• २०७५-१०-६ , आइतबार/ Sunday 01-20-19
  • 07:01:50

नेपालकै पहिलो लोक सांस्कृतिक तथा पर्यटन महोत्सव नवलपरासीमा हुने

दौतरी एफ एम

नवलपरासी पुस २३

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा नवलपरासीको आयोजनामा  प्रथम लोक सांस्कृतिक एवं पर्यटन महोत्सव हुने भएको छ । नेपाली  लोक कला संस्कृतिको संरक्षण , सम्बद्र्धनका लागि र नवलपरासी जिल्ला भित्रका पर्यटकिय स्थलहरुको प्रचार प्रसारका लागि महोत्सवको आयोजना गरिएको महोत्सवका संयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीका अधयक्ष भरत क्षेत्रीले बताउनुभएको  छ ।

 

महोत्सव माघ १७ गते देखि २८ गते सम्म सुनवल नगरपालिका वडा नम्बर १३ बडेरामा रहेको सहिद स्मृति रङ्गशाला परिसरमा संचालन हुने छ । मौलिक लोक संस्कृतिको जगेर्नाका लागि नेपालमै पहिलो पटक यस्ततो महोत्सवको आयोजना गर्न लागिएको संयोजक क्षेत्रीले बताउनुभयो ।

 

महोत्सवमा नेपाली मौलीक कला संस्कृतिको प्रदर्शनी, विभिन्न जातजातिका परम्परागत घर हरु , जातजातिहरुका मौलिक खानाका परिकारहरु संगै दैनिक रुपमा  फरक फरक जात जातिका सांस्कृतिक प्रस्तुतिहरु समेत रहने छ । महोत्सवमा मौलिक लोक दोहोरी प्रतियोगिता, लोक नृत्य प्रतियोगिता, भलिवल प्रतियोगिता संगै ख्याती प्राप्त राष्ट्रिय  कलाकारहरुको बेजोड प्रस्तुती आकर्षणको रुपमा रहने मेला प्रवक्ता राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नवलपरासीका बरिष्ठ उपाध्यक्ष प्रेम कामु मगरले जानकारी दिनुभएको छ ।

 

महोत्सवमा रङ्गशाला  परिसरमै रहेको तालमा डुङ्गा सफारी, घोडा सफारी र उट विशेष आकर्षणको रुपमा रहने बताईएको छ । महोत्सव स्थल भित्र पवित्र धार्मिक स्थल भित्र बाबा बर्दगोरिया र मामा सतेसरियाको प्रतिक समेत निर्माण हुनेछ ।

 

महोत्सवमा १५० भन्दा बढि स्टलहरु रहने  संयोजक क्षेत्रीले बताउनुभयो । विभिन्न ठाउहरुमा अस्वस्थ प्रतिस्पर्धा गर्दै फेशनकै रुपमा मेला महोत्सवहरु लाग्ने गरे पनि मोलिक लोक संस्कृतिको जगेर्ना र विभिन्न जात जातिको परम्परागत कला संस्कृतिको जगेर्ना गर्नका लागि आमयोजना भएको लोक सांस्कृतिक एवं पर्यटन महोत्सव नेपालमै पहिलो रहेको क्षेत्रीको दावी छ ।

 

महोत्सव स्थल पूर्व पश्चिम राजमार्ग संगै जोडिएकोले यातायातको सहज पहुंच रहने र दर्शकहरुका लागि महोत्सव हेर्न आउन जान सहज हुने समेत क्षेत्रीले बताउनुभयो ।  महोत्सवमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश नम्बर ५ र केन्द्रिय समिति संरक्षकको रुपमा रहनेछ ।

प्रतिकृया दिनुहोस

संसारकोट सामुदायिक बन उपभोक्ता समुहको १६ औं बार्षिक साधारणसभा सम्पन्न

नवलपरासी माघ ५ संसारकोट सामुदायिक बन उपभोक्ता समुहको १६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष मदन बहादुर शाहिको अध्यक्षता र डिभिजन वन

सामुदायिक बन द्धारा दौतरी एफ एम सम्मानित

नवलपरासी माघ ५ दौतरी एफ एम १०५.८ मेगाहर्ज सम्मानित भएको छ । एफ एम ले पत्रकारिताको क्षेत्रबाट बन क्षेत्रमा पुराएको योगदानको कदर  गर्दै संसारकोट

बर्दघाटमा नक्कली मह बनाउने समुह सक्रिय

नवलपरासी माघ ४ पश्चिम नवलपरासीको बर्दघाटमा नक्कली मह बनाउने समुह सक्रिय भएको पाईएको छ । शुक्रबार नक्कली मह बनाउनेगरेको सुचनाका आधारमा बर्दघाट बजार