• २०७५-८-२६ , बुधबार/ Wednesday 12-12-18
  • 01:12:58

ओली-प्रचण्ड वार्ता : मतभेद पनि भएन, ठोस प्रगति पनि रहेन

३ बैशाख, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीसँग गर्ने भनिएको भेटवार्ता रद्द गर्दै आरामका लागि सुकुटे पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार काठमाडौं फर्किए र झण्डै डेढ घन्टा ‘वान टु वान’ वार्ता गरे । पार्टी एकताबारे अन्यौल देखिएको बेला बालुवाटारमा भएको दुई नेताको वार्तालाई अर्थपूर्ण मानिएको छ । भेट लगतै भोलि मंगलबार ९ बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ । प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा जानु अघि नै २७ गते बैठक बस्ने तय भएको थियो । तर, माधवकुमार नेपाल चीन गएको भन्दै बसेन । भोलिपल्ट माओवादी अध्यक्ष प्रचण्ड विरामी भएको भन्दै बैठक स्थगित गरिएको थियो ।

मतभेद पनि भएन, ठोस पनि केही छैन

नेताहरुका अनुसार ओली र प्रचण्डबीच सोमबार भएको वार्तामा विवादित विषयहरुमा कुनै ठोस प्रगति भएको छैन । सबै विषयमा एकसरो छलफल भने भएको छ । २९९ सदस्यीय केन्द्रीय कमिटीमा एमाले र माओवादीबाट कतिकति हुने भन्ने प्रश्न जटिल बनेको छ । एमालेले ७०/३० को अनुपात भनेपछि माओवादी झस्किएको छ र उसले समान ५०/५० हुनु पर्ने मत अघि सारेको छ । यस्तै नेतृत्व सञ्चालन कार्यविधि पनि तय भएको छैन । केपी ओली र प्रचण्ड दुबै अध्यक्ष हुने भनिएको छ तर, दुबै अध्यक्ष कार्यकारी हुने कि एउटा सेरेमोनियल अर्को कार्यकारी हुुनु टुंगो छैन । यसमा पनि ठूलै समस्या देखिएको छ । एकीकृत पार्टीको चुनाव चिन्ह लगायतमा पनि एमाले र माओवादीबीच सहमति हुन सकेको छैन । ‘बैठकमा मतभेद नै पनि भएन । हल हुन बाँकी विषयहरुमा कुनै ठोस प्रगति पनि भएन । स्रोतले भन्यो, ‘तर, ‘दुई नेताको भेटले सम्वादहीनता टुटेको छ र पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ । यो सकारात्मक हो ।’ (अनलाइनखबर)

प्रतिकृया दिनुहोस

अर्घाखाँचीमा पाँच वर्षिया बालिका बलात्कृत

२२ मंसिर, बुटवल अर्घाखाँचीको शितगंगा नगरपालिकाकी एक पाँच वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कारको अभियोगमा प्रहरीले १ जनालाई नियन्त्रणमा

रूपन्देहीमा ५ वर्षीया बालिकाको सामूहिक बलात्कार

२२ मंसिर, बुटवल महिला हिंसाबिरुद्धको १६ दिने अभियान चलिरहेका बेला रूपन्देहीमा ५ वर्षीया बालिका सामूहिक रुपमा बलात्कृत भएकी छन् । देवदह

प्रदेश ५ का १५ लाख नागरिक बहुआयामिक गरिबी

१७ मंसिर, बुटवल प्रदेश ५ का १२ जिल्ला मध्ये कपिलवस्तुमा गरिबीको रेखामुनि रहेको जनसंख्या अनुपात सबैभन्दा बढी देखिएको छ । अन्य ११ जिल्लाको तुलनामा