• २०७५-१-१३ , बिहीबार/ Thursday 04-26-18
  • 05:04:21

अतिविपन्न परिवारका एक जना बच्चालाई विद्यालयमा भर्ना गरी नवलपरासीमा भर्ना अभियान शुरु

२ बैशाख ,नवलपरासी 

नवलपरासीको अतिक्रमित क्षेत्र सुस्ताका अतिविपन्न परिवारका एक जना बच्चालाई विद्यालयमा भर्ना गरी नवलपरासीमा भर्ना अभियान शुरु गरिएको छ । नवलपरासीका सहायक जिल्ला शिक्षा अधिकारी तोयानाथ लम्सालका अनुसार विद्यालय शिक्षक किताव खानाका निर्देशक हरिप्रसाद गौतमले जनता दलित निमावि सुस्तामा एक जना विद्यार्थी भर्ना गरी उक्त विद्यार्थीलाई विद्यालय पोशाक र स्टेशनरी प्रदान गरी भर्ना अभियान शुरु गरिएको हो ।यसैबीच भर्ना अभियानलाई प्रभावकारी बनाउन पश्चिम नवलपरासीको मावि प्रअको वैठक आज परासीमा बसेको छ । वैठकले समुदायका विभिन्न संघसंस्था, शिक्षक अभिभावकहरुलाई सघन रुपमा परिचालन गरी भर्ना अभियानलाई प्रभावकारी बनाउने, ५ गतेसम्म हरेक विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने लगायतका निर्णय भएको सहायक जिल्ला शिक्षा अधिकारी तोयानाथ लम्सालले बताए । यसैबीच देश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज दुृई बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । उनले पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ मासबारस्थित श्रीकृष्ण माविमा नर्सरी कक्षाका ५ वर्षीय शिला जिरेल र अभिषेक नेपालीको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई भर्ना गराएका हुन् । भर्ना गरिएका विद्यार्थीमध्ये जिरेलका अभिभावक दोलखामा भूकम्पले घर भत्किएपछि हाल पोखरामा मजदूरी गर्दै आएको र नेपालीका बुबा दीर्घरोगी र आमाले मजदूरी गरी परिवारको गर्जो टार्दै आएकी छन् । राष्ट्रिय भर्ना अभियान, २०७५ को आइतबार शुभारम्भ गर्दै उनलेबेरोजगारी समस्या समाधान गर्न गुणस्तरीय शिक्षा अपरिहार्य भएकामा जोड दिए ।

प्रतिकृया दिनुहोस

जिसन नवलपरासीको आयोजनामा ४ दिने उद्घोषण तालिम

शैक्षिक ऐक्यबद्धताको समुह जिसन नवलपरासीको आयोजनामा ४ दिने उद्घोषण तालिम बर्दघाटमा मंगलवारदेखि शुरु भएको छ । कार्यक्रममा उद्घाटन सत्रमा बोल्दै निजी

एच आई भि संक्रमित तथा प्रभावित बालवालिकाहरुलाई शैक्षित तथा सरसफाईका सामाग्रि वितरण

नवलपरासी,जेठ २६ । लुम्बिनि प्लस नवलपरासीले शुक्रबार एक कार्यक्रमको आयोजना गरी एच आई भि संक्रमित तथा प्रभावित बालवालिकाहरुलाई शैक्षित तथा सरसफाईका

बालबालिकाको साथीले छात्रवृति बाड्यो

बुङ्दीकाली नवलपरासी, जेठ १६ । बालबालिकाको साथी नेपाल सस्थाले नवलपरासीको बु¨दिकाली गाउपालिकाका विभिन्न विद्यालयमा अध्यनरत दुई सय विद्यार्थीलाई