• २०७५-४-१ , मंगलबार/ Tuesday 07-17-18
  • 12:07:06

मेरो समाज

सिमा गिरी 

पुरूष का लागी अधीकार को बेबस्था गरियो पुरूष का लागी आफ्नो बिचार राख्ने , शब्द राख्ने सोच्ने सम्झीने स्वतन्त्रता को अधिकार घोषणा भयो।नारि का लागी दायित्व को बेवस्था गरियो घर संसार समाल्ने ,पुरूष लाई सुखसान्ति दिने,सन्तान जन्माउने सन्तान को लालनपालन गर्ने,त्यो घरको ईज्यत धानेर बस्ने यि सबै दायीत्व को बेवस्था छोरि माथि भयो। एक शताब्दि दुई शताब्दि हुदै हुदै आज बीशौ शताब्दी बिते।यता राष्ट्र गणतन्त्र मा गयो देश मा नंया संम्बिधान लेखियो ठुला ठुला अक्षर मा महीला अधीकार र स्वतन्त्रता को कुरा लेखियो ठुला ठुला आमसभा हरूमा नेताहरू ले महीला अधिकार को भाषण गाय सररर तालि पिटियो।बल्ल खाय झै भयो कुल जनसंख्यामा 52% महीला छन बल्ल अधीकार लेखियो गर्ब ले छाति फुल्छ मेरो।म जस्ता हजारौ महीला खुशी छन ,बेखुशी छ मेरि छोरि (सीर्फ मेरि छोरि) छोरि को अनुहार पढ्न खोज्छु छोरिको भावना बुझ्न खोज्छु मैले सकीरहेको थिईन ।।यसै गरि दैनीक गतिबिधिहरू अगाडी बढ्दै गय दिन सामान्य थियो । म सपना बाट ब्युझिय झै भय दैलो जोडीयको छिमेकी को छोरि ले आफु खुशी जिवन साथि रोजेर बिहे गरेकी थिई पहीलो पटक दोस्रो पटक गरि पांचौ पटक सम्म छोरी फीर्ता ल्याउने कामहरू भय हरेक दिनको सुर्यदय संग संगै उसकी आमाले छोरिको लागि धनाढ्य र योग्य बर खोज्दै घन्टौसम्म फोन मा बार्तालाभ गरेको सुनीन्छ।कीशोरि छोरि बोकेर मोहनी लागेको छ भन्दै फुकाउन गयको देखीन्छ।सुधार केन्द्र कांहा छ सुधार केन्द्र मा छोरि पठाउछु भन्दै आमा भौतारियको भेटीन्छ।। ,उता बाबु भने खोक्रो आडम्वर ले भरिपुर्ण छ आफ्नो ईज्यत मान प्रतिष्ठा जोगाउने बलमा छोरिलाई आफ्नो खुशीको बलि चढाउन बार बार आग्रह गर्दछ। पटक पटक आफुखुशि जातियरूपमा फरक जात संग बीहे गरे को सजाय स्वरूप छोरि लुछीन्छे कुटीन्छे । बीवश म दैलो जोडीयर बसेको महीला नेतृ टुलुटुलु हेरेर बस्छु। कीशोरि 18बर्ष की छ अनगीन्ति सपना हरू एउटा झीनो आशाको त्यान्त्रो बोकेर पटक पटक यो यातना बाट मुक्त गरिदिनका लागि हात जोड्छे आफ्ना दौतरि हरूसंग आग्रह गर्छे सहयोग माग्छे कागज को साहारा मा लेखेर म मर्न चाहान्छु भनेर पत्र पठाउछे यो दृश्य ले मलाई बार बार गिज्याई रहर्यो के यही हो तेरो महीला अधिकार ?के यही हो आफुखुशी बांच्न पाउने स्वतन्त्रता? मलाई मुटु दुख्न थाल्यो असैह भयो यो समाज हेर्छु, उहि केटा संग जानचाहेकी त्यो नानि को अनुहार पढ्छु अनी मेरो महीला अधिकार को भाषण को समीक्षा गर्छु सरसर्ति सम्बीधान का धाराहरू पल्टाउछु उफ,।।मैले धेरै सोचेर नीधो गरे एकपटक यो कीशोरि को कुरा सुन्छु उसको ईच्छा बुझ्छु उसको बाध्यता बुझ्छु अब म चुपलागेर बस्न सकीन संयोग भनौ या भाग्य एका बिहानै कीशोरि फेला परि कुरो बुझ्दै जांदा छैटौपटक भाग्न दौडीयकी रहिछ मैले छोपे सरर आंखा घुमाय स्मरण मा एउटा शिक्षिका को नाम आयो जो संग मैले यि बीषय हरू शेयर गरेको थिय अघील्लै दिन मात्रै पनी हुन्छ नी केटी को कुरा बुझौ भनेर समर्थन गरेकी थिईन मैले सोही शीक्षिका को घरमा केटी लाई पठाय ,केटी लाई काउन्सीलिङ गर्नुस है भोलि दुर्घटना हुनसक्छ केटि डिप्रेशन मा पर्न सक्छे सुसाईड गर्न सक्छे कुरा बुझ्दै गर्नुस मेडम भनेर जानकारि स्वरूप शीक्षिका लाई फोन गरिदिय।।बीहान पख थियो दैनीक नित्यकर्म मै थिय छीमेकी बहीनी छोरि खोज्दै आईन, आन्टी छोरी देख्नुभयो र?मैले मन अमिलो बनाउदै देखिन भनेर आफ्नो बाटो लागे दोधार भयो देखे भनौ भने फेरि कुट्ने पीट्ने देखीन भनौ भने रातदिन तिनै छोराछोरि को लागी बाबुआमा ले दुख गरेका छन पैसा पैसा जोडेर रूपैया बनायका छन छोराछोरि को खुशी चाहान्छन छोराछोरि को सुख चाहान्छन तर सुख के हो खुशी केहो परिभाषा जान्दैनन जानेका छन केवल मैले नै रोजेको मैले नै रोजेको घरमा मेरि छोरि खुशी हुन्छे बस यति नै जानेका छन जानुन पनी कसरि हामिले पायको संस्कार यही हो हाम्रो परम्परा यही हो हामिले गर्दै र भोग्दै आयको यही हो ।।समय छीनभरमै बदलियो खासखुस र महीला का भिडहरू बाटो बाटो मा देखिय फलाना की छोरि फेरि पनी गैछ छी छी कस्ति नकटी रैछ फलाना ले राम्रो संस्कार दियन छोरि लाई छोरि र आमा बा लाई गालि गर्ने झुन्ड हरूको भीड लाग्यो एकै छीनमा ति शीक्षिका उनैको घरमा बार्तालाभ गरेको देखे भन्दै थिईन छोरिलाई छोपेर चापीलगायर आयकी छु लिन आउनुहोस भनेर ब्यक्त गरेको सुने ,,म थुचुक्क बसे ओहो मेरो देशको शिक्षा सिर्फ कागज को खोस्टो मा छाप लगायको रैछ हामि कस्तो शिक्षा मा भर परेका छौ म हारे ।।।मलाई निहालि रहेकी मेरि छोरि ले भनी खै तपाई को प्रतिबद्धता हरू एकै शब्द मा भनी ।मेरि छोरि ले पनी आफ्नै बीवेक ले कीशोरी लाई केही सहयोग का कदमहरू चालेकी रहीछ मलाई थाहा थियन।।समय ले छीट्टै सन्नटा छायो एकाएक गांउका भद्रभलादमि हरू जुटे फलाना ले मेरीछोरि भगायकी रहीछ नी लौन न्याय दिनुपर्यो भनेर कीशोरि को आमा बुवा बस्ति बस्ती दगुरे।। छीनभरमै मास भेला भयो मलाई पनी नोमन्त्रणा गरियो म र मेरी छोरि संगै उपस्थित भयौ। भलादमी हुन आयका मध्ये केही बुध्धिभयका जस्ताहरू पनी देखीन्थे मेरो मनमा एउटा आशाको दियो जलेको थियो साच्चै न्याय हुनेछ साच्चै घतिभुत छलफल हुनेछ त्यहि भिडको बिचमा छलफल चलाउने निधो भयो समाज यहीहो हरेक मान्छे खोक्रो आडम्बर मा रमाउन चाहान्छ ।।अगुवाई गरेका हरूलाई बिषय को ज्ञान थियो कि थियन मलाई थाहा भयन उनिहरू कै नीर्णय मा छलफल चल्यो छलफल मा मैलेपनी आफ्ना कुरा राखे एकखालको छलफल सकीयो अचानक छलफल ले नंयामोड लियो केही बुद्धिजिबि हरूले केटीलाई एकान्त लगेर सोध्ने निधो गरे उपस्थित भीड आफ्नो आफ्नो घरतिर बाटो लाग्यो मैलेपनी दाजुहरू समक्ष छलफल सकीयो म घरतिर लागे है भनेर प्रश्न तेर्साय आदरणिय एकजना दाजुले हुन्छ जानुस भन्नुभयो झमक्कै राति पर्यो म पनी घर फर्किय।।भोलि पल्ट को सुर्यदय संगै सुन्छु केटी भगायको त मैले नै हो रे म नै दोषी ठहरियछु समाज ले भन्यो रे।।।। के हो समाजिक न्याय? भलादमी हरूसंग छुट्टा छुट्टै बाटोमा भेटभयो भेटमा भयका छलफल हरू सकरात्मक थिय मैलेपनी त्यो अनुभुति गरे । तर आडम्बरि हरूको भीड भनेर फेरि मलाई गांईगुई बीषय ले प्रष्ट बनायो एकजना नेताले बोले , हजुर त गलत नै होईछ नी केटी ले भनी उफ्।।अर्का एकजना दाजु ले भने हामिले केटीलाई न्याय दियौ अबको 2बर्षपछी त्यो केटी को बीहे हुन्छ उ सोतन्त्र छ उनको कुरो सुनेर मलाई हांसो उठ्यो कठै मेरो सामाजीक न्याय मेरो संम्बीधान अनी मेरो महीला अधीकार मेरो शोतन्त्रता मेरो देशको शिक्षा न्यायीक समाज नीमार्ण का लागी जुटेका नेतागण हरू।।

प्रतिकृया दिनुहोस

प्रहरी जवानको पीडाः मुस्किल छ मुस्कान

नेपाल प्रहरीले मुस्कानसहित सेवा दिने भनी प्रचार र तालिम थालेको धेरै भयो । यो अभियानले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको पनि ध्यान

भड्किलो तीज र पीडित पुरुषको वेदना

अफिसमा काम सकेर भृकुटीमण्डपको बाटो हुँदै घर फर्कँदै थिएँ । रत्नराज्य क्याम्पस अगाडिको चिया पसलमा टोलाएर बसिरहेको एकजना साथी देखेँ । सोधेँ,

अमेरिकी सहरको मेयरमा तेश्रोपटक पनि कुकुर निर्वाचित

सुन्दैमा अनौठो र अपत्यरिलो । अमेरिकाजस्तो विकशित देशको सहरमा मान्छे नभई कुकुर मेयर हुन्छन् भन्ने सुन्दा अचम्म लाग्नु स्वभाविकै हो । विश्वको तेश्रो