• २०७५-५-४ , सोमबार/ Monday 08-20-18
  • 07:08:49

जथाभावि छाडा चौपाया छाडिदा कृषकका वाली नालीमा हानी नोक्सानी

नवलपरासी बर्दघाट नगरपालिका भित्र जथाभावि छाडा चौपाया छाडिदा कृषकका वाली नालीमा हानी नोक्सानी पु¥याएको छ । किसानहरुले दुःख गरी माना छरेर मुरी उव्जाउने खेतमा जथाभावि चौपायाहरुले दुख दिने गरेकोले पिडित भएको बताएका छन ।   वर्ष भरि खाने खेती छाडा चौपायाहरु पटक पटक जति धपाए पनि खेतमा फर्केर आएर खेतको धान खाएर, कुचेर नोक्सान गरेको बताईएको छ । चौपायाहरु मध्ये धेरै जसो थारा गाई र बाच्छाहरुले खेत वारीमा लगाएको धान वाली नोक्सान गरेको बर्दघाट २ का कृषक रामु न्यौपानेले बताए । यस्ता छाडा चौपायाहरुले प्रायः रातीमा नै हानी नोक्सानी गर्ने गरेको स्थानीय वासीको भनाई छ । यसै गरी यस्ता छाडा चौपाया ( गाई, गोरु )हरुलाई रात भरी जति धपाए पनि ले खेतमा लगाएको धान वाली तथा लगाएको तरकारी पनि हानी नोक्सानी गरेको दुखेसो बर्दघाट ७ का अर्का किसान सोमनाथ थारुले बताए । यस नगर भित्र कै अन्य वडाहरुमा पनि छाडा चौपायाहरुले दःुख दिने गरेको स्थानीय वासीहरुले गुनासो गरेका छन । यी छाडा चौपायाहरु धेरै जसो सडकहरुमा बसेको देखिन्छ जस्ले गर्दा पैदल यात्री तथा सवारी साधनहरुलाई आवतजावत गर्न वांधा अडचन पु¥याएको देखिन्छ । थारे गाईले दुध दिन छाडे पछि सडकमा लगेर छाडिएको यस्ता गाई, बाच्छाहरुको सम्वन्धित निकायले नियन्त्रण गर्न खासै चासो देखाएको छैन । यस्ता छाडा चौपायाहरु गाई फारमबाट छाडिएका हुन सक्ने स्थानीयवासीहरुको भनाई रहेको छ ।

प्रतिकृया दिनुहोस

सवारी साधनको बाक्लो चापले सुरक्षा चुनैती

नवलपरासी प्रतापपुरस्थीत गण्डक नहर किनारमा रहेको बेलाटारी चोकमा सवारी साधनको बाक्लो चापले सुरक्षा चुनैती र पैदल यात्रुलाई समस्या पर्दै गएको छ ।

ट्रकको ठक्करबाट एकको मृत्यु

नवलपुरको अमरापूरीमा हेभी ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवचूली नगरपालिका १४ का २२ वर्षीय मुकेश सापकोटा रहेका छन् । गैंडाकोट

जि. स.स. नवलपरासीमा जिल्ला निकासी ठेक्का बिबाद

जिल्ला समन्वय समिति नवलपरासीमा जिल्ला निकासी ठेक्का बिबाद चुलिएको छ । निकासी ठेक्का लिएका ब्यबसायिले छुट मिनाहाको माग गर्दै अदालतमा दायर गर।ेको