• २०७५-१०-६ , आइतबार/ Sunday 01-20-19
  • 07:01:19

ओली र मोदीले उद्घाटन गरेकाे बस अयोध्याबाट फर्केपछि थन्कियो

२ जेठ, काठमाडौं

जनकपुरबाट नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएर अयोध्या पठाएको यात्रुवाहक बस अनिश्चितकालका लागि थन्किएको छ । मोदीको भ्रमणको मौका पारेर बिनातयारी उद्घाटन गरिएको बससेवा नियमित सन्चालन हुन कम्तिमा ६ महिना कुर्नुपर्ने सरकारी अधिकारीहरुले बताएका छन् । गत चैत २८ गते जनकपुरमा जानकी मन्दिर परिसरमा दुवै देशका प्रधानमन्त्रीले  जनकपुर-अयोध्या सीधा बस सेवा र रामायण सर्किटको घोषणा  गरेका थिए । प्रदेश सरकारका आन्तरिक मामिला राज्यमन्त्री सरोजसिंह कुशवाह र जनकपुर उपमहानगरपालिकाकी उपमेयर रिताकुमारी मिश्रसहित ३४ यात्रु लिएर गएको बस अयोध्या पुगेर फर्किएपछि थन्किएको हो । रामायण सर्किट भनिएको धार्मिक पर्यटन मार्गमा जोड्नका लागि रुट तय गर्नुपर्ने भएकाले अहिले बससेवा रोकिएको हो । बस सेवा सन्चालनका लागि आवश्यक प्राबिधिक प्रक्रियाहरु पूरा गर्नुपर्ने भएकाले तत्काल जनकपुर अयोध्या सीधा बस नियमित सन्चालन हुन नसक्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव केशव शर्माले जनकपुरदेखि अयोध्यासम्मको रुट, बस भाडा, रोकिने स्थलहरु लगायतका प्राविधिक पक्षमा सहमतिपछि नियमित बस सन्चालन हुने बताए । त्यसका लागि दुवै देशको संयुक्त कमिटी बैठक बस्न लागेको समेत उनले जानकारी दिए । प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले बसको रुट,भाडा र बस चलाउने कम्पनी सहितका निर्णय केन्द्र सरकारले गर्ने भएकाले कहिलेबाट नियमित सन्चालन हुन्छ भन्न नसकिने बताए । (अनलाइनखबर बाट )

प्रतिकृया दिनुहोस

मृत भेटिएकी कमलाको आफ्नै श्रीमानले हत्या गरेको खुलासा 

नवलपरासी पुस २० पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नमबर २ की कमला थरुनी गत पुस ४ गते श्रीमान संगै जंगलमा घासदाउरा खोज्न गएको समयमा जंगलबाटै

माघबाटै नारायणगढ-बुटवल सडक विस्तारको काम

१७ पुस, काठमाडौं नारायणगढ-बुटवल सडकखण्ड चार लेनमा विस्तार गर्ने काम माघको पहिलो हप्ताबाटै सुरु हुने भएको छ । काम सुरु गर्नका लागि पुसको अन्तिम साता

प्रदेश ५ को सहकारी विधेयकमा कांग्रेसको १० बुँदे संशोधन

१६ पुस, बुटवल प्रदेशसभा ५ मा पेश गरेको प्रदेशका सहकारी सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले १० बुँदे संशोधन दर्ता