• २०७५-८-२६ , बुधबार/ Wednesday 12-12-18
  • 01:12:45

भारत भ्रमणमा राजेश हमाल ‘शो पिस’ मात्र

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा पहिलोपटक कलाकारको सहभागिता गराइँदा सिंगो फिल्म इन्डष्ट्रीले सम्मानित महसुस गर्‍यो । कलाकारको तर्फबाट महानायक राजेश हमाल र दिनेश डीसीले यो अवसर पाएका थिए । तर, यी दुईको भारत भ्रमणको कुनै प्रयोजन भने देखिएन । भारतमा उनीहरुले कुनै अलग्गै विजनेस पाएनन् । फलत उनीहरु ‘शो पिस’ मात्र बन्न पुगे । त्यसो त प्रधानमन्त्रीको टोलीमा रहेका दुई-चार जना महत्वपूर्ण व्यक्तिहरुबाहेक अरु सबै डफ्फा बेरोजगार नै थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत जानुअघि नेपाली  फिल्म इन्डष्ट्रीलाई बलिउडसँग जोड्ने भाषण गरेका थिए । साथै उनले भारत भ्रमणका क्रममा बलिउडका कलाकर्मीसँग अन्तरक्रियाको कार्यक्रम रहेको पनि बताएका थिए । भ्रमणमा राजेश हमालको सहभागितालाई यसैसँग जोडेर हेरिएको थियो । तर, नेपाली दूतावासले पहल नगरेको हो कि नसकेको हो, भ्रमण तालिकामा त्यस्तो कुनै कार्यक्रम राखिएको थिएन । बरु नेपाली कलाकारहरुको सम्मानमा इम्पेरियल होटलमा राखेको रात्रीभोजमा केही कलाकारहरुलाई निमन्त्रणा गरिएको रहेछ । तर, त्यहाँ पनि चिनिएका कलाकार राजपाल यादव मात्रै देखिए । सोही रात्री भोजमा भारतीय जनता पार्टीका नेता विजय जोलीले राजेश हमाललाई ‘नेपालका अमिताभ बच्चन’ भन्दै अरुलाई चिनाइरहेका थिए । सो कार्यक्रममा उपस्थित नेपालीहरु हमालसँग सेल्फी खिच्न तँछाडमछाड गरिरहेका देखिन्थे । अर्का कलाकार दिनेश डिसी भने खासै नोटिसमा परेनन् । उच्चस्तरीय भ्रमणमा कलाकारलाई स्थान दिइनु प्रधानमन्त्री ओलीको नयाँ र सुखद अभ्यास हो । तर, उनीहरुको विज्ञता आवश्यक पर्ने कुनै बेग्लै कार्यक्रम नहुँदा यो अभ्यास औचित्यपूर्ण भने बन्न सकेन ।

भ्रमण सोचेभन्दा राम्रो: दिनेश डिसी

भारत भ्रमणबाट फर्किएका दिनेश डिसीले भ्रमण सोचेभन्दा राम्रो भएको प्रतिक्रिया दिएका छन् । अनलाइनखबरसँगको छोटो फोन सम्पर्कमा आएका उनले भने, ‘भ्रमण अत्यन्त फलदायी रह्यो ।’ उनले भारतीय कलाकारहरुसँग अन्तरक्रिया पनि भएको बताए । कोको कलाकारसँग भयो भन्ने प्रश्नमा उनले भने, ‘यसबारे बिस्तारमा बसेर कुरा गरौंला ।’

राजदूत बन्ने राजेशको इच्छा !

भारतमै छँदा एक अनलाइनलाई अन्तरवार्ता दिँदै राजेश हमालले प्रधानमन्त्री ओलीको खुलेर तारिफ गरे । साथसाथै उनले अवसर आएमा भारतका लागि नेपाली राजदूतको जिम्मेवारी लिन तयार रहेको समेत जनाउ दिए । ‘प्रधानमन्त्रीको नयाँ सोच र विचारले मलाई प्रभावित बनाएको छ, मैले उहाँसँग जे अपेक्षा राखेको थिएँ, त्यो भ्रमणमा प्रतिबिम्बित भएको छ,’ अन्तरवार्तामा उनले भनेका छन् । आफू प्रधानमन्त्री ओलीको सहयोगी, प्रशंसक र समर्थक भएको उनले बताएका छन् । दिल्लीमा त तपाईंलाई भारतको राजदूत बनाउन लागियो भन्ने चर्चा चल्यो नी भन्ने प्रश्नमा उनको जवाफ छ, ‘मेरो व्यक्तिगत इच्छा आफ्नो ठाउँमा छँदैछ, पिताजीको लिगेसी पनि आफ्नो ठाउँमा छ । तर मलाई राजदूत बन्न कुनै झिनो प्रस्ताव पनि आएको छैन । मेरो भित्री इच्छा सोध्नुहुन्छ भने त्यो पाटो अंगाल्नै मन छैन चाहिँ भन्दिनँ । प्रत्यक्ष नभए पनि अप्रत्यक्ष, हिङ नभए पनि हिङ बाँधेको टालो हुँ । केही कुटनीति स्वभाविक रुपमा बुझेको छु, राष्ट्रको आवश्यकता अनुसार कुटनीतिक भूमिका निर्वाह गर्न सक्छु ।’ राजदूत बन्ने प्रस्ताव आइहाल्यो भने के गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनको जवाफ छ, ‘हुन्न भन्न सक्दिनँ ।’

अनलाइनखबर

प्रतिकृया दिनुहोस

अमित बराललाई नवलपरासीमा भब्य सम्मान गरिने

नारायण भण्डारी नवलपरासी मंसिर २६ नेपाल आईडल सिजन टु का उत्कृष्ट पांच प्रतिस्पर्धी बनेका अमित बराललाई आज नवलपरासीमा भब्य सम्मान गरिने भएको छ । अमित

धोकेबाज प्रेमिकाको सम्झनामा रोए कृष्ण

  नारायण भण्डारी नवलपरासी मंसिर २४ बैदेशिक रोजगारको शिलसिलामा दक्षिण कोरिया गएका गुल्मी अस्लेवाका कृष्ण पाण्डे क्षेत्री  प्रमिकाले धोका

अमितको सफलतामा नवलपरासीमा खुसियाली

नारायण भण्डारी नवलपरासी मंसिर १२ नेपाल आईडलको उत्कृष्ट ६ मा अमित बरालले आफ्नो स्थान सुरक्षित गरेपछि अहिले नवलपरासीबासीमा खुसीयाली छाएको छ । अमितले