• २०७५-१०-६ , आइतबार/ Sunday 01-20-19
  • 07:01:08

नवलपरासीमा अज्ञात ब्यक्ति द्वारा  चक्कु प्रहार छात्रा घाईते ।

सहबान अन्सारी

नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ७ पिपरपातीमा  आज बिहान छात्रा माथी चक्कु प्रहार हुदा एक युवती घाईते भएकी छिन । घर बाट आफ्नो बिध्यालयमा अध्यनको लागी  साईकलमा जादै गरेकी  प्रतापपपर गाऊपालिका वडा नं ७ बस्ने मुगु केवटकी १६ बर्षिय छोरी अनिता केवट माथी  एक्कासी ऊखु बारी बाट  मुख छोपेर तिन जना अज्ञात ब्यक्तिहरुले चक्कु प्रहार गरेका थिए ।

 

घाईते  भएकी छात्राको दाहिने हाथमा चोट लागेको छ । घाईते भएकी केवटलाई स्थानिय क्लिनिकमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।साथै अज्ञात ब्यक्तीहरुको  खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ। छात्रा केवट  गणेश माध्यमिक बिध्यालय जगन्नाथपुरको कक्षा ८ मा अध्यनरत छात्रा हुन ।

प्रतिकृया दिनुहोस

संसारकोट सामुदायिक बन उपभोक्ता समुहको १६ औं बार्षिक साधारणसभा सम्पन्न

नवलपरासी माघ ५ संसारकोट सामुदायिक बन उपभोक्ता समुहको १६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष मदन बहादुर शाहिको अध्यक्षता र डिभिजन वन

सामुदायिक बन द्धारा दौतरी एफ एम सम्मानित

नवलपरासी माघ ५ दौतरी एफ एम १०५.८ मेगाहर्ज सम्मानित भएको छ । एफ एम ले पत्रकारिताको क्षेत्रबाट बन क्षेत्रमा पुराएको योगदानको कदर  गर्दै संसारकोट

बर्दघाटमा नक्कली मह बनाउने समुह सक्रिय

नवलपरासी माघ ४ पश्चिम नवलपरासीको बर्दघाटमा नक्कली मह बनाउने समुह सक्रिय भएको पाईएको छ । शुक्रबार नक्कली मह बनाउनेगरेको सुचनाका आधारमा बर्दघाट बजार