• २०७५-५-४ , सोमबार/ Monday 08-20-18
  • 07:08:23

स्थानिय सरकार संग नागरिक सम्बाद सुस्ता ४ नर्सहिमा सम्पन्न 

३० बैशाख , सुस्ता
सहयोगी मिडिया प्रा.लि. को आयोजनामा सुस्ता गाउपालिका वडा नम्बर ४ नर्सहिमा स्थानिय सरकार संग नागरिक सम्बाद कार्यक्रम सम्पन्न भएको छ । शु–सासन र जवाफदेहिताका लागि पारदर्शिता अभियान अन्तरगत सहयोगी मिडिया प्रा.लि. ले कार्यक्रमको आयोजना गर्दै आईरहेको छ । वडा नम्बर ४ मा सम्पन्न भएको कार्यक्रममा स्थानिय नागरिकहरुले आफ्ना जनप्रतिनिधि समक्ष बर्षायाममा भोग्दै आईरहेको डुवान समस्या समाधान गर्न र वडा नम्बर ४ मा संचार सम्पर्कका लागि नेटवर्क पहुच राम्रो नभएका कारण टावर निर्माणका पहल गरिदिन आग्रह गरेका थिए ।

Image may contain: 11 people, people sittingगाउपालिका प्रमुख रामप्रसाद पाण्डे, उपप्रमुख ईन्द्र कुमारी थरुनी वडा नम्बर ४ का अध्यक्ष अशोक कुमार गुरुङ लगायतले नागरिक स्तरवाट उठेका प्रश्नहरुको जवाफ दिनुभएको थियो । कार्यक्रममा नारायणी नदिवाट अवैध रुपमा उत्खनन भैरहेको नदिजन्य बस्तुको चोरी निकासी अत्याधिक बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न स्थानिय बासीको सहयोग अपरिहार्य भएको भन्दै गाउपालिका प्रमुख पाण्डेले स्थानिय हरु आफै चोरी तस्करीमा संलग्न हुनु दुखद भएको बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष गुरुङले वडाले हाल सम्म गरेका काम संगै वडामा संचालित योजनाको अवस्था र वडाको बस्तुस्थिति प्रस्तुत गर्नुभएको थियो । वडा नम्बर ४ मा बर्थिङ सेन्टर नहुदा सुत्केरी हुने महिलाहरुका लागि निकै समस्या हुनेगरेको र तत्काल अन्यत्र लैजान एम्बुलेन्स अभाव भएका कारण आफुहरुले समस्या झेल्नुपरेको महिला सहभागिले गाउपालिका प्रमुख समक्ष गुनासो गरेका थिए ।

Image may contain: 7 people, people sittingकार्यक्रममा विभिन्न उपभोक्ता समिति , महिला समुह, कृषक , स्थानिय क्लव , विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरु संगै आम नागरिक हरुको उल्लेखनिय सहभागिता रहेको थियो । कार्यक्रमको दौतरी एफ एम १०५.८ मेगाहर्ज संचार सहयात्रीको रुपमा रहेको छ । आगामी कार्यक्रम जेठ १ गते वडानम्बर ३ को रेवारेतामा रहेको शिव सम्भु आधारभुत विद्यालयमा हुने छ ।

प्रतिकृया दिनुहोस

सवारी साधनको बाक्लो चापले सुरक्षा चुनैती

नवलपरासी प्रतापपुरस्थीत गण्डक नहर किनारमा रहेको बेलाटारी चोकमा सवारी साधनको बाक्लो चापले सुरक्षा चुनैती र पैदल यात्रुलाई समस्या पर्दै गएको छ ।

जथाभावि छाडा चौपाया छाडिदा कृषकका वाली नालीमा हानी नोक्सानी

नवलपरासी बर्दघाट नगरपालिका भित्र जथाभावि छाडा चौपाया छाडिदा कृषकका वाली नालीमा हानी नोक्सानी पु¥याएको छ । किसानहरुले दुःख गरी माना छरेर मुरी

ट्रकको ठक्करबाट एकको मृत्यु

नवलपुरको अमरापूरीमा हेभी ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवचूली नगरपालिका १४ का २२ वर्षीय मुकेश सापकोटा रहेका छन् । गैंडाकोट