• २०७५-६-१० , बुधबार/ Wednesday 09-26-18
  • 09:09:18

तलब बृद्धि र स्वेच्छिक अवकाश नदिए आन्दोलनको चेतावनी

२ जेठ, काठमाडौं

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले आगामी बजेटमा तलबभत्ता वृद्धि र स्वेच्छिक अवकाशको प्रक्रिया अघि नबढाए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । सरकारले यसै साता नीति तथा कार्यक्रम र जेठ १५ मा बजेट ल्याउने तयारी गरिरहेका बेला कर्मचारीले तलब वृद्धिको माग गरेको हो । आधिकारिक ट्रेड युनियनले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्ना मागहरु सार्वजनिक गरेको छ । अध्यक्ष पूण्य ढकाल र महासचिव सुवोधकुमार देवकोटाले जारी गरेको विज्ञप्तिमा स्वेच्छिक अवकाश प्रक्रिया अघि बढिरहेको बेला वर्तमान सरकारले रोकेको भन्दै तत्काल अघि बढाउनुपर्ने उल्लेख छ । त्यस्तै हचुवाको भरमा कर्मचारी समायोजन बन्द गर्न र ट्रेड युनियनहरुप्रतिको पुर्वाग्रही अभिव्यक्ति तत्काल बन्द गर्न चेतावनी समेत दिएको छ । युनियनले बढ्दो मूल्यवृद्धि, राजश्व वृद्धिसमेतलाई अध्ययन गरी तलबमान पुनरावलोकन हुनुपर्ने बताएको छ । सरकारले आफ्ना मागप्रति उदासिनता देखाएमा बाध्यतावश आन्दोलनमा उत्रिने चेतावनी समेत युनियनले दिएको छ । आधिकारिक ट्रेड युनियनले आन्दोलनका लागि तयार रहन सबै तह र तप्काका कर्मचारीहरुलाई अनुरोधसमेत गरेको छ । माग पूरा नभए जेठ १९ गते हुने युनियनको राष्ट्रिय भेलाबाट आन्दोलनको घोषणा गरिने ढकाल र देवकोटाले जनाएका छन् । (अनलाइनखबर बाट)

प्रतिकृया दिनुहोस

कानूनको अभाव प्रमुख चुनाैती–मुख्यमन्त्री

९ असोज, बुटवल नेपालको संविधानले व्यवस्था गरेको स्थानीय तह तथा प्रदेशबीचका साझा अधिकार क्षेत्रको प्रयोग तथा प्राकृतिक स्रोत साधनको बाँडफाँड, विकास

सहयोगीको प्रश्न : बालबालिका कहिले सम्म असुरक्षीत ?

दौतरी एफ एम नवलपरासी असोज ९ देश भर बालबालिका माथी भैरहेको हिंसा, र बढ्दो असुरक्षाको विषयमा सरोकारहरुलाई सचेत गराईएको छ । पश्चिम नवलपरासीको

अन्धविश्वासको पछि लाग्ने प्रिन्सीपल सहित ५ जना प्रहरी नियन्त्रणमा

  ८–असोज,नवलपरासी पश्चिम नवलपरासीमा गढेको धन निकाल्ने भन्दै खाडल खनि पुजा गरिरहेका प्रतापपुर ३ अमवामा रहेको गोल्डेन लाईफ ईङ्गलिस स्कुल का