• २०७५-६-१० , बुधबार/ Wednesday 09-26-18
  • 09:09:44

पेट्रोलमा १ रुपैयाँ मूल्य बढ्यो, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ

३ वैशाख, काठमाडौं

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । निगमको सञ्चालक समितिको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । समितिको हिजो बसेको बैठकले प्रतिलिटर पेट्रोलमा एक रुपैयाँ र डिजेल र मट्टितेलमा २÷२ रुपैयाँ मूल्य बढाएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटरमा एक सय ६ र डिजेल र मट्टीतेल ८७/८७ रुपैयाँ पुगेको छ । स्वचालित प्रणाली अनुरुप मूल्य बढाइएको निगमले जानकारी दिएको छ । गए राति १२ बजेबाट नयाँ मूल्य लागु भएको छ । निगम अत्यधिक घाटामा गएपछि सरकारले २०७१ असोजमा स्वचालित मुल्य लागु गरेको थियो । स्वचालित मुल्य अनुसार आईओसीले १ र १५ तारिखमा नयाँ मूल्य पठाउँछ । निगमले सोहीअनुसार मुल्य समायोजन गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

कानूनको अभाव प्रमुख चुनाैती–मुख्यमन्त्री

९ असोज, बुटवल नेपालको संविधानले व्यवस्था गरेको स्थानीय तह तथा प्रदेशबीचका साझा अधिकार क्षेत्रको प्रयोग तथा प्राकृतिक स्रोत साधनको बाँडफाँड, विकास

सहयोगीको प्रश्न : बालबालिका कहिले सम्म असुरक्षीत ?

दौतरी एफ एम नवलपरासी असोज ९ देश भर बालबालिका माथी भैरहेको हिंसा, र बढ्दो असुरक्षाको विषयमा सरोकारहरुलाई सचेत गराईएको छ । पश्चिम नवलपरासीको

अन्धविश्वासको पछि लाग्ने प्रिन्सीपल सहित ५ जना प्रहरी नियन्त्रणमा

  ८–असोज,नवलपरासी पश्चिम नवलपरासीमा गढेको धन निकाल्ने भन्दै खाडल खनि पुजा गरिरहेका प्रतापपुर ३ अमवामा रहेको गोल्डेन लाईफ ईङ्गलिस स्कुल का