• २०७५-७-५ , सोमबार/ Monday 10-22-18
  • 06:10:37

२०७४ सालको बर्ष शब्द ‘स्मार्ट सिटी’

दिनानाथ पौडेल

बर्दघाट १३,नवलपरासी

         १० बर्षे लामो संक्रमण काललाई बिटमार्दै नेपालीजनतालाई थोरै भएपनिआशाको किरण छर्दै २०७४ साल बिदा भइसकेकोछ । सम्झनलाएक यो बर्ष किनपनिभएको छ भने पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र शेरबहादुर देउवाको गठबन्दनको सरकारले स्थनीयतह तथा प्रदेश र संघको चुनाव गर्ने घोषणासंगै यस बर्षको  सुरुदेखि नै नेपाली राजनीतिमा स्मार्ट सिटीको भाष्यले नेपाली मतदातालाई तरंगित बनायो । हरेक दलहरुका घोषणापत्र तथा उम्मेदवारहरुको भाषण र प्रतिबद्दतामा स्मार्ट सिटी बनाउने कुराले मुख्यप्राथमिकता पायो । बिकास र समृद्धिसंग गाँसिएर आएको स्मार्ट सिटी आखिर के हो त भन्ने तर्कनाले अधिकांस सर्वसाधारणलाई वास्तवमै जिज्ञासु बनाइदिएको छ । यो पंक्तिकारलाई  समेत कुनै एक दलको  स्थानीयतहको निर्वाचनको निम्ति घोषणापत्र लेखनमा धेरै थोरै सहयोग गर्दा  स्मार्ट सिटीको शब्दावलीले अलिबढी जिज्ञाशु तथा खोजमुलकहुन प्रेरित गरेको थियो । स्मार्ट सिटी अंग्रेजी शब्द भइकन पनि नेपालीजन जिब्रोमा मज्जैसंग झुन्डिएको छ । यसको नेपाली अनुबाद राम्रो या सुन्दर शहर नै हो । कस्तो सहरलाई राम्रो मान्ने वा राम्रोको मापदण्ड के हो भन्ने कुराले शहरलाई स्मार्ट बनाउदछ । मानिसहरुलाई दैनिकजीवनबिताउनको लागिआवश्यक पर्ने कुराहरु बसोबास गरेको सहरबाट हुने  सहजप्राप्ति संग स्मार्ट सिटीको अवधारणा जोडिएको हुन्छ । नागरिकका लागि अत्यावश्यक कुराहरु जस्तो फराकिलो बाटो,शुद्द खानेपानी,ढल निकासको राम्रो प्रबन्ध, सुरक्षितआवास,व्यस्थितपार्क वाखुल्ला क्षेत्र, बिधालय, बिश्वबिधालय, अस्पताल,बस पार्क, मनोरन्जन स्थल आदी जस्ता कुराहरुमा सहजपहुँचहुने गरि निर्माण गरिएको शहरलाई स्मार्ट सिटी भनिन्छ । जापानमामानिस जन्मेदेखि नमरुन्जेल सम्म उसका आवश्यकता र चाहानाहरुलाई पूर्ति हुने गरि निर्माण गरिएको घरलाई स्मार्ट घरको रुपमा बुझ्दा  स्मार्ट सिटीबारे अझ स्पस्ट हुन सकिन्छ। जापान,सिंगापुर,अमेरिका,चिन,भारत लगायतका मुलुकहरुमा निर्माण गरिएका स्मार्ट सिटीहरु विकासबारे अध्ययन अनुसन्धान गर्ने  तथा पर्यटकहरुको समेत मन लोभ्याउन सफल छन् ।शहरिया वस्तीलाई व्यवस्थितगर्ने दिर्घकालिन सोचले स्मार्ट सिटी अवधारणाको जन्मदिएको हो। विज्ञहरुले शहरभित्र हुने हरेक क्रियाकलापलाई छिटोछरितो, चुस्तदुरुस्त हुने गरि शहरको डिजाइन गरिसकेपछि मात्र वस्ती निर्माणको कार्य थालनी हुन्छ । हरेक व्यक्तिले घर निर्माणगर्दा बस्तिबिकास वा नगरपालिकाको मापदण्ड भित्र रहेरमात्र  घरको  निर्माण गर्नु पर्ने हुन्छ । बस्तीमा एकरुपता ल्याउनको निम्ति घरहरुको डिजाइन र डेकोरेसनमा समेत एउटा मापदण्ड राखिएको हुन्छ ।शिक्षा, स्वास्थ्य, सेवाप्रदायक संस्थाहरु, मनोरन्जन स्थलहरु, मृत्यु संस्कार गृह, कलकारखाना, विमानस्थल, बगैचाआदीको अवस्थितिको गहनअध्ययनगरि व्यवस्थितएवम् बैज्ञानिक ढंगबाट उपयुक्त ठाउमा निर्माण गरि शहरलाई सुन्दर बनाइएको हुन्छ । 

    स्मार्ट सिटी हुनको निम्ति त्यस नगरभित्रबसोबास गर्ने नागरिकको शैक्षिक स्तर, प्राबिधिक ज्ञान तथादक्षता एक महत्वपुर्ण सूचकहो ।सूचनाप्रविधिले संसारलाई एकदमै साघुरो बनाइदिएको छ। स्मार्ट सिटीभित्र हुने हरेक गतिबिधिप्रबिधिआधारित हुने हुदा हरेक नागरिकमा यस समन्धि ज्ञान हुनु जरुरी हुन्छ । सेवाग्राहीहरु लामो समय लाइनमाबसीकाम गराउनु पर्ने झन्झटिलो शैलीलाई प्रबिधि, उदाहरण लिऔं अनलाइन सेवा, ले  बिस्थापितगरि सार्वजनिक सेवालाई छिटोछरितो बनाउदछ।प्रबिधिको सदुपयोगगरि सेवाप्रदानतथा  घरमाबसीबसी सेवा सुबिधाप्राप्तगर्ने नागरिकहरुको सुखीजीवन शैलीभित्र स्मार्ट सिटीको परिभाषाखोज्न सकिन्छ।

    भौतिक सुसम्पन्नता संगै  जातीयएकता, भातृत्वको भावना, आर्थिक सुशासन, जवाफदेहिता, इमान्दार गतिबिधि, पारदर्शी क्रियाकलाप आदी जस्ता विशेषताहरुले स्मार्ट सिटीलाई अरु सहर भन्दाभिन्न देखाउदछ । परिवारका सदस्यहरु संगै बसी हासि खुसी जीवनयापनगर्न सकिने वातावरण संगै जीवन सुखी, खुसि, सन्तुष्टि एवम्  समृद्द भएको नागरिकले महसुस गरेका हुन्छन। नेपालमा अहिले अस्तित्वमा रहेका सहरहरु बिना योजना बनेका सहरहरु हुन् । यातायातको सहज पहुँचहोस् भनि बाटोको छेउछाउमा घर निर्माण गर्दै जाँदा बस्ती बढेर बनेका सहरहरु हुन् । स्मार्ट सिटीका आधारभुत  मापदण्डहरु हाम्रा यी सहरहरुमापाउन सकिदैन । २ किलोमिटरको दुरी पार गर्न सवारीसाधनमा २ घण्टा लाग्ने, हप्तामा एक पटक एक घण्टा मात्र खानेपानीको वितरण हुने, आपतकालीन बिरामीहरुले अस्पतालमा कुर्नु पर्ने तितो यथार्थताकाबीच काठमान्डु सहरलाई स्मार्ट सिटी बनाउने नारा खुबै आकर्षक बन्नपुग्यो । देशका हरेक सहरहरुमा स्मार्ट सिटीको नाराले चुनावी माहोल ततायो । यति सम्मकि १० हजार जनसंख्यान भएको सडकले नछोएको सामन्य बस्तीमा समेत स्मार्ट सिटीको नारा खुबै घन्किए । नारामा घन्काए जस्तो स्मार्ट सिटी के काठमाण्डौँ , पोखरा, बिराटनगर,बुटवल, बिरगंज जस्ता सहरहरुमा सम्भव छ ? अह पट्टक्कै छैन । भइरहेको भौतिक संरचनामा ठुलो फेरबदल गर्न करिव करिव असम्भव जस्तै हुने हुदायीसहरहरुलाई अलिबढी सुधार र व्यवस्थितगर्नु बाहेक अर्को विकल्प देखिदैन। सघन बस्तिनभएको पाहाडी ÷हिमालीजिल्लाकादुर्गम गाउँमा स्मार्ट सिटी नभई स्मार्ट बस्तिनिर्माण गर्ने तर्फ जोड दिनु पर्दछ । एकीकृत राज्य प्रणालीलाई संघिय स्वरूपमा रुपान्तरण गरेसंगै नेपालमाअहिले ६ वटा महानगरपालिका, ११ वटा उपमहानगरपालिका र २७६ वटा नगरपालिका हरु छन् भने तीनगरहरुमा कुल जनसंख्याको करिव ६५ प्रतिसत नागरिक बस्दछन् ।आगामी दिनमा विदेशबाट भित्रिने रेमिट्यान्सबाट  सहरमा नै घर  घडेरी किन्ने  कामले मुख्यप्राथमिकता पाउने निश्चित छ । परिणामस्वरूप, सहरमा जनसंख्या स्वत ः बृद्दि हुनेछ । यस्तो परिस्थितिको ठिक आंकलन गरेर सहरी बस्तीलाई व्यवस्थितबनाउने सोचका साथ स्मार्ट सिटीको बहस हुनु एकदमै ठिक छ।  योजनाबद्द रुपमा सहरको निर्माण गर्ने स्वर्ण अवसर यतिखेर हामी नेपालीलाई मिलेको छ ।नेताहरुको  आबेगात्मक अभिव्यक्ति र नारा भन्दा विज्ञहरुको ज्ञान, बिबेक र दक्षताको खाँचो देखिएको छ । गहन सोच बुझकासाथ सातवटा प्रदेशको  सघन बस्ती नभएको ठाउमा  करिब ४ लाख देखि ७लाख जनसंख्या रहन सक्ने गरि ७ वटा ठुला अत्याधुनिक  स्मार्ट सिटी सरकारकारी क्षेत्रको  प्रत्यक्षनिगरानीमानिर्माण गर्दा उपयुक्त देखिन्छ ।ती सहरहरुको निर्माण पछि अहिलेको अस्थायी प्रदेश राजधानीलाई सार्न सकिन्छ ।त्यसैगरी प्रदेशको सम्भावितअन्य ठाउहरुमा मझौलातथा सानाआकारका स्मार्ट सिटी निर्माण गर्न  समुदाय तथा निजिक्षेत्रको समेत सहयोग लिन सकिन्छ। पर्यटन उधोग अर्थात् स्वदेशीतथा बिदेशी पाहुनाहरुलाई आकर्षित गरि प्रेदेशको आर्थिक आम्दानी बृद्दि हुने गरि सहरको संरचना बनाइनु बुद्दिमानी कदमहुनेछ । पुराना सहरहरुले प्राचिन सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा नयाँ सहरहरुले प्रकृति र आधुनिकताको प्रबर्दन गर्ने स्पष्ट कार्यनीतिका साथ अगाडी बढ्न जरुरी छ । झन्डै दुई तिहाई बहुमतका साथ सरकार सम्हालेकाबामपन्थी गठबन्दनले घोषणापत्रमा उल्लेख गरे बमोजिम स्मार्ट सिटी निर्माण गर्ने तर्फ अर्जुनदृष्टि लगाउन सकेमासमृद्धिप्राप्तगर्न धेरै बेर लाग्दैन। सहरलाई सुबिधाप्राप्तगर्ने भन्दापनि रोजगार सिर्जनागर्ने केन्द्रको रुपमाविकास गर्न सक्नुपर्दछ ।उपभोग मुखी शौखिन सोचलाई उत्पादन मुखी सिर्जनशील व्यवहारले  बिस्थापितगर्नु पर्दछ। कालोबजारी र भष्ट्राचार मुक्त सहर भित्रमात्र स्मार्ट सिटीको तस्बीर प्रतिविम्बीतहुन सक्दछ ।अन्त्यमा,विकास र समृद्दीसंग जोडिएर आएकोेस्मार्ट सिटी, रेलमार्ग, जलमार्ग जस्ता शब्दहरुले २०७४ साल पुरै  गुन्जियो,घोषणापत्र रंगिए, २०७५  सालमा कम्तीमा पनि ती गुन्जनहरुले मुर्त आकारलिदै गरेको स्पष्ट लक्षणहरुदेख्न पाइयोस्, नयाँबर्षले बिकासको जगबसाल्न  सकोस्  ।आगामी केहिवर्ष भित्रस्मार्ट सिटीेमाबसोबास गर्ने एक जिम्मेवार नागरिक बन्नपाइयोस्  ।

    

प्रतिकृया दिनुहोस

मेराे यादमा बडादशैं

लेखकः गणेश पाण्डे 'शिसम' नवरात्रीको अन्तिम दिन अर्थात दशौं दिनका दिन असत्य माथी सत्यको विजयउत्सवका रुपमा मनाईने हिन्दु धार्मीक मान्यता अनुरुपको

मानिस, मोबाइल र मृत्यु

दिनानाथ पौडेल  बर्दघाट १३ , नवलपरासी       एक्काईसौं सताब्दीको चिनारी प्रबिधि हो । यो मानव निर्मित सर्वोत्कृष्ट उपलब्धि हो भने मानव मृत्युको

सहकारी मा महिला

फुलकुमारि गीरि (सीमा) राज्य संवैधानीक र कानुनी रूपमा नै महिला प्रति थप जीम्मेवार बन्दै गयको छ।राज्यको नेतृत्व तहमा बसेका ब्याक्ति ले महिला