• २०७५-१०-६ , आइतबार/ Sunday 01-20-19
  • 07:01:49

बर्दघाट कृषि पर्यटन तथा औधोगिक ब्यापार मेलाको आय ब्याय सार्बजनिक

बर्दघाट पुस २४
र्दघाट उद्योग बाणिज्य संघको आयोजनामा गत कार्तिक ३० गते देखि मंसिर ११ गते सम्म  संचालन भएको तेश्रो कृषि पर्यटन तथा औधोगिक ब्यापार मेलाको आय ब्याय सार्बजनिक गरिएको छ । संघले आज पत्रकार सम्मेलन मार्फत आय ब्याय सार्बजनिक गरिएको हो । उद्योग बाणिज्य संघका महासचिव लेखनाथ न्यौपानेले महोत्सव संचालन बाट २२ लाख २२ हजार ४ सय रुपैया आम्दानी भएकोमा ८ लाख ५७ हजार ५ सय ७४ रुपैयां खर्च भई १३ लाख ६४ हजार ८ सय २६ रुपैयां कुल बचत गर्न  सफल भएको बताउनुभयो ।

 

विगतका २ वटा महोत्सव र यसपटकको महोत्सव बाट बचेको रकमले बायिाज्य संघको भवन निर्माण कार्य सुरु गरिएको महासचिव न्यौपानेले बताउनुभयो । संघले बर्दघाट ४ बाढिपिडित शिवालय मन्दिर खेलमैदानको पश्चिम तर्फ ४ कोठाको भवन निर्माण गरेको छ भने ट्रस्ट निर्माण गरेर खुल्ला सभाहलको समेत निर्माण गरिने बताईएको छ ।

 

यस पटकको महोत्सवमा करिव डेढ लाख दर्शकले मेला अवलोकन गरेको र २ करोडको हाराहारीमा ब्यापार भएको अध्यक्ष मिनराज शर्माले बताउनुभयो । आगामी बर्ष मेला संचालन गर्नका लागि स्थान छनोट गर्न नगरपालिकासंग अनुरोध गरिएको र बर्दघाट टिसिएन चोक देखी दक्षिण तर्फ रहेको खुल्ला क्षेत्रमा महोत्सव स्थल निर्माण गर्नका लागि पहल भैरहेको बताईएको छ । 

प्रतिकृया दिनुहोस

संसारकोट सामुदायिक बन उपभोक्ता समुहको १६ औं बार्षिक साधारणसभा सम्पन्न

नवलपरासी माघ ५ संसारकोट सामुदायिक बन उपभोक्ता समुहको १६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष मदन बहादुर शाहिको अध्यक्षता र डिभिजन वन

सामुदायिक बन द्धारा दौतरी एफ एम सम्मानित

नवलपरासी माघ ५ दौतरी एफ एम १०५.८ मेगाहर्ज सम्मानित भएको छ । एफ एम ले पत्रकारिताको क्षेत्रबाट बन क्षेत्रमा पुराएको योगदानको कदर  गर्दै संसारकोट

बर्दघाटमा नक्कली मह बनाउने समुह सक्रिय

नवलपरासी माघ ४ पश्चिम नवलपरासीको बर्दघाटमा नक्कली मह बनाउने समुह सक्रिय भएको पाईएको छ । शुक्रबार नक्कली मह बनाउनेगरेको सुचनाका आधारमा बर्दघाट बजार