• २०७५-८-२६ , बुधबार/ Wednesday 12-12-18
  • 01:12:26

बन्यो ४५ मिनेटअघि नै चट्याङको सूचना दिने मोबाइल एप

काठमाडौं

चट्याङ लागेर धेरैले अल्पायूमै ज्यान गुमाउने गरेका छन् । यो ज्यानमारा चट्याङ कहाँ कतिबेला आउँछ भन्ने जानकारी पनि हुँदैन । तर, यसबारे पूर्वसूचना दिने मोबाइल एपको विकास भएको छ । भारतको कर्नाटक राज्यले चट्याङ र खतरनाक आँधीको पूर्वसूचना दिने मोबाइल एप ‘सिडिलु’ बनाएको हो जसले कुन स्थानमा चट्याङ पर्छ र ठूलो आँधी आउँछ भन्ने कुराको ४५ मिनेटअघि नै पूर्वजानकारी दिन्छ । कर्नाटकमा हरेक वर्ष चट्याङबाट ७० औसतमा ७० जनाको मृत्यु हुन्छ । सर्वसाधारण, भौतिक संरचना र चौपायालाई जोगाउने उद्देश्यले कर्नाटक राज्यको प्राकृतिक विपत निगरानी केन्द्र ९के।एस।एन।डी।एम।सी० र राजश्व विभागको पहलमा चट्याङबारे जानकारी दिन मोबाइल एप विकसित गरिएको हो । सिडिलु नामक मोबाइल एप गुगल प्लेस्टोर वा एप्पल स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ । स्मार्टफोन प्रयोगकर्ताले यो एपबाट ४५ मिनेट अघि नै चेतावनी प्राप्त गर्छन् । मोबाइलमा रातो रंग देखायो भने थाहा हुन्छ कि एक वर्ग मिटर वरिपरिको क्षेत्र चट्याङको जोखिम छ । रातो रंगले व्यक्ति रहेको १ वर्गमिटर वरिपरिको क्षेत्रमा चट्याङको सम्भावना ९० प्रतिशत छ भन्ने कुराको जानकारी दिन्छ । यसैगरी सुन्तला रंगले ५ वर्ग मिटर वरिपरिको क्षेत्रमा र पहेंलो रंगले १५ वर्ग मिटर क्षेत्रमा चट्याङको जोखिम रहेको संकेत दिन्छ । यदि हरियो रंग मोबाइलमा देखायो भने थाहा पाउनुपर्छ कुनै खतरा छैन । प्राकृतिक विपत निगरानी केन्द्रका निर्देशक श्रीनिवास रेड्डीका अनुसार अर्थ नेटवर्क्स नामक कम्पनीले यो एप बनाएको हो । यो एपले चट्याङलाई ट्र्याक गर्न राज्यका बिभिन्न १० स्थानमा सेन्सर जडान गरेको छ । यसको लागत प्रतिवर्ष ५० लाख भारु छ । यस्तो एप अफ्रिका र अमेरिकाका ९० देशमा प्रयोग भइरहेको छ । स्मार्ट फोन प्रयोग नगर्ने व्यक्तिहरुलाई भने म्यासेज मार्फत कुन स्थानमा चट्याङको जोखिम छ भन्ने कुराको जानकारी दिइन्छ । यस्तो टेक्स्ट म्यासेज कृषि, बागवानी, राजश्व, ग्रामिण विकास र गाउँ पन्चायत जस्ता सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुलाई पनि पठाइन्छ जसले ग्रामिणस्तरमा रहेर काम गर्दछन् । (अनलाइनखबर)

प्रतिकृया दिनुहोस

विश्वभर निःशुल्क वाईफाई

चीनको एक कम्पनीले निकट भविष्यमै अन्तरीक्षमा आफ्नो स्याटेलाइट प्रक्षेपण गर्नेछ, जसले पूरै विश्वभर निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ

बैंक एटिएममा धावा बोल्दै विश्वका खतरनाक ह्याकरहरु

पछिल्ला केही वर्षयता विश्वमा साइबर क्राइमका घटनाहरुमा उल्लेख्य वृद्धि भैरहेको छ । मालवेयर अट्याक, ह्याकिङ्ग जस्ता घटनाहरु आजकल सामान्यजस्ता

मोबाईल टावर संचालनमा आएपछि संचारमा सहज

दौतरी एफ एम  नवलपरासी कार्तिक २२  सहज ससंचार पहुंचवाट टाढा रहेका बर्दघाट नगरपालिकाका पहाडि भेगका नागरिहरु संचारकोटमा नेपाल टेलिकमको जि एस एम