• २०७५-१-१३ , बिहीबार/ Thursday 04-26-18
  • 05:04:09

रामग्राममा दुई करोड बजेट

मोहन पौडेल

परासी, बैशाख ४ 

पछिल्लो समय लुम्बिनी विकास कोषले रामग्राम स्तुप क्षेत्रमा चासो देखाउन थालेको छ । नवलपरासीका सर्वसाधरण, जनप्रतिनिधि, प्रशासन, सञ्चारकर्मी लगायतले लामो समय देखि झक्झकाईरहेका बेला लुम्बिनी विकास कोषले अहिले रामग्राममा चासो देखाएको पाईएको छ । कोषले अहिले तत्कालका लागि रु दुई करोड बजेट विनियोजन गरेर विकासको काम थालेको छ । जसमध्य रु एक करोड जग्गा अधिग्रहणका लािग छुट्याईएको छ भने रु एक करोड स्तुप क्षेत्रमा पैदलपथ बनाउन विनियोजन गरिएको लुम्बिनी विकास कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीले जानकारी दिनुभयो । अहिले रामग्राम स्तुपमा रंगरोगन, सरसफाई लगायतका काम भईरहेको पनि उहाँले बताउनुभयो ।  जग्गा अधिग्रहणका लागि बुद्धजयन्ती पछि प्रमुख जिल्ला अधिकारी, नगरपालिकाका मेयर, जनप्रतिनिधि, नापी, मालपोत कार्यालय लगायतका सरोकारवालाहरुसँग बैठक गरी प्रक्रिया थालिने पनि उहाँले बताउनुभयो । यसैगरी स्तुप क्षेत्रको वरपर घुम्नका लागि पैदलयात्री हिँड्ने फुटट्रयाक बनाउन टेण्डर स्वीकृति भईसकेको र अव छिट्टै काम थालिने पनि कोषका सदस्य ज्ञवालीले बताउनुभयो ।  लुम्बिनी विकास कोषले यसपटक रामग्राम स्तुपमा बुद्धजयन्ती मनाउने गरी तयारी पनि गरिरहेको जनाएको छ । कोषका प्रशासकीय अधिकृत चुडामणी भटराईका अनुसार वैशाख १५ गते देवदह, १६ गते रामग्राम र १७ गते लुम्बिनी तथा १८ गते कपिलवस्तु तिलौराकोटमा बुद्धजयन्ती मनाउने गरी तयारी भईरहेको छ । लुम्बिनी विकास कोषले वेवास्ता गर्दै आएको रामग्राममा पछिल्लो समय देखाईरहेको चासोलाई सकरात्मक नै लिईएको जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस

मनपरी शुल्क असुलेको भन्दै विद्यार्थीले नियन्त्रणमा लिएको बस प्रहरीले स्कटिंग गरेर लग्यो

कावासोती, १० साउन । रुकुमको अक्फोर्ट टेक्निकल इन्टिच्युट एवम् एड्भान्स साइबर क्याफेले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सिटीभिटीको प्रवेश परीक्षामा

पूर्ण अशक्त अपांगता भएकालाई दिइएको भत्ता डबल गराउन  माग ।  

कावासोती, १० साउन । पूर्ण अशक्त अपांगहरुलाई राज्यले दिंदै आएको भत्ता डबल गर्न सरोकार वालाहरुले माग गरेका छन् ।मंगलबार कावासोतीमा पत्रकार सम्मेलन

मतदाता नामावली संकलन फारम छैन

कावासोती, १० साउन । इलाका प्रशासन कार्यालय कावासोतीमा नवलपरासीको नवलपुरमा फोटो सहितको मतदाता नामावली संकलनका लागि फारम अभाव हुंदा र कर्मचारी अभाव