• २०७५-२-१४ , सोमबार/ Monday 05-28-18
  • 01:05:39

मंगल ग्रहमा हेलिकप्टर पठाउने नासाको योजना

अमेरिकी अन्तरीक्ष संस्था नासाले इतिहासमै पहिलोपटक मंगल ग्रहमा हेलिकप्टर प्रक्षेपण गर्ने भएको छ । सन् २०२० मा नासाले प्रक्षेपण गर्ने मार्स हेलिकप्टर मंगल ग्रहको सतहमा अवतरण गरेसँगै त्यहाँ रहेको नासाको मार्स रोभरसँग संयोजन हुनेछ । नासाको डिजाइन टिमले यस हेलिकप्टरको डिजाइनका लागि पछिल्लो ४ वर्षदेखि मेहेनत गरिरहेका छन् र यसको आकारलाई घटाएर सफ्टबल जत्रै बनाउन सफल भएका छन्, जसको तौल १८ सय ग्राम रहेको छ । यो मंगल ग्रहको वायुमण्डलमा उडान भर्नसक्ने गरी डिजाइन गरिएको छ, जहाँको वायुमण्डल पृथ्वीको भन्दा १ सय गुणा पातलो छ । स्मरण रहोस् सन् १९८० को दशकमा तत्कालिन सोभियन संघले दुईवटा बेलुन शुक्र ग्रहको वायुमण्डलमा छाडेको थियो । तर नासाले मंगल ग्रहमा पठाउने हेलिकप्टर अर्को ग्रहको वायुमण्डलमा उडान भर्ने हावा भन्दा गह्रौँ पहिलो यान हुनेछ । नासाको वायुमण्डलमा उडान भर्ने हेलिकप्टरको पंखा प्रति मिनेट ३ हजार पटक घुम्नेछ, जुन पृथ्वीमा उडान भर्ने साधारण हेलिकप्टरको तुलनामा १० गुणा बढी हो । (अनलाइनखबर बाट)

प्रतिकृया दिनुहोस

पातलो मोबाइल ‘वान प्लस ५ टी’ नेपाली बजारमा

  काठमाडौं, पुस १९ –वानप्लसले आफ्नो प्रिमियम फ्ल्यागशिप स्मार्टफोनहरु मध्येको सबैभन्दा पछिल्लो स्मार्टफोन ‘वानप्लस ५ टी’सार्वजनिक गरेको छ

फोटो सहितको मतदाता नामावली संकलनको क्रममा नवलपरासीमा ५४ हजार बढी नया मतदाता थपिए

रामकुमार श्रेष्ठ नवलपरासी, ३२ साउन । स्थानीय तहको निर्वाचनका समयमा मतदाता नामावलीमा नाम छुटेका व्यक्तिका लागि तय गरिएको नामावली संकलनको क्रममा

आजबाट फोटोसहित मतदाता नामावली संकलन कार्य शुरु, नवलपरासीको कावासोती र परासी गरी दुई स्थानबाट नामावली संकलन

नवलपरासी, १ साउन । जिल्ला निर्वाचन कार्यालय नवलपरासीले नवलपरासीमा आजबाट फोटो सहितको मतदाता नामावली संकलन कार्य शुरु गरेको छ । नवलपरासीको कावासोती र