• २०७५-७-५ , सोमबार/ Monday 10-22-18
  • 06:10:32

शिक्षकहरुद्धारा ज्ञान ज्योती मा.वि भुतहांमा तालाबन्दी

मोहम्मद इजहार 

३१ वैशाख,नगरपालिका

बर्दघाट–१० भुतहांस्थित ज्ञानज्योती माध्यमिक विद्यालयका शिक्षकहरुले सोमबारबाट विद्यालयमा कक्षा हडताल गरेका छन् । विद्यालय परिसरबाट झुटो आरोपमा शिक्षकलाई प्रहरीले अपमानित तरिकाले प्रहरी चौकीमा लगेकोभन्दै शिक्षकहरुले सोमबारवाट विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै कक्षा हडताल गरेका हुन् । उनिहरुले आज विद्यालयको प्रशासनिक कार्यालयमा तालाबन्दी समेत गरेका छन् । उक्त विद्यालयको व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले गत बैशाख २ गते विद्यालयकी प्रधानाध्यापक सरस्वती श्रेष्ठको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै प्रधानाध्यापकबाट पदमुक्त गर्ने निर्णय गरेको छ । उक्त निर्णयलाई लिएर बैशाख २८ गते विद्यालयमा सामान्य विवाद भएको थियो । विवादमा प्रधानाध्यापक श्रेष्ठले आफुमाथी शिक्षक र विद्यालय ब्यवस्थापन समितिले हातपात गरेकोभन्दै प्रहरी चौकीमा उजुरी दिनु भएको थियो । सोही दिन उक्त विद्यालयका शिक्षक तारा भुषाललाई प्रहरीले विद्यालय परिसरबाट सोधपुछका लागि ईलाका प्रहरी कार्यालय बर्दघाटमा लगेको थियो । तर हातपात नगरेको र यस बारे प्रहरीलाई कुनै तथ्य प्रमाण नभएकाले शिक्षक भुषाललाई रिहा गरेको र विद्यालय परिवारलाई मेलमिलाप गर्न आग्रह गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेम क्षेत्रीले जानकारी दिनुभयो ।

यता शिक्षकहरुले भने हातहतियार सहित प्रहरीले शिक्षकलाई पक्राउ गरेकाले आफुहरु विद्यालयमा समेत असुरक्षित भएकोभन्दै एक विज्ञप्ती जारी गरी खेद प्रकट गरेका छन् । आन्दोलनको कार्यक्रममा उनिहरुले सोमाबर विद्यार्थीहरु विद्यालय आएपनि कक्षामा अध्यापन नगराई घर पठाएका छन् ।

उनिहरुले शिक्षक आन्दोलन एवं सम्पूर्ण शिक्षक कर्मचारीको समुह बनाएर दबाबमुलक कार्यक्रम सार्वजनिक गरेका छन् । उक्त समुहको आज बसेको बैठकले विद्यालयको यो घटनाको विषयमा विज्ञप्ती जारी गर्ने, विद्यालयमा तालाबन्दी गरी अनिश्चित हडताल गर्ने निर्णय गरेको छ ।  शिक्षकलाई प्रधानाध्यापकको निर्देशनमा विद्यालय परिसरबाट अपमानजनत तरिकाले प्रहरीले हस्तक्षेप गरेकाले प्रधानाध्यपक र प्रहरीले माफी नमागेसम्म आन्दोलन जारी राख्ने आन्दोलन समुहमा आबद्ध शिक्षकहरुले बताएका छन् । हाल विद्यालयकी प्रधानाध्यापक श्रेष्ठले विद्यालयको सुधारका लागि काम नगरेकाले विद्यालयको अवस्था दिनप्रति दिन दयनीय बन्दै गएको, विद्यार्थीको संख्या घटेको र शिक्षकहरुलाई समयमा तलब नदिने गरेको आरोप लगाएका छन् । तर प्रधानाध्यापक श्रेष्ठले भने विगत १० वर्षबाट आफुले प्रधानाध्यापकको पदमा रहेर काम गरेको र अहिले विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुले षडयन्त्र गरेर आफुलाई निकाल्न खोजेकाले यो अवस्था आएको प्रतिक्रिया दिनुभएको छ ।

प्रतिकृया दिनुहोस

नवलपरासी बस दुर्घटना अपडेटः मृतकको संख्या ६ पुग्यो

४ कार्तिक   नवलपरासी पूर्वी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या ६ पुगेको छ । ईटहरी बाट भैरहवाका

नवलपरासी बस दुर्घटना अपडेट : घाइतेको संख्या ५१ पुग्यो मृतकको सनाखत हुन बांकी

४  कार्तिक  नवलपरासी पूवी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा भएको बस दुर्घटनामा परि घाईते हुनेको संख्या ५१ पुगेको छ । मृत्यु भएका ५ जनाको अझै

पूर्वी नवलपरासीमा बस दुर्घटना ५ जनाको मृत्यु

४  कार्तिक  नवलपरासी पूर्वी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा बस दुर्घटना हुंदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने कम्तीमा ३९ जना घाईते