• २०७५-८-२६ , बुधबार/ Wednesday 12-12-18
  • 02:12:30

रुसले भन्यो- अमेरिकासँग युद्धको अवस्था

३० चैत, काठमाडौं

रुसले अमेरिकासँग युद्धको अवस्था बन्ने चेतावनी दिएको छ । सिरियामा रसायनिक ग्यास आक्रमणको विषयले यतिबेला अमेरिका र रुसबीच कटुता बढ्दै गएको छ । र, दुवै देशले आक्रमण गर्ने चेतावनी दिँदै आएका छन् । पछिल्लो पटक संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत बेसिली नेभेन्जियाले यदि अमेरिकाले सिरियामा आक्रमण गर्छ भने अमेरिका र रुसीबीच युद्धको वातावरण बन्ने बताएका हुन् । उनले युद्धका कुनै पनि सम्भावनालाई इन्कार गर्न नसकिने बताए । उनले अमेरिकाको रवैयाले विश्व शान्ति खलबलिने चेतावनीसमेत दिए । आउँदा केही घण्टामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रो र व्रिटेनका प्रधानमन्त्री टेरीजा मेसँग सम्पर्क गर्न सक्ने र विद्रोही नियन्त्रित सिरियाको क्षेत्रमा भएको रसायनिक हमलाको जवाफ कसरी दिने भनेर छलफल गर्न सक्नेछन् । यद्यपि ह्वाइट हाउसले अहिले नै सैन्य कारवाहीकोबारेमा कुनै निर्णय भइनसकेको स्पष्ट पारेको छ । यसअघि सिरियाको विद्रोही नियन्त्रित क्षेत्र डुमामा रसायनिक हमला हुँदा कयौं व्यक्ति मारिएका थिए । सो आक्रमणमा सिरियाका सेनालाई सघाउँदै आएको रुसको हात रहेको आरोप अमेरिकाले लगाउँदै आएको छ । तर, रुसले आरोप अस्वीकार गर्दै आएको छ । पछिल्लो आक्रमणपछि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ल्याटिन अमेरिका भ्रमणसमेत रद्द गरेका थिए । भ्रमण रद्दलार्इ आक्रमणको सम्भावनासँग जोडेर हेरिएको थियो । त्यसअघि टि्वटरमार्फत ट्रम्पले आक्रमणको सामना गर्न तयार रहन चेतावनी दिएका थिए । ११ अप्रिलमा ट्रम्पले भनेका थिए, ‘रुस आफ्नो साथी सिरियामाथि भएको मिसाइल आक्रमण हेर्न तयार भए हुन्छ ।’ त्यसलगत्तै ट्रम्पले ल्याटिन अमेरिका भ्रमण रद्द गरेपछि अब आक्रमण गर्ने अनुमान गरिएको थियो । तर, त्यसको चौबीस घण्टापछि फेरि अर्को टि्वट गर्दै ट्रम्पले भनेका छन्, ‘मैले कहिले पनि भएको छैन कि सिरियामाथि कहिले आक्रमण गर्छौं । छिट्टै पनि हुनसक्छ या फेरि कहिल्यै नहुन पनि सक्छ । जे भए पनि मेरो प्रशासन अमेरिकाले उक्त इलाकामा इस्लामिक स्टेटलाई लखेट्नका लागि राम्रो काम गरेको छ । यसकालागि कसैले पनि हामीलाई धन्यवाद भनेका छैनन् ।’  (अनलाइनखबर)

प्रतिकृया दिनुहोस

युरोपीय संघबाट बाहिरिने ब्रिटेन मन्त्रिपरिषदको निर्णय

२९ कात्तिक, काठमाडौं ब्रिटेन युरोपीय संघबाट बाहिरिने भएको छ । ब्रिटेन सरकारको मन्त्रिपरिषदले युरोपीय संघबाट अलग हुने निर्णय गरेको हो । यस विषयमा

परमाणु रियक्टर बनाउने साउदी अरबको घोषणा

२० कात्तिक, काठमाडौं साउदी अरबले पहिलो परमाणु रियक्टर बनाउने घोषणा गरेको छ । साउदी अरबका क्राउन पि्रन्स मोहम्मद बिन सलमानले सरकारी समाचार

भारतमा रेलले किचेर ३ वर्षमा करिब ५० हजार मृत्यु

७ कात्तिक, काठमाडौं   भारतमा सन् २०१५ देखि २०१७ सम्मको तीन वर्षको अवधिमा बाटो काट्ने क्रममा रेलले किचेर करिब ५० हजार जनाको मृत्यु भएको छ