• २०७५-१-१३ , बिहीबार/ Thursday 04-26-18
  • 05:04:01

अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव सुरु

चैत १९,  काठमाडौं :

रङ्गकर्मको ३६ वर्ष पार गरेको उपलक्ष्यमा सर्वनाम थिएटरले अन्तर्राष्ट्रिय एकल नाटक महोत्सवको आयोजना गरेको छ। महोत्सव सोमबारदेखि सर्वनाम थिएटर काठमाडौंमा सुरु भएको छ। सर्वनाम थिएटरका निर्देशक तथा रङ्गकर्मी अशेष मल्लले नाटकको क्षेत्रबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल चिनाउन सकिने भन्दै सर्वनाम थिएटर सुरु गर्दा यहाँसम्म आउला भनेर नसोचेको बताए। कार्यक्रममा यस नाटक घरलाई निरन्तरता अबको पुस्ताले पनि दिनेछ भन्ने विश्वास उनले व्यक्त गरे। ´शान्तिलाई शान्तिको जस्तै रङ मनपर्छ` भन्ने संवाद सबै देशका नाट्यकर्मीलाई एकैचोटि वाचन गर्न लगाएर कार्यक्रमको उद्‌घाटन गरिएको थियो। चार दिनसम्म चल्ने उक्त महोत्सवमा भारत, चीन, इंग्ल्याण्ड, हङकङ र बंगलादेशका नाट्यकर्मीका नाटकहरू देखाइने नाट्यकर्मी राज शाहले बताए। नाटकको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको परिचय पुर्‍याउन लागिपरेको बताउँदै उनले भने, ´अन्य देशमा कस्ता नाटक चल्दै छन् र हाम्रामा कस्ता नाटक चलाउँदै छौँ भन्ने कुराको ज्ञानको विनिमय गर्न  महोत्सवको आयोजना गरिएको हो।` उद्‌घाटन कार्यक्रममा क्रमश: अतिरिक्त आकाश, जम्प, द कोर्ट मन्चन गरिएको थियो। अतिरिक्त आकाश नाटक ३५ वर्षअघि नाट्यकर्मी अशेष मल्लले लेखेर सर्वनाम थिएटरमा पहिलो पटक मन्चन गरेका थिए। अभिनित मल्ल्ले अभिनय गरेको उक्त नाटकले दर्शकको साथ पाएको थियो। यस्तै, माइकल वुड्वुडले निर्देशन गरेको सायोनिड जोन्सद्वारा अभिनित नाटक द कोर्ट इंग्ल्याण्ड र चीनबाट आएका  झाओ चौयानको निर्देशनमा  वु जियामिनद्वारा अभिनित नाटक जम्प पनि मन्चन गरेर पहिलो दिनको कार्यक्रम सकिएको छ। चार दिनमा १३ वटा एकल नाटक मन्चन गर्ने लक्ष्य राखिएको शाहले बताए।

थाहा खबर बाट 

प्रतिकृया दिनुहोस

कोमलको समय कुर्दै राजुदेखि विमल

गायिका कोमल वलि राष्ट्रिय सभा सांसद भएपछि गायक गायिका उनको प्रतिक्षा गरेर बसेका छन् । रेकडिङ स्टुडियो उनको गाउने सेड्युल कुरेर बसेको छ । ०४५ सालमा

डान्स नेपाल डान्स’ रियालिटी शोको नाममा ठगी, विजेताले पाएनन् पुरस्कार

१ चैत्र, काठमाडौं  ‘डान्स नेपाल डान्स’ नामक टेलिभिजन रियालिटी शोका पहिलो र दोस्रो सिजनका विजेताहरुले अझै पुरस्कार नपाएको खुलेको छ । एक

प्रिया प्रकाशको विषयलाई लिएर बलिउडका स्टारहरुबीच महासंग्राम !

भ्यालेन्टाइन डे को दिनदेखि इन्टरनेटमा भाइरल भएकी ईन्टरनेट क्वीन प्रिया प्रकाशको चर्चा आजको दिनसम्म आईपग्दा समेत रोकिएको छैन । आज सम्म पनि प्रियाको