• २०७५-७-५ , सोमबार/ Monday 10-22-18
  • 06:10:44

जिल्ला हुँदै राष्ट्रको नाम उँचो बनाउने खेलाडी उत्पादन गर्ने उद्देश्य हो

विद्यालयस्तरको खेलकुँद प्रतियोगिताको महाकुम्भ भनेर चिनिने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको १० औँ सँस्करण बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा सुरु भएको छ ।  जुनियर तहका खेलाडीहरुको क्षमता पहिचान गरि उनीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय तहसम्म पुर्‍याउन यो प्रतियोगिताको निकै ठूलो महत्व हुन्छ ।  राष्ट्रपति रनिङ्ग शिल्डको आयोजनाको उद्देश्य र आवश्यकताको बारेमा प्रतियोगिता निर्देशन तथा ब्यवस्थापन समितिका सँयोजक तथा जिल्ला समन्वय समिति बर्दघाट सुस्ता पश्चिम नवलपरासीका प्रमुख शिव शँकर प्रसाद रायसँग खेल पत्रकार प्रमोद अर्यालले गरेको कुराकानीको सम्पादित अँश । 

१० औँ सँस्करणको क्षेत्रिय प्रतियोगिता सुरु भएको छ । कसरी सँचालन भइरहेको छ प्रतियोगिता ?

विगतका वर्षहरुभन्दा यो वर्षको प्रतियोगिता निर्धारित समयभन्दा करिव ३ महिना पछि आयोजना भएकोले हामीले केहि कठिनाइ ब्यहोरेका छौँ जस्तो कि मौसम प्रतिकुल छ । चैतको गर्मी तेसमा हावाहुरीको सम्भावना पनि छ तथापी हामीले खेलाडी विद्यार्थीहरुलाई चर्को घाम हुँदा केहि समय खेल रोक्ने र विहान अलि चाँडै खेल सँचालन गरी बेलुकी पनि केहि समय पछि सम्म खेल सँचालन गरेका छौँ । अर्को समस्या अहिले शैक्षिक शत्र सकिने बेला भएकोले पनि धेरै विद्यालयलाई सहभागी गराउन केहि गाह्रो भएको छ । परिक्षा सकिएको समय र विदाको समय समेत भएकोले पनि केहि समस्या भएको छ । 

प्रतियोगितामा कति विद्यालयका कति खेलाडीको सहभागिता रहेको छ ?

बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा यो प्रतियोगितामा सहभागिता जनाउन मिल्ने (कक्षा ८ देखी १२ सम्म) ५५ सामुदायिक र ५३ सँस्थागत गरी कुल १ सय ८ विद्यालय रहेका छन जसलाई हामी शिक्षा कार्यालय, श्रोत केन्द्र र निजि विद्यालयका सँगठनहरु मार्फत पत्राचार गरेका छौँ । मैले यसअघि नै भनेँ शैक्षिक शत्रको अन्तिम र छोटो तयारीका कारण सहभागि विद्यालय न्युन छन जुन अपेक्षा गरिए भन्दा कम हो । प्रतियोगितामा जम्मा ४६ विद्यालयको सहभागिता रहेको छ । विद्यालयहरु केहि न्युन सहभागि रहेको कारण छात्र छात्रा गरी क्षेत्रिय प्रतियोगितामा करिव ८ सय खेलाडी विद्यार्थीको सहभागिता रहेको छ ।

के कस्ता खालका खेलहरु यो प्रतियोगितामा समावेश गरिएको छ र सँचालनको लागि कति खर्च अनुमान गर्नु भएको छ ?

विगतका वर्षहरुमा जस्तै यसपटक पनि एथलेटिक्स तर्फ ट्रयाक एण्ड फिल्ड अन्तर्गत हाइजम्प, लङ्गजम्प, ट्रिपल जम्प, शटपुट, ज्याभलिन थ्रो, विभिन्न दुरीका दौडहरु समावेश गरिएको छ । यस्तै टिम गेममा कपर्दि र भलिवल समावेश छ । मार्शल आर्टस विधा अन्तर्गत तेक्वान्दो, कराँते र उशु खेल समावेश गरिएको छ । र प्रतियोगिता सँचालनको लागि करिव १५ लाख रुपैया खर्च हुने अनुमान गरेका छौँ । 

यो सँस्करणदेखी राजनैतिक नेतृत्वले प्रतियोगिताको बागडोर सम्हालेको छ । जिल्ला खेलकुँद विकास समिति र जिल्ला समन्वय समितिविचको सहकार्य कस्तो रहेको छ ?

विगतमा स्थानिय सरकार नभएको अवस्थामा जिल्ला खेलकुँद विकास समितिले नेतृत्वदायी भुमिका निभाएर जिल्ला शिक्षा कार्यालय लगायतका सरोकारवाला निकायहरुसँग समन्वय गरेर प्रतियोगिता आयोजना गर्दै आएको थियो । देशमा राजनैतिक निकास निष्कने क्रममा अहिले जनप्रतिनिधिहरु चुनिए पछि जिल्ला समन्वय समितिको प्रमुख प्रतियोगिताको सँयोजक रहने प्रावधान रहेको मात्र हो । तर यसअघिका सँस्करणमा जसरी खेलकुँद विकास समितिले प्रतियोगिताको आयोजनाको प्रमुख अभिभावकत्व निर्वाह गर्ने गर्दथ्यो अहिले प्रतियोगिता निर्देशन तथा ब्यवस्थापन समितिको सँयोजकको हैसियतले म सँयोजक रहेको छु । मैले जिल्ला खेलकुँद विकास समिति, जिल्ला शिक्षा कार्यालय लगायत सबै सरोकारवालाहरुसँग छलफल गरेरै अघि बढिरहेको छु र उहाँहरुको पूर्ण सहयोग र साथ पाएको छु । हामी सबैको साझा उद्देश्य राष्ट्रको लागि खेलाडी उत्पादन गरी देशको नाम उँचो गराउनु रहेकोले हामी सबै प्रतियोगिताको सफल आयोजना र सम्पन्नताको लागि कटिवद्ध रहेका छौँ ।

अन्त्यमा

विद्यालयस्तरको महत्वपुर्ण प्रतियोगिता अहिले सँचालनमा रहेको छ । प्रतियोगिता सफल सम्पन्न गराउन सबैमा अनुरोध गर्न चाहान्छु साथै क्षेत्रिय र फाइनल प्रतियोगिताको आयोजनाको जिम्मा लिएको राजा महात्मा पूर्णभद्र मा वि भुताहा र धान्यान्चल मा वि बडेरालाइ धन्यवाद दिन चाहान्छु । जिल्ला स्तरिय प्रतियोगिताबाट छनौट भइ प्रदेश स्तरिय प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई सफलताको शुभकामना दिँदै संचार माध्यमबाट पुर्‍याउनु भयको सहयोगको लागि आभार प्रकट गर्न चाहन्छु । 

प्रतिकृया दिनुहोस

दुई श्रीमती राख्दा सहज मान्ने समाज ले म दुईटा श्रीमान राख्छु, मान्छ त ?

रवीना देशराज समकालीन समाज भन्दा बेग्लै सोच राख्ने ब्यक्तिका रुपमा चिनिन्छिन् । उनी लैंगिकताका विषयमा परम्परागत सोच विपरित धारणा राखेर र आफ्नो

‘नेपालका अधिकांश बुद्धिजीवी भ्रष्ट छन्’

साहित्य, कला र बौद्धिक व्यक्तिहरुको विचलनका विषयमा भाषाशास्त्री एवं बौद्धिक चिन्तक राम लोहनीका विचार देशका घटनाक्रमलाई नियाल्ने धेरै हुन् सक्छन्

काम र ‘काम’

‘म काम गर्न सक्दो रहेछु । मसँग जाँगर रहेछ ।’ कोरिया नआइपुगेको भए यो कुरा थाहा नपाई मर्ने थिएँ कि ! यत्ति थाहा पाउन म कोरिया आइपुग्नुपर्‍यो