• २०७५-१०-६ , आइतबार/ Sunday 01-20-19
  • 07:01:33

मृत भेटिएकी कमलाको आफ्नै श्रीमानले हत्या गरेको खुलासा 

नवलपरासी पुस २०

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नमबर २ की कमला थरुनी गत पुस ४ गते श्रीमान संगै जंगलमा घासदाउरा खोज्न गएको समयमा जंगलबाटै हराईन । संगै जंगल गएका उनका श्रीमान शुनिल चौधरीले जंगलबाट श्रीमती हराएको र खोज्दा नभेटिएको भन्दै घर फर्किए । 

 

घर आएका शुनिल र परिवारका अन्य सदस्यहरुले कमलाको खोजी गर्न पुन जंगल गए तर कमला फेला परिनन् । परिवारले कमलाको अन्य क्षेत्रमा पनि खोजी कार्य जारी राख्दै संचार माध्यममा उनी हराएको सुचना समेत सम्प्रेसण गरे उनको अत्तो पत्तो लागेन । 

 

कमला हराएको १३ दिन पछि १७ गते चिसापानी जंगलमा घांसदाउरा गर्न गएका महिलाहरुले एक महिलाको शव देखे र नजकै पुगेर हेर्दा त्यो शव पुस ४ गते हराएकी २१ कर्षिया कमलाको थियो । महिलाहरुले शव देखेपछि गाउले र प्रहरीलाई समेत खबर गरे । खबर पाउनासाथ  घटनास्थलमा पुगेको प्रहरीले घटनास्थलको मुचुल्का उठाएर १८ गते शवको पोष्टमार्टमका लागि जिल्ला पृथ्वीचन्द्र अस्पाल परासीमा पठायो । 

 

घटनास्थलमा शवको प्रकृति हेर्दा कसंले हत्या गरेको जस्तो प्रकृतिमा देखिएको र शरिको तल्लो भागको कपडा समेत नरहेको अवस्था देखिएपछि प्रहरीकोे अनुसन्धान समेत सुरु  भयो । कमला श्रीमान संगै जंगलमा गएकोले प्रहरी सवैभन्दा पहिला उनका श्रीमान शुनिललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । 

 

अनुसन्धानका क्रममा सुनिलले कमलाको हत्या आफैले गरेको स्विकार समेत गरेका छन् । आपसि मनमुटावका कारण श्रीमतिको हत्या गरेको प्रहरीको बयानका क्रममा सुनिलले बताएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पश्चिम (नवलपरासी) का प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् । शुुुनिललाई कर्तब्य ज्यान मुद्धा चलाईने प्रहरी उपरिक्षक भट्टले बताए । 

आपसी मनमुटावकै कारण हत्या

१४ बर्षको उमेरमा प्रेम विबाह गरेका शुनिल चौधरी र कमला थरुनी विच पछिल्लो समय मनमुटाव सुरु भएको थियो । शुनिलले कमलाले खर्च बढि गर्ने र उनको गतिविधि प्रति शंका गर्दै आएका थिए । उनीहरु विच समय समयमा झगडा समेत हुने गरेको शुनिलले प्रहरी बयानमा बताएका छन् । 

 

पुस ४ गते आफुले श्रीमतिलाई फकाएर जंगल लगेको र जंगलमै कमलाको मोबाईलमा कसंको फोन आएपछि सुनिलले कसको फोन आएको हो भनी सोधेका थिए । कमलाले तिमिलाई किन चाहियो तिमिले चिन्दैनौ भनेर नबताएपछि  आफुले जंगलमै श्रीमतीको हत्या गरेको बताएका छन् । 

प्रहरीको सक्रियताका कारण घटना लुकाउने प्रयास असफल 

पारिवारिक मनमुटावका कारण शुनिलले जंगलमै श्रीमती कमलाको हत्या गरेर फर्किएपछि कमला जंगलवाटै हराएको र खोज गर्दा समेत नभेटिएको बताएका थिए । 

 

कमला हराएको भन्दै परिवारले स्थानिय संचार माध्यम  बाट सुचना समेत प्रशारण गरेका थिए । शव भेटिए पछि मृत्यु संकास्पद देखिएको भन्दै परिवारजन संग कोही कसै प्रति संका रहेको छकी भनेर प्रतिकृया लिन खोज्दा आफुहरुको कोहि कसै प्रति शंका नरहेको शुनिलका भाई रोशनले बताएका थिए । 

 

घटना लुकाउनका लागि गरिएको प्रयास प्रहरीको गम्भिर अनुसन्धानका कारण सफल हुन सकेन । प्रहरीले घटनाको प्रकृति हेरसकेपछि शुनिललाईनै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । प्रहरी अनुसन्धानका क्रममा शुनिलले  पारिवारिक मनमुटावकै कारण कमलाको हत्या गरेको स्विकार गरेको प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।

प्रतिकृया दिनुहोस

संसारकोट सामुदायिक बन उपभोक्ता समुहको १६ औं बार्षिक साधारणसभा सम्पन्न

नवलपरासी माघ ५ संसारकोट सामुदायिक बन उपभोक्ता समुहको १६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष मदन बहादुर शाहिको अध्यक्षता र डिभिजन वन

सामुदायिक बन द्धारा दौतरी एफ एम सम्मानित

नवलपरासी माघ ५ दौतरी एफ एम १०५.८ मेगाहर्ज सम्मानित भएको छ । एफ एम ले पत्रकारिताको क्षेत्रबाट बन क्षेत्रमा पुराएको योगदानको कदर  गर्दै संसारकोट

बर्दघाटमा नक्कली मह बनाउने समुह सक्रिय

नवलपरासी माघ ४ पश्चिम नवलपरासीको बर्दघाटमा नक्कली मह बनाउने समुह सक्रिय भएको पाईएको छ । शुक्रबार नक्कली मह बनाउनेगरेको सुचनाका आधारमा बर्दघाट बजार