• २०७५-१-१३ , बिहीबार/ Thursday 04-26-18
  • 05:04:36

माकर म्यूजीक फेस्टीवलका लागी थाईल्यानी डिजे सिकुईन नेपालमा

नवलपरासी ,चैत्र २८
द ईन्भिन्सीवल ईभेण्ट एण्ड म्यानेजमेन्ट को आयोजनामा यहि बैशाख १ गते हुने दोश्रो माकर म्युजीक फेस्टीवलको तयारी अन्तीम चरणमा पुगेको छ । नयां बर्षको अवसर पारेर आयोजना गरिएको म्यूजीक फेस्टीवलको लागी अहिले सम्म १२ सय भन्दा बढि टिकट विक्री भैसकेको आयोजकले जनाएको छ । म्यूजीक फेस्टीवलको आकर्षणिको रुपमा थाईल्याण्ड बाट आउने डिजे सिकुईन नेपाल आईसकेको कार्यक्रम संयोजक सागर थापाले जानकारी दिनुभयो । फेस्टीवलमा डिजे अतीत , टि सेभेन केपअप डान्स क्रियु , द रड्स ब्याण्ड , विभाका माईकलको समेत प्रस्तुती रहनेछ । विशेषगरी  फेस्टीवलमा यूवा पुस्ताको बढि सहभागिता रहने भएकोले यूवाहरुलाई लक्षीत गरेर कार्यक्रमको आयोजना गरिएको संयोजक थापाले बताउनुभयो । नयां बर्षको अवसर पारेर विभिन्न ठाउमा यतिबेला कार्यक्रमहरु धमाधम आयोजना भैरहेका छन। कार्यक्रमबाट आउने आम्दानीलले विभिन्न सामाजीक कार्य गर्ने र विपी स्मृति यूवा क्लव को बन्दै गरेको भवनका लागि पनि सहयोग गरिने बताईएको छ । माकरको पहिचानलाई बढवा दिनका लागि पनि कार्यक्रमको आयोजना गरिएको थापाको भनाई छ । कार्यक्रमा एकता कलाकेन्द्र बर्दघाट संगै स्थानिय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहनेछ भने कार्यक्रम सांझ ५ बजे देखि सुरु हुनेछ । फेस्टीवलको दौतरी एफ एम १०५.८ मेगाहर्ज अफिसियल मिडिया रहेको छ । 

प्रतिकृया दिनुहोस

कोमलको समय कुर्दै राजुदेखि विमल

गायिका कोमल वलि राष्ट्रिय सभा सांसद भएपछि गायक गायिका उनको प्रतिक्षा गरेर बसेका छन् । रेकडिङ स्टुडियो उनको गाउने सेड्युल कुरेर बसेको छ । ०४५ सालमा

डान्स नेपाल डान्स’ रियालिटी शोको नाममा ठगी, विजेताले पाएनन् पुरस्कार

१ चैत्र, काठमाडौं  ‘डान्स नेपाल डान्स’ नामक टेलिभिजन रियालिटी शोका पहिलो र दोस्रो सिजनका विजेताहरुले अझै पुरस्कार नपाएको खुलेको छ । एक

प्रिया प्रकाशको विषयलाई लिएर बलिउडका स्टारहरुबीच महासंग्राम !

भ्यालेन्टाइन डे को दिनदेखि इन्टरनेटमा भाइरल भएकी ईन्टरनेट क्वीन प्रिया प्रकाशको चर्चा आजको दिनसम्म आईपग्दा समेत रोकिएको छैन । आज सम्म पनि प्रियाको