• २०७५-१०-६ , आइतबार/ Sunday 01-20-19
  • 07:01:36

राइजिङ्गद्धारा खेलाडी सम्मान

प्रमोद अर्याल

२२ पुष,बर्दघाट

राइजिङ्ग स्टार सामुदायिक विकास प्रतिष्ठानको आयोजनामा खेलाडी सम्मान तथा आर्थिक सहयोग कार्यक्रम सम्पन्न भएको छ । विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई प्रतिष्ठानले सम्मान गरेको हो । नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय पदक विजेताहरुलाई प्रतिष्ठानले सम्मान गरेको राइजिङ्ग स्टार तेक्वान्दो डोजाङ्गका प्रमुख प्रशिक्षक धर्मेन्द्र अग्रहरीले जानकारी दिए ।अन्तराष्ट्रिय पदक विजेता ३१ जना खेलाडीहरुलाई सम्मान गरिएको उनले जानकारी दिए जसमा १३ जना तेक्वान्दो खेलाडी रहेका छन । सम्मानित हुने तेक्वान्दो खेलाडीहरुमा रविन अधिकारी, तारा पराजुली, तपन कुमार केवट, क्षितिज पाण्डे, रवि अधिकारी, मनिष बराल, जित बहादुर कामी, विशाल पौडेल, प्रेरणा भुसाल, सिर्जना कुँवर, उमा तिवारी, रिलेक्स रेश्मी र हरी ओम न्यौपाने लगायतका रहेका छन । कार्यक्रममा बोल्दै नगर प्रमुख थापा ले खेलाडीहरु राष्ट्रको गहनाको रुपमा रहेकोले उनीहरुलाई यसरी सम्मान गर्दा हौसला बढने बताए । उनले नगरले खेलकुँदको विकासको लागि बजेट विनियोजन गरेको बताए । 

यसैविच प्रतिष्ठानले सुनवल नगरपालिका वडा नम्बर १३ मा रहेको पवित्र वृद्धाश्रम सगर पोखरीलाई २ लाख रुपैया सहयोग गरेको छ । ७ जना वृद्धवृद्धा आश्रित वृद्धाश्रमलाई सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा ले २ लाख रुपैयाको चेक आश्रमका अध्यक्ष बलराम भण्डारीलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्रकाश पँगेनीले प्रतिष्ठानले खेलकुँदमा यथेष्ट लगानी गरेको बताए । वरिष्ठ उपाध्यक्ष बलराम चापागाईले प्रतिष्ठानको बारेमा जानकारी दिएका थिए ।

प्रतिकृया दिनुहोस

जिसन स्पोर्टस मिटको समापन

प्रमोद अर्याल  १ पुष , बर्दघाट शैक्षिक ऐक्यवद्धताको समुह नेपाल (जिसन) नवलपरासीले आयोजना गरेको जिसन स्पोर्टस मिट २०७५ को एक कार्यक्रमको विच समापन

सन्दीप लामिछाने कलेज भर्ना

१८ मंसिर, काठमाडौं राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चित बनेका युवा क्रिकेटर सन्दीप लामिछाने कलेज भर्ना भएका छन् । उनले बौद्धस्थित जेभियर

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट खेल प्रतियोगिता मंसिर १३ गते बाट

नवलपरासी मंसिर ११  आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नवलपरासीमा जिल्ला स्तरिय छनोट खेल प्रतियोगिता यहि मंसिर १३ गते बाट हुने भएको छ ।