• २०७५-१-१३ , बिहीबार/ Thursday 04-26-18
  • 05:04:07

मतदाता नामावली संकलन फारम छैन


कावासोती, १० साउन ।
इलाका प्रशासन कार्यालय कावासोतीमा नवलपरासीको नवलपुरमा फोटो सहितको मतदाता नामावली संकलनका लागि फारम अभाव हुंदा र कर्मचारी अभाव हुंदा स्थानीयले सास्ती पाएका छन् । क्षेत्रका ८ स्थानीय तहको लागि फोटो सहितको मतदाता नामावली संकलनमा अत्याधिक भीड हुंदा सर्वसाधारणलाई सास्ती भएको हो ।एक जना कर्मचारीले मात्र नामावली संकलन गरेका कारण गर्न सक्ने कामको क्षमता भन्दा मतदाता नामावलीमा नाम चढाउन आउने मतदाताहरुको संख्या अत्यधिक भएकोले समस्या भएको हो ।
             त्यसैगरी नामावलीका लागि फारम लिनु पर्नेमा फारम समेत दैनिक एक सय मात्र वितरण गरेकोले थप समस्या भएको हो । सर्वसाधारणहरुले विहानैदेखि लाइन लागेर बसेपछि कति पय फारम नपाएर फर्कने गरेका छन् भने कतिपयले फारम पाएर पनि पालो नपाएर फर्कने गरेका छन् ।जिल्ला निर्वाचन कार्यालय नवलपरासीका प्रमुख अयोद्याप्रसाद भण्डारीले नवलपरासीमा फारम कम आएकोले कम वितरण भएको र स्थानीय तहमा नामावली संकलन गरिने भएकोले प्रशासनमा तत्काल नागरिकता बनाएकाहरुको लागि मात्र संकलन गर्नका लागि खटाइएको बताउनुभयो । साउन १६ गतेदेखि स्थानीय तहमै नामावली संकलन गरिने भनिएपनि इलाका प्रशासन कार्यालय कावासोतीमा नवलपुर क्षेत्रका ४ नगरपालिका र ४ गाउंपालिका गरी ८ स्थानीय तहका फोटो सहितको मतदाता नामावली चढाउनका लागि आउनेको संख्या अत्यधिक भएको छ । नामावली संकलनका लागि आउनेको भीडले राहदानी बनाउन आउने र नागरिकता बनाउनका लागि आउनेलाई समेत सास्ती भएको छ । इलाका प्रशासन कार्यालय कावासोतीमा जम्मा एक जना कर्मचारीलाई निर्वाचन कार्यालयले नामावली संकलनका लागि खटाएको छ ।
इलाका प्रशासन कार्यालयमा जम्मा १ हजार फारम पठाएको र सेवाग्राही भने दैनिक पांच सयको हाराहारीमा आउने गरेपनि दैनिक ४ सय जना त्यसै फर्कने गरेका छन् । जिल्ला निर्वाचन कार्यालय नवलपरासीका प्रमुख अयोद्याप्रसाद भण्डारीले साउन १६ गतेबाट प्रत्येक स्थानीय तहमा मतदाता नामावली संकलनका लागि टोली नै खटाइने भएकोले सेवाग्राहीलाई नआत्तिन र १६ गतेसम्म कुर्न समेत आग्रह गर्नुभयो ।

प्रतिकृया दिनुहोस

मनपरी शुल्क असुलेको भन्दै विद्यार्थीले नियन्त्रणमा लिएको बस प्रहरीले स्कटिंग गरेर लग्यो

कावासोती, १० साउन । रुकुमको अक्फोर्ट टेक्निकल इन्टिच्युट एवम् एड्भान्स साइबर क्याफेले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सिटीभिटीको प्रवेश परीक्षामा

पूर्ण अशक्त अपांगता भएकालाई दिइएको भत्ता डबल गराउन  माग ।  

कावासोती, १० साउन । पूर्ण अशक्त अपांगहरुलाई राज्यले दिंदै आएको भत्ता डबल गर्न सरोकार वालाहरुले माग गरेका छन् ।मंगलबार कावासोतीमा पत्रकार सम्मेलन

सवारी साधनको बाक्लो चापले सुरक्षा चुनैती

नवलपरासी प्रतापपुरस्थीत गण्डक नहर किनारमा रहेको बेलाटारी चोकमा सवारी साधनको बाक्लो चापले सुरक्षा चुनैती र पैदल यात्रुलाई समस्या पर्दै गएको छ ।