• २०७५-२-१४ , सोमबार/ Monday 05-28-18
  • 01:05:56

अव सुस्तामा नो गुट्का


नारायण भण्डारी
३१ बैशाख , सुस्ता
सुस्ता गाउपालिकालाई छिट्टैनै गुट्का मुक्त गाउपालिका घोषणा गरिने गाउपालिका प्रमुख राम प्रसाद पाण्डेले बताउनुभएको छ । सुस्ता गाउपालिकालाई  नमुना गाउपालिका बनाउने अभियान अन्तरगत गाउपालिकाले गुट्का मुक्त पालिका बनाउने कार्यको सुरुवात गरेको हो । एक दुईदिनमै योजना बद्ध रुपमा आफुहरु लागि पर्ने पाण्डेले बताउनुभयो । पहिलो चरणमा सम्पूर्ण पसलहरुलाई गुट्का रहित बनाउनका लागि सुचना गरी एक हप्ताको समय दिईने र सो समयमा पसलेहरुले नहटाए जरिमाना गरिने पाण्डेले बताउनुभयो । गुट्काले मानव स्वास्थमा गम्भिर असर पार्ने र जताततै फोहोर गर्ने भएकोले यसको नियन्त्रणमा आफुहरुले जोड दिएको पाण्डेले बताउनुभएको छ । गुट्का संग संगै पलास्टिक जन्य फोहोर न्यूनिकरणका लागि विशेष कार्यक्रम संचालन गरिने समेत पाण्डेको भनाई छ । अध्यक्ष पाण्डेले गाउपालिकाको यो कदमलाई सहयोग गर्न सम्पूण ब्यापारी तथा आम नागरिकहरुलाई आग्रह समेत गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस

सवारी साधनको बाक्लो चापले सुरक्षा चुनैती

नवलपरासी प्रतापपुरस्थीत गण्डक नहर किनारमा रहेको बेलाटारी चोकमा सवारी साधनको बाक्लो चापले सुरक्षा चुनैती र पैदल यात्रुलाई समस्या पर्दै गएको छ ।

जथाभावि छाडा चौपाया छाडिदा कृषकका वाली नालीमा हानी नोक्सानी

नवलपरासी बर्दघाट नगरपालिका भित्र जथाभावि छाडा चौपाया छाडिदा कृषकका वाली नालीमा हानी नोक्सानी पु¥याएको छ । किसानहरुले दुःख गरी माना छरेर मुरी

ट्रकको ठक्करबाट एकको मृत्यु

नवलपुरको अमरापूरीमा हेभी ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवचूली नगरपालिका १४ का २२ वर्षीय मुकेश सापकोटा रहेका छन् । गैंडाकोट