• २०७५-७-५ , सोमबार/ Monday 10-22-18
  • 06:10:54

पठनपाठन विहिबारदेखि नियमित सञ्चालन हुने

 

मोहम्मद इजहार

२ जेठ,नगरपालिका 

आन्त्रीक विवादका कारण तीन दिनसम्म पठनपाठन अवरुद्ध भएको ज्ञान ज्योती माध्यमिक विद्यालय भुतहांको पठनपाठन विहिबारदेखि नियमित सञ्चालन हुने भएको छ । विद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघले प्रधानाध्यापक सरस्वती श्रेष्ठलाई निलम्बन गर्ने गरेको निर्णयलाई लिएर अवरुद्ध भएको विद्यालयको पठनपाठन आज नगरपालिकाको सहजीकरणमा साम्य भएको हो । यद्धपी विद्यालयको प्रशासन कार्यालयमा लगार्ईएको तालाबन्दी भने नखोलिएको विद्यालय व्यस्थापन समितिका अध्यक्ष हेमबहादुर क्षेत्रीले जानकारी दिनुभयो । बर्दघाट नगरपालिकाका शिक्षा शाखाका प्रमुख तुलशी प्रसाद अधिकारी, वडाध्यक्ष राजु मिश्र, विद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक संंघबिचको छलफलमा प्रधानाध्यापक श्रेष्ठले शिक्षक र व्यवस्थापन समितिविरुद्ध गरेको उजुरी फिर्ता लिने र क्षमायाचना मागेपछि समिति र शिक्षकहरुले विद्यालय सञ्चालन गर्न सहमत भएका हुन् । तर विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यपक श्रेष्ठलाई निलम्बन गर्ने निर्णय कार्यान्वयनका लागि प्रशासन कार्यालयमा तालाबन्दी गरिएकाले निर्णय कार्यान्ववयन नभएसम्म ताला नखोल्ने जनाएको छ । यस बारे बर्दघाट नगरपालिकाका शिक्षा शाखाका प्रमुख तुलशी प्रसाद अधिकारीले प्रधानाध्यापकको विवाद एक हप्ता भित्र टुङ्गयाउने गरी छलप्mल जारी रहेको बताउनु भएको छ । उक्त विद्यालयकी प्रधानाध्यापक श्रेष्ठलाई व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले गत वैशाख २ गते पदमुक्त गर्ने निर्णय गरेको छ । सोही निर्णयलाई लिएर उक्त विद्यालयमा विवाद सृजना भएको हो ।

प्रतिकृया दिनुहोस

बलात्कारका घटना कम गर्न सहयोगीको स्कुल अभियान

३ असोज, नवलपरासी देशभर बलत्कारका घटना बढिरहेको भन्दै नवलपरासीमा सहयोगी यूथ क्लवले स्कुल स्कुलमा अभिमुखीकर कार्यक्रम सुरु गरेको छ । यूथले पहिलो

बिद्यालय अाँखा स्वास्थ कार्यक्रम सम्पन्न

उमेश वि.क २ असाेज, सरावल  नवलपरासीको सरावल गाउँपालिका २ मा अवस्थित जनता मा.बि मनरीकाे प्रांगणमा अाज निशुल्क बिद्यालय अाँखा स्वास्थ कार्यक्रम

लिटिलबुद्धमा निशुल्क दन्त शिविर

२ असोज, नवलपरासी गोपिगञ्जमा रहेको लिटिलबुद्ध ईङ्गलिस स्कुलले आफ्ना विद्यार्थी र अभिभावकहरुलाई लक्षित गरी दन्त परिक्षण शिविर सम्पन्न गरेको छ ।