• २०७५-१-१३ , बिहीबार/ Thursday 04-26-18
  • 05:04:28

उमेर पुगेका बालबालिकालाई स्कुल भर्ना नगरे सेवा सुविधा रोक्का

२ बुटवल, वैशाख

बुटवल उपमहानगरपालिकाले विद्यालय जाने उमेर समूहका सबै बालबालिकाहरुलाई पायक पर्ने सामुदायिक विद्यालयमा भर्ना गर्न आहृवान गरेको छ । मेयर शिवराज सुवेदीलेसार्वजनिक अपिल प्रकासित गरी भर्ना अभियानलाई प्रभावकारी बनाउन पनि सबैसँग आग्रह गरेका हुन् । नगरका १९ वटै वडा कार्यालयलाई पत्राचार गर्दै उनले भर्ना अभियानलाई प्रभावकारी बनाउन पनि निर्देशन दिएका छन् । सबैसँग सहकार्य गर्दै भर्ना अभियानलाई उत्सवका रुपमा मनाउन निर्देशन जारी गरिएको प्रमुख सुवेदीले बताए । साथै उनले भर्ना भएकालाई विद्यालयमा नियमति गर्न एवम् गुणस्तरीय शिक्षाको विकास गर्न पनि सार्वजनिक आहृवान गरेका छन् । विद्यालय जाने उमेर समूहका बालबालिकाहरुलाई भर्ना नगराउने र भर्ना गराएपनि विद्यालय नपठाउने अभिभावकको लगत संकलन गरेर पठाउन वडा कार्यालयलाई भनिएको छ । त्यस्ता अभिभावकलाई उपमहानगरपालिकाले उपलब्ध गराउने कुनै पनि सेवा सुविधा रोक्का हुनेसूचना प्रवाह गर्न सबै वडा कार्यालय र मातहतका इकाइलाई निर्देशन दिइएको मेयर सुवेदीले बताए । बुटवलमा अहिले ३९ सामुदायिक विद्यालय छन् । प्रारम्भिक वालविकास कक्षा सञ्चालन हुने केन्द्रको संख्या ६१ र सामुदायिक सिकाई केन्द्रको संख्या पाँच छ । एउटा केन्द्र भने हाल बन्द छ । यस्तै संस्थागत विद्यालयको संख्या ६२ रहेको छ । वैशाख १ गतेदेखि १४ गतेसम्म पहिलो चरणमा भर्ना हुन आउने विद्यार्थीका लागि पूर्ण सेटमा पाठ्य पुस्तकसमेत उपलब्ध गराउन र उनीहरुलाई हौसला प्रदान गर्ने गरी स्वागत सत्कारका कार्यक्रम गर्न नगरले वडाहरुमा पत्राचार गरिसकेको छ ।

दैनिक ७ सय बालबालिकालाई खाजा खर्च !

उपमहानगरले सामुदायिकमा अध्ययन गर्ने अतिविपन्न बालबालिकालाई दैनिक खाजा खर्च उपलव्ध गराउँदै आएको छ । विद्यालयमा भर्ना भएका र नियमित रहेका सबै विपन्न बालबालिकाहरुलाई दैनिक २० रुपैयाँका दरले अभिभावकमार्फत खाजा खर्च उपलव्ध गराउँदै आएको शिक्षा इकाइका प्रमुखले बताए । यस्तै सामुदायिकमा आधारभूत तहमा अध्यय्न गर्ने सबै छात्राहरुलाई बाषिर्क चार सय दरले छात्रवृत्ति उपलव्ध गराउँदै आएको छ । यस्तै आधारभूत तहका सबै दलित विद्यार्थीहरु, माध्यमिक तहका सबै दलित विद्यार्थीहरुलाई पनि वाषिर्क चार सयका दरले छात्रवृत्ति उपलव्ध गराइएको छ । केही विपन्न बालबालिकाहरुका लागि पनि उपमहानगरले माध्यमिक तहमा विशेष छात्रवृत्ति उपलव्ध गराएको छ । (अनलाइनखबर)

प्रतिकृया दिनुहोस

नारायणीमा एक जना बेपत्ता

नवलपरासी, फागुन २३  नारायणी नदीमा माछा मार्ने क्रममा डुबेर एक जना बेपत्ता भएका छन् । नवलपरासीको वर्दघाट सुस्तापूर्व विनय त्रिवेणी गाउँपालिका –६

नवलपुर महोत्सव शुरु  प्रदेश ४ लाई लगानी मैत्री बनाउंछुः मुख्य मन्त्री गुरुङ

नवलपरासी, २३ फाल्गुन । प्रदेश ४ का मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश ४ लाई लगानी मैत्री प्रदेश बनाउने बताउनुभएको छ ।बुधबारबाट प्रदेश ४

स्थानीय तह र जिल्ला समन्वय समितिबीच अधिकारको विषयमा विवाद

नवलपरासी फागुन २३ पश्चिम नवलपरासीका स्थानीय तह र जिल्ला समन्वय समितिबीच अधिकारको विषयमा विवाद बढेको छ । दुवैले एक अर्काभन्दा आफू नै ठूलो निकाय