• २०७५-७-५ , सोमबार/ Monday 10-22-18
  • 06:10:09

मन्त्री केशव स्थापितको गुनासो : हेटौंडामा लाेखर्के गनेर बसेकाे छु

३ बैशाख, काठमाडौं

 प्रदेश ३ का भौतिक पूर्वाधार तथा यातायात मन्त्री केशव स्थापितले प्रदेश राजधानी हेटौंडामा राखेको आफूलाई चित्त नबुझेको बताएका छन् । ललितपुरमा सोमबार आयोजित कार्यक्रममा उनले एमालेकै कतिपय नेताहरु हेटौंडाबाट राजधानी सार्न हुन्न भन्ने मत राखे पनि आफ्नो त्यसमा सहमति नभएको बताए । ‘केही एमालेकै मान्छेले हेटौंटाबाट सार्न हुन्न भन्छन्, मैले सार्ने हैन अन्त तोक्ने हो भनेको छु ‘ उनले भने । अहिले आफूलाई मन्त्री भएजस्तोसमेत नलागेको भन्दै उनले गाडीमा झण्डासमेत नहालेको टिप्पणी गरे । मन्त्री स्थापितले प्रदेश ३ का जिल्लामा एक जिल्ला एक कार्यक्रम सुरु गर्ने बताए । अहिले मुख्यमन्त्रीले समेत राजधानीका बारेमा बोल्न नदिएको भन्दै उनले भने, ‘लाेखर्के गनेर बसेकाे छु म हेटाैंडामा । अब जान्छु बीउ सार्ने हाे ।’ मन्त्री स्थापितले प्रदेश ३ का पहाडी क्षेत्रलार्इ स्वर्गीय अानन्द लिने ठाउँका रूपमा विकास गर्ने बताए । ‘स्वीट्जर ल्याण्ड मात्रै होइन स्वर्ग बनाउने हो, एकै पटक  दशाैं हजार मोटरसाइकल लएर जाने खालको, ‘ ठट्टा गर्दै उनले थपे,’ मोटरसाइकलको पछाडी गल्फ्रेण्ड पनि ।’ (अनलाइनखबर)

प्रतिकृया दिनुहोस

नवलपरासी बस दुर्घटना अपडेटः मृतकको संख्या ६ पुग्यो

२ असोज  नवलपरासी पूर्वी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या ६ पुगेको छ । ईटहरी बाट भैरहवाका लागि

नवलपरासी बस दुर्घटना अपडेट : घाइतेको संख्या ५१ पुग्यो मृतकको सनाखत हुन बांकी

२ असोज नवलपरासी पूवी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा भएको बस दुर्घटनामा परि घाईते हुनेको संख्या ५१ पुगेको छ । मृत्यु भएका ५ जनाको अझै सनाखत

पूर्वी नवलपरासीमा बस दुर्घटना ५ जनाको मृत्यु

३ असोज नवलपरासी पूर्वी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा बस दुर्घटना हुंदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने कम्तीमा ३९ जना घाईते भएका छन् ।