• २०७५-५-४ , सोमबार/ Monday 08-20-18
  • 07:08:31

नौ महिनामै १२ अर्ब कमायो टेलिकमले

३० वैशाख, काठमाडौं

नेपाल टेलिकमले चालू आर्थिक वर्ष -आव) को ९ महिनामा ११ अर्ब ८५ करोड ६४ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । कम्पनीद्धारा हालै प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार टेलिकमको नाफा गत वर्षको सोही अवधिको भन्दा चार दशमलव ७२ प्रतिशतले बढी हो । गत आवको नौ महिनामा टेलिकमको नाफा ११ अर्ब ३२ करोड १८ लाख रुपैयाँ थियो । वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनीले ३३ अर्ब ८५ करोड ३२ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको समान अवधिको तुलनामा ३ प्रतिशतले बढी हो । कम्पनीले सेवा बिक्रीबाट २९ अर्ब ३९ करोड २१ ल्ााख रुपैयाँ र अन्यबाट ४ अर्ब ४६ करोड ११ लाख आम्दानी गरेको छ । यससँर्ग कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ पुगेको छ । जगेडा कोषमा ७९ अर्ब ६९ करोड ५ लाख रुपैयाँ रहेको छ । हाल कम्पनीको प्रतिसेयर आम्दानी १०५.३९ रुपैयाँ छ । हाल सेवाग्राहीको चाहना भ्वाइस भन्दा डाटा सेवातिर बढिरहेको देखिएको कम्पनीको भनाइ छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्दै जाँदा र भाइबर, स्काइप, म्यासेन्जर जस्ता ‘ओटीटी’ सेवाको प्रभावका कारण अन्तर्राष्ट्रिय कलबाट हुने आम्दानी घटिरहेको टेलिकमले जनाएको छ । आगामी दिनमा आर्थिक अवस्था मजबुत बनाउनका लागि डाटा सेवा व्यापक रुपमा विस्तार गर्न फाइवर टु दि होम -एफटीटीएच) फोरजी सेवाको विस्तार लगायतका कार्यक्रम अघि बढाइएको कम्पनीले बताएको छ । (अनलाइनखबर)

प्रतिकृया दिनुहोस

पातलो मोबाइल ‘वान प्लस ५ टी’ नेपाली बजारमा

  काठमाडौं, पुस १९ –वानप्लसले आफ्नो प्रिमियम फ्ल्यागशिप स्मार्टफोनहरु मध्येको सबैभन्दा पछिल्लो स्मार्टफोन ‘वानप्लस ५ टी’सार्वजनिक गरेको छ

फोटो सहितको मतदाता नामावली संकलनको क्रममा नवलपरासीमा ५४ हजार बढी नया मतदाता थपिए

रामकुमार श्रेष्ठ नवलपरासी, ३२ साउन । स्थानीय तहको निर्वाचनका समयमा मतदाता नामावलीमा नाम छुटेका व्यक्तिका लागि तय गरिएको नामावली संकलनको क्रममा

आजबाट फोटोसहित मतदाता नामावली संकलन कार्य शुरु, नवलपरासीको कावासोती र परासी गरी दुई स्थानबाट नामावली संकलन

नवलपरासी, १ साउन । जिल्ला निर्वाचन कार्यालय नवलपरासीले नवलपरासीमा आजबाट फोटो सहितको मतदाता नामावली संकलन कार्य शुरु गरेको छ । नवलपरासीको कावासोती र