• २०७५-२-१४ , सोमबार/ Monday 05-28-18
  • 01:05:30

बस्यो बुटवलमा पहिलो नगर इजलास

१ जेठ, बुटवल

न्याय निरुपणका लागि संवैधानिक अधिकार पाएको स्थानीय तहमा अहिले अभ्यास सुरु भएको छ । सोही क्रममा बुटवल उपमहानगरपालिका न्यायिक समितिको प्रथम इजलास बस्यो । समितिको कार्यविधि तयार भएपछि सोमबार प्रथम इजलास बसेको हो । सोमबारको इजलासमा हिंसा पीडित भएको भन्दै दर्ता भएको एकजना पुरुषको मुद्दा पेश भएको थियो । मेलमिलापमार्फत निरुपण हुन नसकेका विषयलाई न्यायिक समितिले इजलासमा पेश गर्ने प्रावधान छ । सोही क्रममा उपमहानगरको न्यायिक समितिले इजलास बसालेको हो । उक्त इजलासमा सोमबार अन्तरिम आदेश छलफलका लागि पेशी तारेख तोकिएको थियो । सोही मुद्दामा स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ४९ (८) (क) न्यायिक समितिका संयोजक गुमादेवी आचार्यको इजलासले दुवै पक्षलाई पुनः छलफलका लागि झिकाएको छ । निवेदन जिकिर अनुसार तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने सम्बन्धमा विचार गर्दा दुवै पक्षलाई झिकाउने भन्दै आउँदो जेठ ७ गतेका लागि पेशी तारिक तोकिएको छ ।  (हाम्रा कुरा बाट  )

प्रतिकृया दिनुहोस

नारायणीमा एक जना बेपत्ता

नवलपरासी, फागुन २३  नारायणी नदीमा माछा मार्ने क्रममा डुबेर एक जना बेपत्ता भएका छन् । नवलपरासीको वर्दघाट सुस्तापूर्व विनय त्रिवेणी गाउँपालिका –६

नवलपुर महोत्सव शुरु  प्रदेश ४ लाई लगानी मैत्री बनाउंछुः मुख्य मन्त्री गुरुङ

नवलपरासी, २३ फाल्गुन । प्रदेश ४ का मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश ४ लाई लगानी मैत्री प्रदेश बनाउने बताउनुभएको छ ।बुधबारबाट प्रदेश ४

स्थानीय तह र जिल्ला समन्वय समितिबीच अधिकारको विषयमा विवाद

नवलपरासी फागुन २३ पश्चिम नवलपरासीका स्थानीय तह र जिल्ला समन्वय समितिबीच अधिकारको विषयमा विवाद बढेको छ । दुवैले एक अर्काभन्दा आफू नै ठूलो निकाय