• २०७५-२-१४ , सोमबार/ Monday 05-28-18
  • 01:05:46

पठनपाठन विहिबारदेखि नियमित सञ्चालन हुने

 

मोहम्मद इजहार

२ जेठ,नवलपरासी   

आन्त्रीक विवादका कारण तीन दिनसम्म पठनपाठन अवरुद्ध भएको बर्दघाट १० भुताहा रहेको ज्ञान ज्योती माध्यमिक विद्यालयको पठनपाठन विहिबारदेखि नियमित सञ्चालन हुने भएको छ । विद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघले प्रधानाध्यापक सरस्वती श्रेष्ठलाई निलम्बन गर्ने गरेको निर्णयलाई लिएर अवरुद्ध भएको विद्यालयको पठनपाठन आज नगरपालिकाको सहजीकरणमा साम्य भएको हो । यद्धपी विद्यालयको प्रशासन कार्यालयमा लगार्ईएको तालाबन्दी भने नखोलिएको विद्यालय व्यस्थापन समितिका अध्यक्ष हेमबहादुर क्षेत्रीले जानकारी दिनुभयो । बर्दघाट नगरपालिकाका शिक्षा शाखाका प्रमुख तुलशी प्रसाद अधिकारी, वडाध्यक्ष राजु मिश्र, विद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक संंघबिचको छलफलमा प्रधानाध्यापक श्रेष्ठले शिक्षक र व्यवस्थापन समितिविरुद्ध गरेको उजुरी फिर्ता लिने र क्षमायाचना मागेपछि समिति र शिक्षकहरुले विद्यालय सञ्चालन गर्न सहमत भएका हुन् । तर विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यपक श्रेष्ठलाई निलम्बन गर्ने निर्णय कार्यान्वयनका लागि प्रशासन कार्यालयमा तालाबन्दी गरिएकाले निर्णय कार्यान्ववयन नभएसम्म ताला नखोल्ने जनाएको छ । यस बारे बर्दघाट नगरपालिकाका शिक्षा शाखाका प्रमुख तुलशी प्रसाद अधिकारीले प्रधानाध्यापकको विवाद एक हप्ता भित्र टुङ्गयाउने गरी छलप्mल जारी रहेको बताउनु भएको छ । उक्त विद्यालयकी प्रधानाध्यापक श्रेष्ठलाई व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले गत वैशाख २ गते पदमुक्त गर्ने निर्णय गरेको छ । सोही निर्णयलाई लिएर उक्त विद्यालयमा विवाद सृजना भएको हो ।

प्रतिकृया दिनुहोस

सवारी साधनको बाक्लो चापले सुरक्षा चुनैती

नवलपरासी प्रतापपुरस्थीत गण्डक नहर किनारमा रहेको बेलाटारी चोकमा सवारी साधनको बाक्लो चापले सुरक्षा चुनैती र पैदल यात्रुलाई समस्या पर्दै गएको छ ।

जथाभावि छाडा चौपाया छाडिदा कृषकका वाली नालीमा हानी नोक्सानी

नवलपरासी बर्दघाट नगरपालिका भित्र जथाभावि छाडा चौपाया छाडिदा कृषकका वाली नालीमा हानी नोक्सानी पु¥याएको छ । किसानहरुले दुःख गरी माना छरेर मुरी

ट्रकको ठक्करबाट एकको मृत्यु

नवलपुरको अमरापूरीमा हेभी ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवचूली नगरपालिका १४ का २२ वर्षीय मुकेश सापकोटा रहेका छन् । गैंडाकोट