• २०७५-७-५ , सोमबार/ Monday 10-22-18
  • 06:10:32

फेसबुकले बन्द गर्यो २ सय एप्स, कुन-कुन परे ?

प्रयोगकर्ताका डाटामाथि अनधिकृत पहुँच स्थापित गरी दुरुपयोग गर्ने एपहरुमाथि कारवाही गर्ने कार्य सुरु गरेको फेसबुकले पहिलो चरणमा फेसबुकमा क्रियाशील २ सय वटा एपलाई निलम्बन गरेको छ । प्रयोगकर्ताका डाटा लिक भएको काण्डमा विवादित बनेको फेसबुकले डाटा गोपनियताका लागि सख्त कदम चाल्ने घोषणा गरेकोमा अनधिकृत एपहरुमाथि निलम्बन सुरु गरेको हो । फेसबुकले निलम्बन गरिएका एपहरुको नाम भने खुलाएको छैन । तर ती एपका डेभलपरलाई त्यसबारेमा जानकारी गराइसकिएको जनाएको छ । ती एपहरुले प्रयोगकर्ताका डाटाहरुको दुरुपयोग गरे नगरेको विषयमा गहन अनुसन्धान गरिने र त्यतिन्जेलसम्मका लागि निलम्बन गरिएको फेसबुकको प्रडक्ट पार्टनरसीप विभागका उपाध्यक्ष इमी आर्चिबोंगले जनाएका छन् । फेसबुकले अन्य हजारौँ एपहरुमाथि हाल निगरानी गरिरहेको जनाएको छ । गत मार्च २१ मा फेसबुक संस्थापक मार्क जुकरबर्गले एक घोषणा गर्दै सन् २०१४ अघि प्रयोगकर्ताका डाटामा पहुँच रहेका एपहरुमाथि अनुसन्धान गरिने घोषणा गरेका थिए ।फेसबुक प्रयोगकर्ताका डाटाको दुरुपयोग गर्ने सबै एपहरु पत्ता लगाउन अझै धेरै काम बाँकी रहेको आर्चिबोंगले जनाएका छन् । उनका अनुसार यस विषयमा शिघ्र रुपमा अनुसन्धान गर्नका लागि आन्तरिक र बाह्य विज्ञहरुको समूह खटाइएको उनको भनाइ छ । (अनलाइनखबर बाट )

प्रतिकृया दिनुहोस

फोन र सोसल मिडिया प्रयोगमा भारतलाई जित्यो नेपालले !

मोबाइल र सामाजिक सन्जालको प्रयोगमा नेपालीले भारतीयलाई जितेका छन् । प्रतिशतका आधारमा हेर्दा पछिल्लो सर्वेक्षणले भारतीय भन्दा नेपाली जनता प्रबिधिको

फेसबुकमा फेरि पनि चोरी, पाँच करोड प्रयोगकर्ताको डाटा ह्याक

१३ असोज, काठमाडौं सामाजिक सन्जाल फेसबुकको डाटा फेरि चोरी भएको छ । करिब ५ करोड प्रयोगकर्ताको डाटा चोरी भएको फेसबुकले जनाएको छ । ह्याकरले ह्याक गरेर

टेलिकमको प्याकमा नयाँ अफर

३० भदौ, काठमाडौं नेपाल टेलिकमले असोज १ गतेदेखि इन्ट्रानेट लिज सेवाको महसुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रमोसनल अफर लागू गर्ने भएको