• २०७५-१०-६ , आइतबार/ Sunday 01-20-19
  • 07:01:43

दिनेशको जन्मदिनमा भुमालाई मिल्यो आर्थिक सहयोग


३१ बैशाख , बर्दघाट
तपाई आफ्नो जन्मदिन कसरी मनाउनुहुन्छ ? साथी संगी संग रमाईलो गरेर वा पार्टि दिएर की कुनै ठाउमा घुम्न गएर ? नवलपरासीको बर्दघाटमा भने एक यूवा ब्यबसायीले आफ्नो जन्मोत्सव आर्थिक अभावका कारण उच्च शिक्षा पढ्नबाट बन्चीत हुन लागेकी एक छात्रालाई कक्षा ११ र १२ पढ्नका लागि लाग्ने सम्पूर्ण खर्च उपलब्ध गराएर मनाएका छन् । उद्योग वाणिज्य संघ बर्दघाटका कोषाध्यक्ष दिनेश न्यौपानेले आफ्नो ३५ औं जन्मोत्स बर्दघाट ४ नीवासी कलाधर अधिकारीकि छोरी भुमा अधिकारीलाई कक्षा ११ र १२ अध्यन गर्न लाग्ने खर्च उपलब्ध गराएका छन् । भुमा अहिले दाउन्नेदेवी माविमा कक्षा १० मा अध्ययन गर्दै आईरहेकी छन् । परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण उच्च शिक्षा अध्यन गर्न नपाउने चिन्तामा रोमलिएकी भुमा अहिले आर्थिक सहयोग पाएपछि आफ्नो उच्च शिक्षा पढ्ने सपना पुरा भएको भन्दै खुसी ब्यक्त गरेकी छन् । सधै साथीभाई घरपरिवार संग रमाईलो गरेर खर्च गरी जन्मोत्सव मनाउदै आएपनि यसपाली भने आफेनो जन्मदिनको अवसरमा अनावश्यक खर्चलाई रोकी गरिव वालिकालाई उच्च शिक्षा पढाउनका लागि सहयोग गर्ने अवसर पाएकोमा आफुलाई निकै आनन्द महसुस भएको न्यौपानेले बताउनुभयो । परिवारको आर्थिक अवस्था कमजार भएकै कारण छोरीलाई उच्च शिक्षा नपढाउने स्थीति आएका बेला सहयोग प्राप्त हुदा आफु निकै हर्षित भएको भन्दै भुमाका बुबा कलाधर अधिकारीले सहयोगका लागि न्यौपानेलाई धनयबाद दिनुभएको थियो । भुमाको उच्च शिक्षाको लागि न्यौपानेले ३० हजार रुपैया विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी खनालको रोहवरमा प्रदन गरेका हुन । 

प्रतिकृया दिनुहोस

नेशनल प्याब्सनले मनायो २१ औं स्थापना दिवस 

नवलपरासी पुस २८ २१ औं नेशनल प्याब्सन डे नवलपरासीमा विविध कार्यक्रम गरी मनाईएको छ ।  स्थापना दिवसको अवसर पारेर नेशनल प्याब्सन नवलपरासीले रक्तदान

शिक्षक अभाव भएपछि गाउपालिका आफैले दरबन्दि ब्यबस्थान

४ पुस,नवलपरासी   सुस्ता गाउपालिकाका सामुदायिक विद्यालयहरुमा शिक्षक अभाव भएपछि गाउपालिका आफैले दरबन्दि सिर्जना गरि शिक्षक नियुक्ति गरेको छ ।

जिसन स्पोर्टस मिट हुने

प्रमोद अर्याल २३ मंसिर ,बर्दघाट, शैक्षिक ऐक्यवद्धताको समुह नेपाल (जिसन) नवलपरासीको आयोजनामा खेलकुँद कार्यक्रम हुने भएको छ । जिसन स्पोर्टस मिट २०७५