• २०७५-४-१ , मंगलबार/ Tuesday 07-17-18
  • 12:07:42

नवलपुरमा पछिल्लो ९ महीनमा सवारी दुर्घटना ४२ जनाको मृत्यु  

नवलपुर, ३ बैशाख

नवलपरासीको बर्दघाट सुस्ता पुर्व नवलपुरमा गत आर्थिक वर्ष २०७४ । ०७५ को पछिल्लो ९ महिनामा सवारी दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ । २०७४ सालको साउनदेखि चैत्र महिनासम्म गरी ९ महिनामा नवलपुरमा मात्रै सवारी दुर्घटनामा परी ४९ जनाले ज्यान गुमाएका हुन् । यो अवधिमा नवलपुर क्षेत्रमा १ सय ३१ वटा सवारी साधन दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय नवलपुरको तथ्यांकमा उल्लेख गरिएको छ । सवारी साधन दुर्घटनामा परी नवलपुर क्षेत्रमा सबैभन्दा बढि असोज महिनामा मृत्यु भएको छ ।  श्रावण महिनामा ४ जना, भदौ महिनामा ४ जना असोज महिनामा ८ जना, कार्तिक महीनामा ५ जना पुस महीनामा ५ जना फागुन महिनामा ५ जना र चैच महिनामा ४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । यसैगरी ६७ जना गम्भीर घाइते र १६ जना समान्य घाइते भएका थिए ।

प्रतिकृया दिनुहोस

सवारी साधनको बाक्लो चापले सुरक्षा चुनैती

नवलपरासी प्रतापपुरस्थीत गण्डक नहर किनारमा रहेको बेलाटारी चोकमा सवारी साधनको बाक्लो चापले सुरक्षा चुनैती र पैदल यात्रुलाई समस्या पर्दै गएको छ ।

जथाभावि छाडा चौपाया छाडिदा कृषकका वाली नालीमा हानी नोक्सानी

नवलपरासी बर्दघाट नगरपालिका भित्र जथाभावि छाडा चौपाया छाडिदा कृषकका वाली नालीमा हानी नोक्सानी पु¥याएको छ । किसानहरुले दुःख गरी माना छरेर मुरी

ट्रकको ठक्करबाट एकको मृत्यु

नवलपुरको अमरापूरीमा हेभी ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवचूली नगरपालिका १४ का २२ वर्षीय मुकेश सापकोटा रहेका छन् । गैंडाकोट