• २०७५-१०-६ , आइतबार/ Sunday 01-20-19
  • 07:01:24

शिवपुराण धनधान्याञ्चल महायज्ञको तयारी तिब्र 


बर्दघाट पुस २२
बर्दघाट  ४ बाढिपिडितमा रहेको उत्पतेश्वर शिवालय मन्दिरमा संचालन हुने शिव पुराण धनधान्याञ्चल को तयारी तिब्र बनाउदै लगिएको छ । माघ २७ गते देखि फागुन ७ गते सम्म  संचालन हुने महायज्ञको तयारीका लागि विभिन्न उपसमिति समेत गठन गरेर जिम्मेवारी प्रदान गरिएको छ । आवश्यक ब्यबस्थापनका कामहरु समेत सुरु भएको छ । 

 

महायज्ञको तयारी स्वरुप आज महायज्ञमा कथा प्रवचन गर्नुहुने प्रमुख बाचक बाल  ब्यास नारायण न्यौपाने र मुल आयोजक समिति संगै विभिन्न उपसमितिका संयोजक संग  छलफल भएको छ । महायज्ञ संचालन गर्ने स्थानको अवलोकन गरी आवश्यक पुर्वाधार निर्माण गर्ने तयारी समेत गरिएको छ । 

 

प्रचार प्रसारका लागि आवश्यक प्रचार  सामाग्रीहरु छपाई गर्ने र विभिन्न संचार माध्यमहरुबाट प्रचार प्रसारलाई तिब्रता दिने समेत निर्णय गरिएको छ । महायज्ञको प्रचार प्रसारका लागि मोटरसाईकल र्याली समेत निकालिने भएको संयोजक केहरसिंह गौतमले बताउनुभएको छ । 

 

महायज्ञमा बढि भन्दा बढि भक्तजनको उपस्थिति बनाउनका लागि विशेष जोड दिईने र महायज्ञलाई एक ठाउ विशेषको भन्दा पनि साझा बनाएर सबैको सहभागिता रहने बताबरण बनाउने तर्फ समितिले विशेष पहल गरिरहेको महासचिव हरिरञ्जन पौडेलले बताउनुभएको छ । 

 

मन्दिरमा १ सय ८ शिवलिङ्ग निर्माण  र सुविधा सम्पन्न सभाहल निर्माणका लागि महायज्ञ आयोजना गरिएको हो । आज भएको छलफल  कार्यक्रममा नारायण पान्डेय, क्याप्टेन मान बहादुर थापा प्रमुख बाचक बाल ब्यास नारायण न्यौपाने लगायतले आ आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रम संयोजक केहरसिंह गौतमको अध्यक्षता महासचिव हरिरञ्जन पौडेलको संचालन र 

प्रतिकृया दिनुहोस

संसारकोट सामुदायिक बन उपभोक्ता समुहको १६ औं बार्षिक साधारणसभा सम्पन्न

नवलपरासी माघ ५ संसारकोट सामुदायिक बन उपभोक्ता समुहको १६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष मदन बहादुर शाहिको अध्यक्षता र डिभिजन वन

सामुदायिक बन द्धारा दौतरी एफ एम सम्मानित

नवलपरासी माघ ५ दौतरी एफ एम १०५.८ मेगाहर्ज सम्मानित भएको छ । एफ एम ले पत्रकारिताको क्षेत्रबाट बन क्षेत्रमा पुराएको योगदानको कदर  गर्दै संसारकोट

बर्दघाटमा नक्कली मह बनाउने समुह सक्रिय

नवलपरासी माघ ४ पश्चिम नवलपरासीको बर्दघाटमा नक्कली मह बनाउने समुह सक्रिय भएको पाईएको छ । शुक्रबार नक्कली मह बनाउनेगरेको सुचनाका आधारमा बर्दघाट बजार