• २०७५-५-४ , सोमबार/ Monday 08-20-18
  • 07:08:59

महिला हिंसा भड्काएको भन्दै ज्योति मगरमाथि लाग्यो प्रतिबन्ध !

सुनसरी, चैत २०

वैशाखको पहिलो साता इटहरीको  तालतलैयामा हुन लागेको महोत्सवमा गायिका तथा कलाकार ज्योति मगरलाई प्रतिबन्ध लगाइने भएको छ । ज्योतिको उत्तेजक प्रस्तुतिले महिला हिंसाको घटनालाई प्रोत्साहन गर्ने भएकाले उनीमाथि प्रतिबन्ध लगाइने इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताउनुभयो । इनरुवामा आयोजित हिंसा न्यूनीकरण विषयक कार्यक्रममा बोल्दै उपप्रमुख गौतमले उच्छृङखल प्रस्तुतिले समाजमा विकृति निम्त्याउनुका साथै हिंसालाई प्रश्रय दिने भन्दै त्यस्तो कार्यका लागि इटहरी उपमहानगरपालिकाले कुनै पनि हालतमा इजाजत नदिने बताउनुभयो ।  गायिका ज्योति मगरप्रति खरो रुपमा प्रस्तुत हुनुभएकी उपप्रमुख गौतमले भन्नुभयो, ‘नाङ्गो नाच्ने कामले महिला हिंसाका घटना बढिरहेका छन् । कलाकारको नाममा समाजलाई उत्तेजित पार्ने छुट कसैलाई छैन ।’ गौतमले यस्ता प्रकारका महोत्सवलाई आउँदा दिनमा जिल्ला प्रशासन कार्यालयबाट समेत इजाजत नदिन प्रजिअ गोपालप्रसाद पराजुलीसमक्ष आग्रहसमेत गर्नुभयो । पछिल्ला समय बतात्कारका घटना बढेपछि नियन्त्रणका लागि कार्ययोजना बनाउन देशब्यापी सर्कुलर जारी भएकाले पनि ज्योति मगरको उत्तेजक प्रस्तुतिलाई रोकेको गौतमको भनाई थियो । ज्योतिले उत्तेजक प्रस्तुति नदिई पूरै शरीर ढाक्ने कपडा लगाएर कार्यक्रममा प्रस्तुत हुने भए चाहिँ नरोक्ने गौतमले बताउनुभयो ।

 

 

 

उज्यालो अन्लाइन बाट 

प्रतिकृया दिनुहोस

कोमलको समय कुर्दै राजुदेखि विमल

गायिका कोमल वलि राष्ट्रिय सभा सांसद भएपछि गायक गायिका उनको प्रतिक्षा गरेर बसेका छन् । रेकडिङ स्टुडियो उनको गाउने सेड्युल कुरेर बसेको छ । ०४५ सालमा

डान्स नेपाल डान्स’ रियालिटी शोको नाममा ठगी, विजेताले पाएनन् पुरस्कार

१ चैत्र, काठमाडौं  ‘डान्स नेपाल डान्स’ नामक टेलिभिजन रियालिटी शोका पहिलो र दोस्रो सिजनका विजेताहरुले अझै पुरस्कार नपाएको खुलेको छ । एक

प्रिया प्रकाशको विषयलाई लिएर बलिउडका स्टारहरुबीच महासंग्राम !

भ्यालेन्टाइन डे को दिनदेखि इन्टरनेटमा भाइरल भएकी ईन्टरनेट क्वीन प्रिया प्रकाशको चर्चा आजको दिनसम्म आईपग्दा समेत रोकिएको छैन । आज सम्म पनि प्रियाको