• २०७५-८-२६ , बुधबार/ Wednesday 12-12-18
  • 02:12:55

स्कुल बस दुर्घटना, २७ जनाको मृत्यु

२७ चैत, काठमाडौं

भारतको हिमाचल प्रदेशको काँगडा जिल्लामा एक स्कुल बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरैजसो बालबालिका छन् । चालक र दुई शिक्षकको पनि दुर्घटनामा मृत्यु भएको छ । बजिर राम सिंह मेमोरियल पब्लिक हाई स्कुलको उक्त बसमा करिब ६० जना सवार थिए । बसमा चारदेखि १२ वर्ष उमेर समूहका बालबालिका थिए । जिल्लाका एसपी सन्तोष पटियालका अनुसार बस करिब चार सय फिट तल खोंचमा खसेको छ । मलकवाल गाउँको उक्त खोंचमा खसेको बसलाई सडकबाट देख्न समेत सकिँदैन । केही बालबालिकाको अवस्था अज्ञात छ । प्रहरीका अनुसार घटनास्थलबाट ६ जनालाई उद्धार गरेर पठानकोट र नुरपुरका अस्पतालमा उपचार गर्न पठाइएको छ । विद्यालय विदा भएपछि बालबालिकाहरुलाई उनीहरुको घरमा छोड्न जाँदै गरेको बस दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुल्न नसकेको स्थानीय भारतीय अधिकारीहरुले बताएका छन् । मृतक परिवारलाई पाँच लाख रुपैयाँको दरले राहत दिने निर्णय भएको छ ।

 

अनलाइनखबर

प्रतिकृया दिनुहोस

युरोपीय संघबाट बाहिरिने ब्रिटेन मन्त्रिपरिषदको निर्णय

२९ कात्तिक, काठमाडौं ब्रिटेन युरोपीय संघबाट बाहिरिने भएको छ । ब्रिटेन सरकारको मन्त्रिपरिषदले युरोपीय संघबाट अलग हुने निर्णय गरेको हो । यस विषयमा

परमाणु रियक्टर बनाउने साउदी अरबको घोषणा

२० कात्तिक, काठमाडौं साउदी अरबले पहिलो परमाणु रियक्टर बनाउने घोषणा गरेको छ । साउदी अरबका क्राउन पि्रन्स मोहम्मद बिन सलमानले सरकारी समाचार

भारतमा रेलले किचेर ३ वर्षमा करिब ५० हजार मृत्यु

७ कात्तिक, काठमाडौं   भारतमा सन् २०१५ देखि २०१७ सम्मको तीन वर्षको अवधिमा बाटो काट्ने क्रममा रेलले किचेर करिब ५० हजार जनाको मृत्यु भएको छ