• २०७५-३-३२ , सोमबार/ Monday 07-16-18
  • 11:07:34

भारतीय दूतावासको विराटनगरस्थित सम्पर्क कार्यालयलाई लक्षित गरी बम विष्फोट

४ वैशाख, विराटनगर

भारतीय दूतावासको विराटनगरस्थित सम्पर्क कार्यालयलाई लक्षित गरी बम विष्फोट गराइएको छ । दूतावासको बाहिर हातामा बम विष्फोट भएको हो । जिल्ला प्रहरी कार्याल मोरङका प्रमुख एसपी अरुणकुमार बिसीले विराटनगर महानगरपालिका वडानम्बर १३ मा रहेको सम्पर्क कार्यालयलाई लक्षित गरी सोमवार साँझ साढे ८ बजे बम विष्फोट गराइएको जानकारी दिए । विस्फोटबाट भारतीय दूतावासको पर्खालमा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ । प्रेसरकुकर बम बिस्फोट भएको प्रहरीले आशंका गरेको छ । बम विष्फोट कसले गराएको भन्ने विषयमा खुलेको छैन । तर, घटनामा विप्लव माओवादीको हात हुनसक्ने प्रहरीले आशंका गरेको छ । क्रान्तिकारी माओवादी, नेकपा मसाल, नेकपा माओवादीले विराटनगरवाट भारतीय दूतावासको सम्पर्क कार्यालय हटाउन माग गदै आएका छन् । भारतीय दूतावासको विराटनगरस्थित सम्पर्क कार्यालय २०६५ सालमा कोशी बाँध फुटेको बेला बाँध बनाउन भन्दै स्थापना गरिएको थियो । कोशी बाँध निर्माण भइसके पनि अझै कार्यालय हटेको छैन । (अनलाइनखबर)

प्रतिकृया दिनुहोस

नारायणीमा एक जना बेपत्ता

नवलपरासी, फागुन २३  नारायणी नदीमा माछा मार्ने क्रममा डुबेर एक जना बेपत्ता भएका छन् । नवलपरासीको वर्दघाट सुस्तापूर्व विनय त्रिवेणी गाउँपालिका –६

नवलपुर महोत्सव शुरु  प्रदेश ४ लाई लगानी मैत्री बनाउंछुः मुख्य मन्त्री गुरुङ

नवलपरासी, २३ फाल्गुन । प्रदेश ४ का मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश ४ लाई लगानी मैत्री प्रदेश बनाउने बताउनुभएको छ ।बुधबारबाट प्रदेश ४

स्थानीय तह र जिल्ला समन्वय समितिबीच अधिकारको विषयमा विवाद

नवलपरासी फागुन २३ पश्चिम नवलपरासीका स्थानीय तह र जिल्ला समन्वय समितिबीच अधिकारको विषयमा विवाद बढेको छ । दुवैले एक अर्काभन्दा आफू नै ठूलो निकाय