडौं नारायणगढ-बुटवल सडकखण्ड चार लेनमा विस्तार गर्ने काम माघको पहिलो हप्ताबाटै सुरु हुने भएको छ । काम सुरु गर्नका लागि पुसको अन्तिम साता

प्रदेश ५ को सहकारी विधेयकमा कांग्रेसको १० बुँदे संशोधन

१६ पुस, बुटवल प्रदेशसभा ५ मा पेश गरेको प्रदेशका सहकारी सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले १० बुँदे संशोधन दर्ता