• २०७५-८-२६ , बुधबार/ Wednesday 12-12-18
  • 02:12:54

कक्षा आठको नतिजा प्रकासन नहुदै कक्षा नौ मा भर्ना लिन सुरु...अनुगमन गर्ने जिम्मेवार निकाय मौन 


नारायण भण्डारी
बर्दघाट, चैत्र २५ 
पश्चिम नवलपरासीमा कतिपय विद्यालयले नतिजा प्रकासन नहुदै भर्ना अभियान सुरु गरेका छन् । यस अघि कक्षा ८ को परिक्षा जिल्ला स्तरिय रुपमा लिने गरिए पनि यसपटक भने कक्षा ८  को परिक्षा संचालनको जीम्मा पालिका स्तरमा आएपछि पालिकाहरुलेनै परिक्षा संचालन गरेका हुन । बर्दघाट नगरपालिकाले पालिका स्तरिय परिक्षाको नतिजा यहि चैत्र २८ गते मात्र प्रकासन गर्ने बताए पनि कतिपय निजी विद्यालयले हिजो आज नतिजा प्रकासन नहुदै धमाधम भर्ना लिन सुरु गरेको अभिभावकहरुले गुनासो गरेका छन् । अहिले कक्षा ८ को नतिजा प्रकासन नहुदै केही नीजी विद्यालयहरुले कक्षा ९ मा भर्ना लिएको विषयमा बर्दघाट नगरपालिकाका शिक्षा शाखा प्रमुख तुलसी अधिकारीले नतिजा प्रकासन नहुदै कुनै पनि  विद्यालयले  कक्षा ९ को भर्ना लिन नमिल्ने बताउनुभयो । यसरी नतिजा प्रकासन नहुदै भर्ना लिने विद्यालयलाई कुनैपनि  हालतमा कारबाहिको दाहेरामा ल्याउनुपर्ने अभिभावहरुको अनुरोध गरेका छन् । चैत २८ गते मात्र नतिजा प्रकासन भएपछि बल्ल कक्षा ९ को भर्ना खुल्ला गर्न  सकिने बताउनुभयो । अधिकारीले कुनै विद्यालयले भर्ना सुरु गरेको भए ति विद्यालयहरुलाई सम्झाई बुझाई गरिने तत्काल कारबाहि गर्ने तयारीमा भने आफुहरु नरहेको बताउनुभयो । कुनै विद्यार्थी नतीजा प्रकासन नभई अर्को कक्षामा भर्ना हुनु ले शिक्षा क्षेत्रमा अस्वस्थ प्रतिस्पर्दा भएको प्रष्ट देखिन्छ । भर्नाको समयमा विभिन्न स्कीमहरु लागु गरेर कुनै पसलले सामाग्री विक्री गरेजस्तै गरी अफरमा विद्यार्थी भर्ना गराउनेहरुको होडबाजीनै चलेको छ । शिक्षामा गुणात्मक विकास गर्ने तर्फ विद्यालय संचालकहरुको ध्यान केन्द्रित हुन सकेको छैन भने चर्को शुल्क असुल्ने विद्यालयहरुले प्रभावकारी शिक्षा दिन नसकेको अभिभावकहरुले गुनासो गरेका छन् । नया शैक्षिक सत्र सुरु हुनै लाग्दा पाठ्य पुस्तक फेरिने , विभिन्न बाहानामा विभिन्न शिर्षकमा शुल्क बृद्धि गर्दा आफुहरुले थेग्नै नसक्ने अवस्थाको सिर्जना  भएको अभिभावकहरुले बताएका छन् । 

किन छोड्छन् बालबालिका विद्यालय ?
नया बर्ष शुरु संगै नया शौक्षिक सत्रको लागि बिधालयहरु नया नया ईस्किमका साथ प्रचार प्रसार तथा होम भिजिटमा जानको लागि तम तयार अबस्थामा रहेका छन् । बिभिन्न ब्रोसर, पम्पलेट, लगाएतका सामाग्री छपाईमा छापाखानाहरु भ्याई नभ्याईको  अबस्थामा रहेका छन् । बर्षैर्नि बिधार्थिहरु तान्नको लागि सेवा तथा सुविधाको हाड्वाजिनै चलेको छ । तर बिधालय पढ्दै गरेर बिचमा बिधालय छाडेका बिधार्थिहरु संख्या भने दिनानुदिन बढ्दै गैरहेको छ । सामुदायिक बिधालयहरु नया भर्ना गर्ने क्रममा बिधालय पढ्ने उमेरका बालबालिका सबैलाई बिधालय हाताभित्र ल्याउने योजना राखेता पनि बिचमा बिधालय छाड्ेपछि त्यको फलोअप भने शुन्य पाईको छ । आर्थिक अबस्था , लागुऔधषको दुब्यबसनिमा फस्ने ,अनुपयुक्त शौक्षिक पद्धति, कक्षाकोठा, शौचालय , उपयुक्त बाताबरण नहुनु आदि विविध कारणले गर्दा बिचमानै विधालय छाड्ने गरेको पाईएको छ । 

प्रतिकृया दिनुहोस

जिसन स्पोर्टस मिट हुने

प्रमोद अर्याल २३ मंसिर ,बर्दघाट, शैक्षिक ऐक्यवद्धताको समुह नेपाल (जिसन) नवलपरासीको आयोजनामा खेलकुँद कार्यक्रम हुने भएको छ । जिसन स्पोर्टस मिट २०७५

प्रदेश सरकारले एक बर्षमा शिक्षा निति तयार गर्छ : मुख्यमन्त्री पोखरेल

नवलपरासी मंसिर १७ प्रदेश नम्बर ५ का मुख्य मन्त्री संकर पोखरेलले परम्परागत शिक्षाले नेतृत्व विकास गर्न नसक्ने बताउनुभएको छ । पश्चिम नवलपरासीको

न्यूलाईफमा विज्ञान प्रदर्शनी

बर्दघाट मंसिर १४ बर्दघाटमा रहेको न्यूलाईफ मा.वि मा विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । विद्यार्थीहरुले आफैले बनाएका विभिन्न प्रविधिहरु पदर्शनी