• २०७५-२-१४ , सोमबार/ Monday 05-28-18
  • 01:05:23

के विद्याभन्दाधन ठुलो नै हो त ?

दिनानाथपौडेल
बर्दघाट– १३, नवलपरासी

    सम्भवतःकक्षा ७ मा यो पंक्तिकार पढ्दा नेपालीबिषयमा साभार गरिएको धनभन्दाविद्या ठुलोभन्ने शिर्षकको बादबिबादको  पाठ नेपालीशिक्षकले पढाउदा साच्चै नै धनभन्दाविद्या  ठुलो रहेछ भन्ने लागेको थियो।उक्तशिर्षकले हामीबिधार्थीहरुको  मन जितेको थियो, पढ्नु पर्छ भन्ने भावना जगाएको थियो । त्यसताका  नेपाली समाजले पढेलेखेकाहरुलाई दिएको सम्मान र कदरले जो कोहीको पनि मन लोभ्याउथ्यो । शिक्षित व्यक्तिहरु लाई समाजको रोल मोडलको रुपमाहेरिन्थ्यो ।अहिले करिब २५ वर्ष पछि नेपाली समाजको मूल्यमान्यतामा नै परिवर्तन आई विद्यालाई भन्दाधनलाई उच्चप्राथमिकता राख्नथालिएको प्रस्ट छनक देखिदै छ।
 
    राणाकालिन नेपाली समाजमाविद्याको महिमाअपारम्पार रहेको राणाहरुले सर्वसाधारणको लागिशिक्षाब्रजित गरेको तथ्यले पुष्टी गर्दछ । शिक्षामा राज्यव्यवस्थाबदल्न सक्ने अद्भुतशक्तिनिहित हुन्छ भन्ने तत्कालिन सरकारले बुझेकै कारण शिक्षा राणा परिवार र दरवारभित्रकाआसेपासेमामात्रसिमितपारिएको थियो । राणाकालिन राज्यव्यवस्थाको अन्त्यपश्चात सर्वसाधारणको पहुचमाशिक्षापुग्दायसको महत्वएकदम बढ्न पुग्यो । “विद्याधनम् सर्व धनम् प्रधानम्” संस्कृत भाषाको यो भनाईको भाव संग हरेक नेपालीले सहमत राख्दथे।बुढापाकाहरुले आफ्ना छोरा नातिहरुलाई विद्याको महिमालाई चोरले चोर्न नसक्ने,राजाले हरण गर्न नसक्ने, भाईभाईमा अंशबण्डा गर्न नपर्ने,भारि पनिनहुने अनिजति बाढ्यो त्यति बढ्ने भन्दै बिधार्थीहरुलाई पढ्न उत्प्रेरित गरेको यो पंक्तिकारले समेत राम्ररी महसुस गरेकै  हो ।

    विगतको  जस्तो वर्तमानमा नेपाली समाजले  विद्यालाई महत्वदिन छाडेको छ। विद्यामुखी  नेपाली समाजको चरित्र यतिखेर धनमुखीबनेको सहझै महसुस गर्न सकिन्छ । फलानाले पढेर के गर्यो र !भन्ने जस्ता आश्चर्यवाचकअभिव्यक्तिले पढेलेखेकायुवायुवतीहरुप्रतिगम्भीर प्रश्न खडा गरेको छ । नपढीकन धनकमाउन सफलव्यक्तिको प्रशंसा खुबै भइरहेको पाइन्छ । धनि मान्छेको परिचायकबनेको  ठुलो घर, महंगो कार, लाखौँको मोवाइलआदी जस्ता शौखिन वस्तुहरुले ज्ञानको लागि मेहनत, किताबप्रतिझुकाव राख्ने बिधार्थीहरुलाई पढाईप्रतिहतोत्साहीतगरिरहेको छ ।स्नातकोत्तर उतिर्ण युवतीको आधारभूततह सम्मको अध्ययननगरी विदेशिएको युवक संग भईरहेको विवाहको दृष्टान्त नेपाली समाजमाकपि–किताबच्यातिएको, कलमभाचिएको अवस्थाको बुलन्दउदाहरण हो । नेपालको वर्तमान राजनीतिले विद्यालाई मजाक र ठट्टाको रुपमालिएको जस्तो देखिन्छ । ठुला प्रमुखदलहरुकाशिर्ष तहका नेताहरुबाट बौद्दिकवर्गहरुले गरेको आलोचनाको प्रतिक्रिया स्वरूपउनीहरुलाई कहिलेकाहीगरिएको सार्वजनिक कटाक्षले बौदिकताको वजन घटाएको छ । मननपरेका  पढेलेखेकाविद्वानहरुलाई   ज्ञान भएको बुद्दी नभएको, धेरै पढेर बिग्रिएको जस्ता नकारात्मकउखान टुक्काले खिस्सी ट्युरी गर्दै उडाउन खोज्दा सोझै देशको शैक्षिकजगतमा नराम्रो असर पुगेको छ ।राजनीतिलाई बौदिकिकरण गर्न  राजनैतिकदलहरुले नसकेकै  कारण नेपाली समाजमा पछि परेको ज्ञान विज्ञानको क्षेत्र झन्झन् पछाडी पर्दै गईरहेको छ । यहाँउल्लेख गर्न लायक के कुरा छ भने बोलीचालीमाभन्ने गरीएको प्रथमदर्जाकाबिधार्थी विदेश पलायन (ब्रेन ड्रेन), दोस्रो दर्जाकाबिधार्थी कर्मचारी र तेस्रो दर्जाकालास्ट बेन्चर बिधार्थी राजनीतिमा संलगनभएर देशको बागडोर चलाउनपुगेकाले  कतैराजनीतिमाबौद्दिक मन्दीआएको त होइन?
                  विद्याप्रतिको एकदमै चिन्ताजनकआवस्थाअहिले स्वयम् विधालयकाबिधार्थीहरुमा टड्कारो रुपमा देखिएको छ । आधारभूतदेखि माध्यमिकतहमाअध्ययनरत  बिधार्थीहरुमा पढाईप्रतिको रुची घट्दो क्रममा छ । बाह्र कलास उतिर्ण गरे पछि विदेश गई धनकमाउने अधिकांशबिधार्थीको मास मनोविज्ञान देखिन्छ । नयाँनयाँ कुरा पत्तालगाउने, चिन्तनशीलहुने, नेपालमै केहि गर्ने, देशको सेवागर्ने भावनाबिधालय स्तरकाबिधार्थीहरुमा हराउदै जानुले राम्रो संकेत गरेको छैन । स्नातकतथा स्नातकोत्तर उतिर्ण गरिसकेका शैक्षिक बेरोजगारीको समस्याले पनिबिधालय स्तरकाबिधार्थीहरुमा पढाईप्रतिवितृष्णा जगाइरहेको छ । त्यसैगरी, नेपाली समाजको दलालिकरण अर्थात् बिना मेहनतअबैध तरिकाले  आर्जन  गरिने  कालो धनवाभनौ “इजीमनि”को कुबाटोले माध्यमिकतथाकलेज स्तरकाबिधार्थीहरुलाई आकर्षित गरेको कारणले गर्दा पनिउनीहरुको पढाईप्रतिको चाहानादिनानुदिन घटिरहेको छ ।
         यतिबेला नेपाली समाजमामाथिउल्लेखिततथाअन्यबिबिधकारणले शैक्षिकतथाबौदिक क्षेत्र मजबुदबन्ननसके पनिविद्याभन्दाधन महत्वपूर्ण हुनै सक्दैन। ढुंगे जंगलीयुगयहाँ सम्मआइपुग्नुको एक मात्रकारण विद्या  नै हो ।मानवको आबेगात्मकक्रियाकलापलाई बिबेकशीलसोचबुझपूर्ण कदममाबदल्दै  विद्याले मानव समाजलाईयहाँ सम्मपुर्याएको हो, र विद्याले नै मानवअस्थित्व स्टीफन हकिंगसले भनेको “ब्ल्याकहोल”माप्रवेश नगर्दा सम्मनिर्दृष्ट गर्ने कुरामाकुनै दुइमत छैन । मानवजीवनजिउनकालागिचाहिने हरेक कुरा विद्याले प्रदानगर्दछ।धन, स्वास्थ्य, सज्जन सन्तान, साथी, समन्ध, समृद्दी, शुख, सहजता, समाधानआदी  जस्ता मानवीयआवश्यकता, इच्छा र चाहानाहरुलाई विद्याले सम्बोधनगर्दछ ।
                    प्रश्न उठ्न सक्छ, नेपालमाशिक्षित बेरोजगारी किनभएत?कारण हो नेपालको आवश्यकताअनुसारको शिक्षा नेपाल राज्यले प्रदानगर्न सकेन ।कम्युनिष्ट पार्टीकामहानविचारक कार्लमार्क्सले जीवन र जगतसंग मेल नखाने शिक्षालाई वुर्जुवाशिक्षाभनेका छन्।नेपालमा राणा कालिनव्यवस्था देखि गणतन्त्रको पहिलो दशकसम्मअबलम्बनभईरहेको शिक्षा साच्चै नै वुर्जुवाशिक्षाहो। यो नेपालीको  व्यावहारिक जीवन र आवश्यकताअनुसारको छैन।यसले वेरोजगारलाई प्रशयदिइरहेको छ । नेपालमायतिखेर नेपाली माटो सुहाउदो शिक्षा प्रणाली लागू गर्न एकदमआवश्यक छ । त्यो भनेको  नेपालमा रहेकात्रिभुवन, काठमाण्डौँपोखरा जस्ता  बिश्वबिधालयहरुलाई कृषि, बनतथा जडिबुटी, हाइड्रो, बिज्ञान तथाप्रबिधि जस्ता बिश्वबिधालयमा रुपान्तरण गर्न सकेमा रोजगार खोज्ने होइन, रोजगार सिर्जनागर्ने मानवस्रोतको उत्पादनहुने कुरामा संशय छैन। स्वस्थव्यक्ति र समाजकोलागिविद्यानभई नहुने एक महत्वपुर्ण अवयवहो।शिक्षाले सहि निर्णय गर्न सक्ने क्षमताप्रदानगर्दछ । हरेक प्रकारको जटिलताहरुसंग जुध्न सक्ने अद्भुतशक्तिप्रदानगर्ने हुदाजीवनलाई सरल र सहज बनाउदछ । पारिवारिक तथा सामाजिक समन्धमा सधै गाढापन ल्याउदछ । शिक्षितव्यक्तिहानिकारक ठाउमा नत जान्छ नतहानिकारक कुराको सेवन नै  गर्दछ ।परिवारका सदस्यहरु निरोगीहुने बढी सम्भावनाहुने हुदाउपचार खर्चमाकमिआई  एकातिर  धनबृद्दि हुन जान्छ भने अर्कोतिरपारिवारिक शुखशान्ति, अमनचयन, सन्तोष, समृद्दी प्राप्त हुन्छ । परिणामतः एक शिक्षितव्यक्तिले स्वस्थ  परिवारको निर्माण गर्दै  स्वस्थ  समाजको नेतृत्वगर्न सक्दछ ।
                                                स्वास्थ्य नै धनहो भन्ने कथन सर्वत्र स्वीकार गरिएको पाइन्छ ।तर, स्वस्थकसरि रहने भन्ने कुरामाखासै ध्यानदिईएको पाइदैन। सतही रुपमा स्वस्थजीवनकालागि अस्पताल भनिएतापनिगहिरिएर हेर्दा बिधालय रहने सत्य थाहापाउनु आवश्यक छ । स्वास्थ्य सोझै शिक्षासंग जोडिएका हुन्छ,अर्थात् स्वस्थ रहनकालागिशिक्षाअपरिहार्य हुन्छ । अन्तर्रा्ष्ट्रिय रुपमै चर्चित लेखक डेवोरा म्याकेन्जीको भर्खरै प्रकाशित एक पुस्तकको अस्पतालमा भन्दा स्कुलमागरिएको लगानीले समाजलाई बढी स्वस्थ बनाउदछ भन्ने निष्कर्षले सर्बत्र ध्यान केन्द्रित गरेको छ । शिक्षितव्यक्ति धेरै बाच्नुको साथसाथै उसका सन्तानहरु पनि धेरै बाच्ने जेनेभामाभएको एक अध्ययनले ठहर गरेको छ । यीमाथिउल्लेखित सन्दर्भहरु स्वास्थ्य सोझै शिक्षासंग जोडिने कुराका प्रमाण हुन्।
                                                                       विद्या  सर्वशक्तिमानहुदाहुदै पनि  सहि तरिकाले नेपालको राजनीतितथा  नेपाली समाजले चिन्ननसक्नु हाम्रो दुर्भाग्यहो । चुनावमाशिक्षितलाई मतलबै नगरी धनीलाई मतदिने हाम्रो मानसिक संरचना बेठिक छ ।मतदानगर्दा सरकार चलाउनशिक्षा चाहिन्छ भन्ने हेक्कागर्दौनौ, अनि पछि कुर्लन्छौं । विद्वानभन्दाधनवानज्वाई खोज्ने हाम्रो मनोविज्ञानभित्र दरिद्रता भेटिदैन र ?भविष्यकोदिर्घकालिन सुखलाई मतलबनगर्ने वर्तमानको क्षणिक सम्पतिलाई महत्वदिने हाम्रो समाजको कुरूपमनोविज्ञानको समयमै सल्यक्रियाहुन सकेन भने उपचार गर्न नसकिने जटिल क्यान्सरमाबदलिन सक्दछ । बिकसित रास्ट्रहरुले कुल बजेटको २० प्रतिसतशिक्षा क्षेत्रमालगानीगरिरहेको दृष्टान्तबाट नेपाली राजनीतिले पाठ सिक्नु जरुरी छ । हालको  शैक्षिक प्रणालीमा सुधार ल्याई  शिक्षालाई व्यावहारिक यथार्थतासंग जोड्नु नेपालको आवश्यकताहो। शिक्षालाई रोजगार तथाजीविकोपार्जनमुखीबनाइनु पर्दछ। विद्या  नै रास्ट्रको मेरुदण्ड हो, रास्ट्रिय चिनारी हो, विकास र समृद्दिको मूलतथा स्वस्थजीवनको कडी हो। छोटकरीमाभन्दाविद्या  सबथोक हो।विद्या  शरीर अनिधनअंगभएको हुदायीदुई बिचको तुलना नै गलत छ ।
 

प्रतिकृया दिनुहोस

प्रहरी जवानको पीडाः मुस्किल छ मुस्कान

नेपाल प्रहरीले मुस्कानसहित सेवा दिने भनी प्रचार र तालिम थालेको धेरै भयो । यो अभियानले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको पनि ध्यान

भड्किलो तीज र पीडित पुरुषको वेदना

अफिसमा काम सकेर भृकुटीमण्डपको बाटो हुँदै घर फर्कँदै थिएँ । रत्नराज्य क्याम्पस अगाडिको चिया पसलमा टोलाएर बसिरहेको एकजना साथी देखेँ । सोधेँ,

अमेरिकी सहरको मेयरमा तेश्रोपटक पनि कुकुर निर्वाचित

सुन्दैमा अनौठो र अपत्यरिलो । अमेरिकाजस्तो विकशित देशको सहरमा मान्छे नभई कुकुर मेयर हुन्छन् भन्ने सुन्दा अचम्म लाग्नु स्वभाविकै हो । विश्वको तेश्रो