• २०७५-१०-६ , आइतबार/ Sunday 01-20-19
  • 07:01:55

प्रदेश ५ को सहकारी विधेयकमा कांग्रेसको १० बुँदे संशोधन

१६ पुस, बुटवल

प्रदेशसभा ५ मा पेश गरेको प्रदेशका सहकारी सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले १० बुँदे संशोधन दर्ता गरेको छ । विधेयकका कतिपय ब्यवस्था संघीय सरकारको ऐनसँग बाझिएको र कतिपय बिषय प्रदेशको विशिष्टतासँग मेल नखाने भएको भन्दै कांग्रेस प्रमुख सचेतक सुरेन्द्रबहादुर हमालसहित पाँच जनाले संशोधन दर्ता गराएका हुन् । संशोधन दर्ता गराउने अन्य सांसदहरुमा भुवनेश्वर चौधरी, रमा अर्याल, अष्टभुजा पाठक र रिना नेपाल रहेका छन् । संघीय सरकारले ल्याएको सहकारीसम्बन्धी ऐनमा सहकारी सदस्यहरुको कारोबार ३० प्रतिशत हुनुपर्ने व्यवस्था गरेकोमा प्रदेश सरकारले ५० प्रतिशत पु¥याएकाले सो ब्यवस्था संघीय कानुनसँग बाझिएकोले संशोधन दर्ता गराएको हमालले बताए ।

 

त्यसैगरी सहकारी संस्थाको लेखा परीक्षण प्रतिवेदन प्रत्येक ४ महिनामा पेश गर्नुपर्ने प्रावधानलाई संशोधन गरेर तीन/तीन महिनामा गराउन संशोधन दर्ता गराइएको संशोधन दर्ताकर्ता सांसद भुवनेश्वर चौधरीले जानकारी दिए । संघीय सरकारको कानुनसँग बाझिने गरी प्रदेश सरकारले कुनै पनि ऐन कानुन ल्याउन नसक्ने र त्यस्तो कानुन स्वतः बदर हुने भएकाले त्यसलाई सच्याउन कांग्रेसले समयमै सचेत गराएको कांग्रेस प्रमुख सचेतक हमालले बताए । विधेयकमाथि सत्ता पक्षीय सांसदहरुबाटै टिप्पणी भएपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले विधेयकलाई संसदको विषयगत समितिमा पठाउने बताएकी थिइन् । अनलाइनखबर

प्रतिकृया दिनुहोस

मृत भेटिएकी कमलाको आफ्नै श्रीमानले हत्या गरेको खुलासा 

नवलपरासी पुस २० पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नमबर २ की कमला थरुनी गत पुस ४ गते श्रीमान संगै जंगलमा घासदाउरा खोज्न गएको समयमा जंगलबाटै

माघबाटै नारायणगढ-बुटवल सडक विस्तारको काम

१७ पुस, काठमाडौं नारायणगढ-बुटवल सडकखण्ड चार लेनमा विस्तार गर्ने काम माघको पहिलो हप्ताबाटै सुरु हुने भएको छ । काम सुरु गर्नका लागि पुसको अन्तिम साता

नेपाली गैडाले भारतमा बच्चा जन्मायो

नवलपरासी पुस ६ गत वर्षको बाढीले बगाएर भारत पुराएको एक गैंडाले बच्च जन्माएको छ। गैंडा उत्तर प्रदेशको सिरला रेता काठ बंगला भन्ने ठाउँनजिकै रहेको