• २०७५-१०-६ , आइतबार/ Sunday 01-20-19
  • 07:01:50

प्याब्सन डे को अवसरमा रक्तदान संगै न्यानो कपडा र फलफुल वितरण


नवलपरासी पुस २४
प्याब्सन डे को अवसर पारेर प्याब्सन नवलपरासीले विविध कार्यक्रम सम्पन्न गरेको छ । प्याब्सन नवलपरासीले सदरमुकाम परासीमा रहेको रेडक्रसको कार्यालयमै पुगेर अध्यक्ष ईन्द्र गुरुङ्ग संगै अन्य पदाधिकारीहरुको टोलीले रक्तदान गरेको छ । 

 

प्याब्सन डे कै अवसर पारेर आदर्श मावी परासीमा अध्ययनरत १६ जना दृष्टिविहिन विद्यार्थीहरुका लागि न्यानो कपडा वितरण र जिल्ला पृथ्वीचन्द्र अस्पालका १८ जना विरामीहरुका लागि फलफुल वितरण गरिएको छ । प्याबसनले प्रतापपुर गाउपालिकामा रहेको आदर्श पव्लिक ईङ्गलिस सेकेण्डरी स्कुल लाई राहात रकम अन्तरगत ६० लाखको चेक रकम हस्तान्तरण गरिएको छ ।


 प्याब्सन नवलपरासीको अधिवेशन पछिको पहिलो कार्यक्रम परासीको आदर्श माविको प्राङ्गणमा सम्पन्न गरेको हो । कार्यक्रममा प्याब्सन सल्लाहकार गोमा पंगेनी, सल्लाहकार रामप्रसाद पाण्डे, आदर्श माविका प्रधानाध्यापक अर्विन्द पाठक लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । 

Image may contain: 8 people, people smiling, people sitting
कार्यक्रम प्याब्सन जिल्ला अध्यक्ष ईन्द्र गुरुङ्गको अध्यक्षता प्याब्सन केन्द्रिय सदस्य यम बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको स्वागत मन्तब्य उपाध्यक्ष डम्बर बहादुर गुरुङ्ग र संचालन सचिव विनिराम भुसालले गर्नुभएको थियो । 

 

प्रतिकृया दिनुहोस

संसारकोट सामुदायिक बन उपभोक्ता समुहको १६ औं बार्षिक साधारणसभा सम्पन्न

नवलपरासी माघ ५ संसारकोट सामुदायिक बन उपभोक्ता समुहको १६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष मदन बहादुर शाहिको अध्यक्षता र डिभिजन वन

सामुदायिक बन द्धारा दौतरी एफ एम सम्मानित

नवलपरासी माघ ५ दौतरी एफ एम १०५.८ मेगाहर्ज सम्मानित भएको छ । एफ एम ले पत्रकारिताको क्षेत्रबाट बन क्षेत्रमा पुराएको योगदानको कदर  गर्दै संसारकोट

बर्दघाटमा नक्कली मह बनाउने समुह सक्रिय

नवलपरासी माघ ४ पश्चिम नवलपरासीको बर्दघाटमा नक्कली मह बनाउने समुह सक्रिय भएको पाईएको छ । शुक्रबार नक्कली मह बनाउनेगरेको सुचनाका आधारमा बर्दघाट बजार